प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सबै समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : जिल्ला तनहुँ
२०८१-०७-०५

जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ४ बेनीटार पृथ्वी राजमार्गमा खटिएको प्रहरीको चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको बा१प १३९० नम्बरको पर्यटक बसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका बस्ने वर्ष २२ को सरोज सुवेदीले काटुन भित्र लुकाई छिपाई प्रतिबन्धित लागुऔषध Diazepam लेखेको १५४ एम्पुल, Phenergan १५४ एम्पुल र Buprenophin १५४ एम्पुल गरी जम्मा ४६२ थान एम्पुल लागु औषध सहित निजको साथि जिल्ला कास्की पोखरा महानगरपालिका ९ घर बताउने वर्ष २० को बिकास श्रेष्ठ सहित दुबै जनालाई नियन्त्रणमा लिई आँबुखैरेनी ल्याई थप अनुसन्धान भइरहेको ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण सम्पन्न ।
२०८१-०६-०५

असोज-०५, पोखरानेपाल प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण सम्पन्न गरेको छ । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यहि असोज ०३ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले ४ गतेनै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, गण्डकी प्रदेश प्रहरी गण, इलाका प्रहरी कार्यालय शिशुवा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेको थियो भने मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा , नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा कास्की,नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँ, नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँ र प्रहरी चौकी थर्पु तनहुँ निरीक्षण गरेको छ । साथै असोज ०६ गते जिल्ला प्रहरी कार्यालय गोरखा निरीक्षण गर्ने कार्यतालिका रहेको छ ।

सवारी दुर्घटना : लमजुङ
२०८१-०५-१२

जिल्ला लमजुङ बेसिशहर न.पा. ८ झाक्रिचोक स्थितमा बसपार्कबाट सेरा चोक तर्फ आउदै गरेको ग १ ज ७५६१ न. को वोलेरो जिपले बिपरित दिशाबाट जादै गरेको ग २१ प ५९४२ न. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला लमजुङ बेसिशहर न.पा.३ बस्ने बर्ष १६ को सुजन मगर र मोटरसाइकलमा पछाडी सवार ऐ. ८ बस्ने बर्ष १६ को अवि गुरुङ घाईते भई उपचारको लागि लमजुङ अस्पताल लमजुङ पठाईएको, चालक सुजन मगरको चिउडो र घुडामा चोट लागेको र मोटरसाइकलमा पछाडी सवार अवि गुरुङको वाँया गोडा फ्याक्चर भएको,घुडामा चोट लागेको, दुबै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको ।   

सवारी दुर्घटना : तनहुँ
२०८१-०४-२८

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.४ दुलेगौडा पृथ्वीराजमार्गमा बेलचौताराबाट दुलेगौडा तर्फ जाँदै गरेको ग२०प १०१८ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुन जाँदा मोटरसाइकल चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ बेलचौतारा बस्ने वर्ष ४३ को राजु बि.क.दायाँ खुट्टा र मुखमा चोट लागेको, मोटरसाइकल पछाडी सवार जिल्ला बारा निजगढ न.पा.५ स्थायी घर भई हाल वर्ष ३९ को लाल बहादुर रसाईलीको दुबै खुट्टामा र टाउकोमा चोट लागेको दुबैजनाको तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरा रिफर भएको गरिएको । 

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८१-०४-२७

मिति २०८१।०४।२७ गते तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहज्यू यस जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पूर्व) पाल्नु भई कार्यालयको स्थलगत निरीक्षण गर्नुका साथै उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ । निरीक्षणको क्रममा प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहज्यूले यस जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व कार्यालय, हिरासत कक्ष, ब्यारेक, मेस लगायत विभिन्न शाखाहरुको निरीक्षण गर्नु भएको तथा यस कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीेले जिल्ला प्रहरी कार्यालयल नवलपरासी पूर्वको बस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, सामुदायीक गतिविधी लगायतका विषयमा समग्र जिल्लाको प्रस्तुतिकरण गर्नु भएको थियो ।यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यूले नागरिक प्रति मिठो बोली, नम्र व्यवहारका साथ कानूनले निर्दिष्ट गरेका प्रहरी कामकारवाहीमा अविचलित रुपमा सेवा प्रदान गर्नु हुन र अनुशासित, निस्वार्थ, स्वच्छ भावनाका साथ नागरिक प्रतिको जिम्मेवारी बहन गर्नुहुन सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

