प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)

२०८२-०८-०१

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।