जिल्ला तनहुँ : लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०७

जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.४ बेनिटार स्थित पृ.रा.मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनुषा बाट पोखरा तर्फ आउदै गरेको स.६.प.२९३७ नं.को मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने बर्ष २० को सुमित कुमार शाहले बोकेको झोलामा नाईट्रोभेट १० लेखेको ५९ पत्ता-(८८५ ट्याब्लेट), नाईट्राजेपाम लेखेको ३ पता (२८ ट्याब्लेट), ६२ पत्ता गरी जम्मा ९१३ ट्याब्लेट लागु औषधसहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने बर्ष ३० को दिपु कुमार यादव सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको ।

निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न : कास्की ज्येष्ठ-०४ पोखरा
२०८१-०२-०४

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीको स्थलगत निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विषयमा निर्देशन दिनु भएको छ ।प्रहरी सेवा प्रवाहलाई नागरिकमैत्री तथा सदाचारयुक्त बनाउँदै अझ चुस्त र दुरुस्त एवं समय सान्दर्भिक बनाउन प्रहरी नायव महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धानका लगायतका विषयहरूको जानकारी लिनु भएको थियो ।निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्यनजर गर्दै तत्कालै जनताले महसुस गर्ने गरी सदाचारयुक्त र प्रहरी व्यवसायिकता झल्किने गरी सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रत्येक प्रहरी कर्मचारीहरूले आ-आफ्नो पदीय दायित्व र जिम्मेवारी निर्वाह गर्दा उच्च सतर्कता र संवेदनशील भई कार्य-सम्पादन गर्नुपर्नेमा समेत सचेत गराउनु भएको थियो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले समग्र कास्की जिल्लाको भौगोलिक र सामाजिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि र प्रहरी जनशक्तिको परीचालन लगायतको विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।

झुन्डी मृत्यू: तनहुँ
२०८०-१२-१३

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको । 

झुण्डी मृत्यु : तनहुँ
२०८०-१२-०५

जिल्ला तनहुँ म्याग्दे गा.पा.६ सेराटार बस्ने कृष्ण बहादुर थापाको श्रीमती वर्ष २८/२९ की शर्मिला श्रेष्ठ थापा आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिरहेको अवस्थामा निजको आफन्तले देखि तत्काल डोरी काटी उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वास-प्रश्वास उपचार केन्द्र बेलचौतारा लगेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गई बुझ्दा निजको उपचारको क्रममा ०८:१० बजे डाक्टरले मृत घोषणा गरेकोले, लास जाँच मुचुल्का लगायत अन्य अनुसन्धान कार्य भईरहेको, निज मृतकको २ वटा बच्चा रहेको, श्रीमान बैदेशिक रोजगारीमा रहेको भन्ने बुझिएको । 

सवारी दुर्घटना : स्याङ्जा
२०८०-११-२९

जिल्ला स्याङ्जा वालिङ न.पा.१ त्रियासी सिद्धार्थ राजमार्गमा वालिङबाट हेलु तर्फ जाँदै गरेको ग१०प ९७९४ नं.को मोटरसाइकलले पैदलयात्री ९ माझी गाँउ बस्ने वर्ष ५७ की गोत कुमारी माझिलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि प्रा.स्वा.के.वालिङ स्याङ्जा ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २१:३० बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर भएको, घाईतेको वायाँ खुट्टा र टाउकोमा चोट अवस्था मध्यम, मोटरसाइकल चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गा.पा.१ बस्ने वर्ष २९ को कमल अर्याल र मो.सा. नियन्त्रणमा रहेको, चालकको कागजपत्र सबै भएको र मा.प.से.नगरेको । 

सवारी दुर्घटना: न.प. ( पूर्व )
२०८०-११-२३

जिल्ला न.प.(पूर्व) कावासोती न.पा.३ हलचोक स्थित पूर्व-पश्चिम राजमार्गमा कावासोति बाट बर्दाघाट तर्फ जादै गरेको ना ८ ख ८५८६ नं.को ट्रकले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साईकल चालक जिल्ला अर्घाखाँची मालारानी गा.पा.१ घर भई हाल जि.न.प. (पूर्व) कावासोती न.पा.३ सहिद स्मृती मार्ग बस्ने बर्ष २८ को गोपाल आचार्य घाईते भई उपचारको लागि स्थानिय कालिगण्डकी सामुदायिक अस्पताल पठाईएको, दायाँ हात र टाउकोमा चोट अबस्था सामान्य, उपचारमा घाईतेको दाजु ऋषीराम आचार्य र ट्रक चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.९ बस्ने बर्ष २७ को भुपाल सुनुवार संलग्न रहेको, ठक्कर दिने ट्रक यस कार्यालयको नियन्त्रणमा रहेको आवश्यक अनुसन्धान भईरहेको ।

सवारी दुर्घटना ( न.प. पूर्व )
२०८०-११-१३

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.२ भृकुटी चोक पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बर्दिया जाँदै गरेको बा.प्र.०६००१ख ०१९६ नं.को बसले सोही दिसा तर्फ जाँदै गरेको ना३६प ९०४५ नं.को स्कुटर लाई ओभरट्याक गर्ने क्रममा बिपरित दिशाबाट आईरहेको ग१च ७१५२ नं.को बिरामी बोकी आएको एम्बुलेन्समा ठोक्किन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको तिन वटै सवारी साधन र बस र एम्बुलेन्स चालक नियन्त्रणमा रहेको । निम्न घाईतेः- १.स्कुटर चालक जि.न.प.(पूर्व) गैडाकोट न.पा. ६ बस्ने वर्ष ३३ को किसोर गौतमको खुट्टामा चोट अवस्था सामान्य । २.एम्बुलेन्समा सवार डाइलोसिस को बिरामी जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष ७५ को मान बहादुर टाउकोमा चोट अवस्था सिरियस । ३.एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४० को भोट ब.कुमालको खुट्टामा चोट अवस्था मध्यम । ४.सोही एम्बुलेन्समा सवार ऐ.बस्ने वर्ष ४५ को सोम ब.कुमालको निधारमा चोट अवस्था सामान्य 

लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८०-१०-२०

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा लागुऔषध दुर्व्यसनि विरुद्दको पर्चा, पम्पलेट,व्यानर, भजन, बाजा र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए । उक्त प्रभातफेरी कार्यक्रम पोखरा-४, कुमुदिनिहोम्स बोर्डिङ स्कुलको सभाहलमा प्रवेश गरी औपचारिक कार्यक्रमा परिवर्तन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू ओैषध सामाजिक समस्याको रुपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भिर रुपमा लागि परिरहेको बताउनुभयो ।समाजबाट लागुऔषध निस्तेज पार्ने प्रमुख उपाय भनेको लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु हो जुन नेपाल प्रहरीले निरन्तर गरिरहेको छ तर कानुनको बर्खिलाप गरी लागुऔषधको दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन गर्नुभयो । यस संगै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामुलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको बताउनु भएको थियो ।उक्त प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रममा माननीय गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्तता रहेको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.कले कास्कीमा लागुऔषध दुर्व्यसनि तथा लैंगिक हिंसाको तथ्याङक सहितको सचेतना प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामुलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फ बाट जनचेतनामुलक सारङ्गीको गित र बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, अध्यक्ष कमला खनालले उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।

सवारी दुर्घटना (न.प. पूर्व)
२०८०-१०-१५

जि.न.प.(पूर्व) बिनयी त्रिबेणी गा.पा.२ बिश्वकर्मा मन्दिर नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ७ च ५१९८ नं.को बोलेरो चालकले नियन्त्रण गुमाउन जाँदा बाटो देखि १५ मिटर बायाँ साईड तिर तल खस्न गई दुर्घटना हुदाँ निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि बुटवलतर्फ पठाएको छ । १.चालकः-जिल्ला रामेछाप खाडादेबी गा.पा.१ बस्ने वर्ष २३ को गोबिन्द श्रेष्ठको मुखमा,बायाँ हात,बायाँ खुट्टामा चोट अवस्था मध्यम । २.बोलेरोमा सवारः- जिल्ला काभ्रे पनौती न.पा.१ बस्ने वर्ष ३२ को सुर्य बहादुर तामाङको मुखमा,छातीमा,बायाँ खुट्टामा चोट,अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी प्रमुखद्वारा निरीक्षण तथा भिडियो कन्फरेन्स ।
२०८०-१०-०२

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा उपशाखाको निरीक्षण तथा सम्पुर्ण शाखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशन सम्बोधनकै क्रममा उहाँले सम्पूर्ण प्रहरी कर्मचारीले आ-आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक ढङगले निर्वाह गरे मात्रै प्रहरी संगठनले अंगिकार गरेको मुल्य मान्यताहरुले सार्थकता पाउने बताउँदै जस्तोसुकै परिस्थितिमा संगठनको मुलभूत उद्देश्य प्राप्तिका लागि प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बिनोद शर्माले समग्र गण्डकी प्रदेशको शान्ति सुरक्षा, तथा भौगोलिक अवस्थाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।यस संगै प्रदेश प्रहरी प्रमुख खनालले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, जिल्ला अन्तर्गत प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरु संग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक खनालले संगठनको उद्देश्य र प्रहरी आचार संहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचार संहिता बिपरीत जानेलाई कारवाही गर्न संकोच नमान्ने बताउनुभयो ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०८-१९

मिति २०८०।०८।१९ गते अन्दाजी २२:३० बजे पोखरा-१४ नयाँपुल स्थितमा साईकलयात्री वर्ष २४ को सञ्जय नेपालीलाई वर्ष २० को पूर्ण तामाङ र वर्ष १८ को आशिष थापामगरले डरत्रास देखाई निजको साईकल लगी गएको भन्ने सुचना प्राप्त हुनसाथ ७ जनाको टोली खटी गई खोज तलास गर्ने क्रममा सोही स्थान नजिकै रहेको दिनेश खाजा घरमा खाजा खाँदै गरेको अवस्थामा साईकल सहित निजहरुलाई फेला पारी सोधपुछ/अनुसन्धान गर्ने क्रममा पूर्ण बहादुर तामाङलाई शङ्का लागी निजको कोठामा गई रितपूर्वक खानतलासी गर्ने क्रममा निजले सेतो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा १ किलो ५०० ग्राम फेला पारी उक्त गाँजा सहित दुवै जनालाई नियन्त्रणमा लिई व.प्र.का. रामबजार ल्याई राखिएको छ ।

नेपाली सेनाद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण सम्पन्न ।
२०८०-०८-१२

नेपाली सेनाको काठमाण्डौ शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भईरहेको सि.सं.३० को कमाण्ड तथा स्टाफ तालिमका विदेशी तथा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुद्वारा यहि मंसिर १२ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यले समग्र प्रदेश अन्तर्गत रहेका नेपाल प्रहरी सङ्गठनको आन्तरिक तथा भौतिक संरचना, शान्ति सुरक्षाको अवस्था, अपराधिक क्रियाकलाप, प्रहरी जनशक्ति परीचालन, सवारी दुर्घटनाको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा विदेशी तथा नेपाली सेनाका ६२ जना शिक्षार्थी अधिकृत र ४ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बलका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०८-०७

मंसिर-०७, पोखरा ।सशस्त्र प्रहरी बलको श्री स्टाफ कलेज काठमाण्डौंमा सञ्चालन भईरहेको सि.सं ८ सशस्त्र प्रहरी कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न : पोखरा ।
२०८०-०४-२८

नेपाल प्रहरी श्रीमती संघको ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ लाई नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गुरुङले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ४४ जनाले रक्तदान गर्नुभएको थियो ।

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०८०-०२-११

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।

गण्डकी प्रदेशको ट्राफिक सप्ताहमा लघू सचेतनामुलक कार्यक्रम
२०८०-०१-२५

वैशाख-२८, पोखरा ।सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले देशव्यापि रुपमा ट्राफिक सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरीरहेको छ । विविध कार्यक्रमहरु सहित सञ्चालन गरीएको सप्ताहिक जनचेतनामुलक कार्यक्रममको गण्डकी प्रदेशमा भने आज तेस्रो दिन हो । आजको कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ट्राफिक प्रहरीहरुले ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्दि गरेका छन । लघू सचेतना कार्यक्रममा बिभिन्न स्थानहरुमा सवारी साधन तथा पैदलयात्रीहरुलाई रोकिन्छ र ट्राफिक नियम सम्बन्धी जानकारी मुलक पर्चा वितरण गरीन्छ, त्यसपछी सोही कार्यक्रममा सहभागि १ जनालाई ट्राफिक नियम सम्बन्धी जानेका कुरा बोल्न लगाईन्छ र नबुझेका कुरा ट्राफिक प्रहरी बाट प्रष्ट पारिन्छ । यसका साथै सप्ताहव्यापी कार्यक्रमकै तालिका बमोजिम आज ट्राफिक प्रहरीले सवारी चालक पोशाक चेकजाँच, सवारी भाडादर अनुगमन, आरक्षण सिट कार्यान्वयन भए नभएको अनुगमन गर्नेछ । गण्डकी प्रदेशमा गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका र गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको सहकार्यमा सञ्चालन भईरहेको ट्राफिक सप्ताह कार्यक्रमको यहि बैशाख २५ गते उद्घाटन गरीएको थियो । उद्घाटन कार्यक्रमका अवसरमा प्रदेशका सबै; जिल्लाहरुमा ट्राफिक सचेतनामुलक प्रभातफेरी समेत गरिएको थियो । नसामा सवारी दुर्घटनाको तयारी, तीव्र गति जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी सुरक्षित सवारी आदि लेखिएका प्ले-कार्डहरु प्रदर्शन गरीएको उक्त प्रभातफेरी कार्यक्रममा विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । गण्डकी प्रदेशमा यो सप्ताह वैशाख ३१ गते सम्म विविध परिष्कृत, प्रभावकारी कार्यक्रमहरुका साथ सञ्चालन हुनेछ । जसमध्ये भोलि २९ गते सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम, ३० गते सवारी चालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम, सवारी साधनको यान्त्रिक परीक्षण, रक्तदान कार्यक्रम, विद्यालयका सवारी अनुगमन र कार्यक्रमको अन्तिम दिन ३१ गते सञ्चारकर्मीहरु संग ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गर्ने र साझ दिप प्रज्वलन गरी कार्यक्रम समापन गरिनेछ । कार्यक्रम जे जसरी भएपनि सडक र सवारी प्रयोगकर्ता सजग नहुनेहो भने सडक दुर्घटना रोक्न सकिदैन त्यसैले हामी सबै जिम्मेवार भई सडक तथा सवारी नियमलाई हेलचक्र्याई नगरी पालना गरेमा मात्र दुर्घटनाबाट बच्न र बचाउन सकिन्छ ।

सवारी दुर्घटना
२०८०-०१-२२

जिल्ला कास्की पोखरा म.न.पा.८ चालिसेचोक स्थित ग .१ ज ५३१६ नं. को ट्याक्सी र बा. ७२ प ३७९ नं.को मो.सा. एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.पछाडि सवार जिल्ला कास्की पोखरा म.न.पा.१९ बस्ने वर्ष २८ को सरोज सुनार घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको । जिल्ला कास्की पोखरा म.न.पा.६ बुलौदी स्थित ग. १३ प ५४४२ नं.को मो.सा.अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.६ बस्ने वर्ष २३ को बिपिन पुन घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको । 

"सामुदायिक सन्देश" बुलेटिन विमोचन
२०८०-०१-१२

वैशाख-१२, पोखरा । कास्की जिल्लामा सक्रिय सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुको नियमनकारी संस्था सामुदायिक प्रहरी सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति, कास्कीले वर्षभरी जिल्लाका सम्पूर्ण सामुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रले समाज रुपान्तरणका लागि गरेका सचेतनामूलक कार्यक्रमहरुको प्रभावकारीताको विषयमा स्पष्ट गराउने उद्देश्यका साथ “सामुदायिक सन्देश” बुलेटिनको २८ औं अंक प्रकाशन गरेको छ ।समितिले प्रकाशन गरेको बुलेटिनको आज समितिकै सभाहलमा एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङको विशेष आतिथ्यता र समितिका अध्यक्ष भिम पराजुलीको प्रमुख अध्यक्षतामा विमोचन गरिएको हो । “विकृति र विसंगती रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रहरीसँग हातेमालो गर्दै सामाजिक कार्यमा सलंग्न सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रहरुले गत १ वर्षको अवधिभर गरेका सचेतनामूलक तथा सहयोगका कार्यक्रमहरुको विषयमा उक्त बुलेटिनमा समावेश गरिएको छ । पोखरा लगायत कास्की जिल्ला भरिनै सक्रिय रुपमा प्रहरीसँग हातेमालो गरी समाजमा शान्ति स्थापनार्थ खटिने समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रहरुका कार्यक्रमहरुलाई नागरिक सम्म पर्‍याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बुलेटिन चौमासिक रुपमा प्रकाशन गरीने समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो । बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख के.सी. र विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख बुद्धिराज गुरुङले समाजमा शान्ति स्थापनार्थ खटिरहेका सामुदायिक सेवा तथा प्रहरी सेवाकेन्द्रहरुलाई सहयोग गर्न आफुहरु सधै तत्पर रहेको बताउनुभयो ।

अपराध अनुसन्धान कार्य सुधार गोष्ठी सम्पन्न ।
२०७९-१२-१८

चैत्र-१८, पोखरा । प्रहरीले गर्ने अपराध अनुसन्धान लाई त्रुटी रहित बनाई अपराध अनुसन्धानमा देखिएका समस्या समाधानको उपायका विषयमा छलफल गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको संयुक्त आयोजनामा “अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९” सम्पन्न भएको छ ।उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीमा गरीने अपराध अनुसन्धान सम्बन्धी अनुभव आदान प्रदानले अनुसन्धानकर्ताहरुमा थप सतर्कताका साथै दक्षताको बिकास गरी अनुसन्धानमा प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी नायव महानिरीक्षक गुरुङले अपराध अनुसन्धान प्रभावकारी र पारदर्शी भएमा अपराध नियन्त्रणको उपाय समेत पत्ता लगाउन सकिने बताउदै सानो वा ठुलो जुनसुकै अपराध अनुसन्धान सिङगो प्रहरी सङगठनको छवि सगँ सम्बन्धित हुने भएकोले अनुसन्धानकर्ताले त्रुटि रहित अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत अपराध अनुसन्धान गर्ने सम्पूर्ण प्रहरी कार्यालयका अनुसन्धानकर्ताहरुको सहभागिता रहेको उक्त गोष्ठीमा अपराध अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने घटनाको प्रारम्भिक अनुसन्धान, हिरासत व्यवस्थापन, सबुद संकलन तथा परीक्षण, अनुसन्धानात्मक सोधपुछ, प्रतिवादी पहिचान-खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, फैसला कार्यान्वयन, साक्षी परीक्षण, पक्राउ पुर्जी, म्याद तामेली, विशेष प्रकारका अपराधहरुको विश्लेषण, कार्ययोजना निर्माण र कार्यान्वयन, अपराध अनुसन्धान प्रतिवेदन तयारका क्रममा हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा छलफल गरीएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले सञ्चालन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रदेश कार्यालय,पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन प्रसाद कोईरालाले गण्डकी प्रदेशको समग्र अपराधको तथ्याङक र अपराध अनुसन्धानमा देखिएका त्रुटिहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । गोष्ठीको अन्त्यमा सहभागी सबैले छलफलबाट प्राप्त निष्कर्ष अक्षरंश पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो ।  

नवलपरासी (पूर्व): बस दुर्घटना हुँदा १३ जना घाईते
२०७९-११-१७

विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।निम्न घाईतेहरुः १.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य । २.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य । ३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य ४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य । ५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य । ६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य । ७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य । ८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य । ९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता कुमाल, अवस्था सामान्य । १०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य । ११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष ४६ कि माया गुरुङ, अवस्था सामान्य । १२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य । १३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य ।

सडक दुर्घटना उद्धार सम्बन्धी नमूना अभ्यास सम्पन्न ।
२०७९-११-०५

सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामीला मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गण्डकी प्रदेश, गगनगौंडा कास्कीको आयोजनामा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका-०४ मा   सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त नमूना अभ्यासमा प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरुङले  विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो ।

घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न ।
२०७९-१०-१७

समाजमा विद्यमान घरेलु हिंसा न्यूनिकरणका लागि घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बन्धी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पिडितका सम्पूर्ण पिडाहरुलाई प्रहरीले सुनिदिनुपर्ने र पिडितलाई संरक्षण गरी परम्परागत मेलमिलाप सम्बन्धी तौरतरिकामा परिवर्तन गरी पक्षहरु बिचको विवाद समाधानको स्थायी विकल्पहरु पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने बताउनुभयो । यसका साथै प्रहरी नायव महानिरीक्षक गुरुङले सत्यतथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठन प्रति विश्वासको वातावरण सिर्जना हुने समेत बताउनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले गोष्ठीमा सहभागीहरुलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागि गरीरहेको प्रयासका बिषयमा जानकारी गराउनु भएको थियो । उद्‍घाटन कार्यक्रम पश्चात सहभागीहरुलाई समाजमा भईरहेका विविध घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु, अनुसन्धान, पिडितको संरक्षण, मेलमिलाप र संचार सिप तथा अभियोजनका विषयमा जानकारी गराईएको थियो । उक्त गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र ठाडो उजूरी तथा सुनुवाई शाखामा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०७९-१०-०६

माघ-०६, पोखरा ।नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ४ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका ४५ जना शिक्षार्थी अधिकृत र ६ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।

कास्की: पोखराको सेती नदीको खोंचमा यति एयरलाईन्सको विमान दुर्घटना: ७१ जनाको शव फेला
२०७९-१०-०१

काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको ANC Flight No. 691 विमान जिल्ला कास्की पोखरा म.न.पा. १५ नयाँगाउँ स्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा दुर्घटना भएको छ ।           विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार थिए ।           दुर्घटनास्थलमा हालसम्म ६८ जनाको शव फेला पारिएको छ । फेला पारिएका शव मध्ये ४७ जनाको सनाखत भई सकेको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको छ ।

प्रहरी चौकी मौवाफाँटको नव निर्मित भवन उद्‍घाटन कार्यक्रम सम्पन्न : म्याग्दी
२०७९-०९-२१

पौष-२१, पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले म्याग्दी जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी मौवाफाँटको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट म्याग्दी जिल्लाको रघुगंगा गाँउपालिका-३ मौवाफँटमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेस, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उक्त समुद्‍घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेल, रघुगंगा गाउँपालिकाका प्रमुख भव बहादुर भण्डारी, उप-प्रमुख प्रेम कुमारी पुन, जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्र.ना.उ. तिलक भारती, स.प्र.ना.उ. प्रदिप थापा, रघुगंगा गाउँपालिकाका जनप्रतिनिधिहरू, स्थानीय सर्वसाधारण तथा पत्रकारहरू समेतको उपस्थिति रहेको थियो ।

“६७ औं प्रहरी दिवस २०७९” कार्यक्रम सम्पन्न ।
२०७९-०६-३१

असोज-३१, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिमित साधनस्रोतका बाबजुद नेपाल प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । “६७ औं प्रहरी दिवस २०७९” का अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराद्वारा आयोजित श्रद्धाञ्जली तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा नेपाल प्रहरीले विशिष्ट योगदान गर्दै आएको बताउनुभयो । नेपालमा जहानीय राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्न २००७ सालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुक्ति सेनासँग नेपाल प्रहरीको सम्बन्ध जोडिएको उल्लेख गर्दै उहाँले यस संगठनको ऐतिहासिक गरिमा र महत्व रहेको बताउनुभयो । प्राकृतिक प्रकोप, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आँफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै आएको प्रहरीले व्यवसायिक रुपमा पनि आँफूलाई उत्तिकै सक्षम बनाएको उहाँले बताउनुभयो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अमर प्रहरीका परिवारजन, गण्डकी प्रदेश प्रहरी विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान तथा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गर्नुभयो । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले नेपाल प्रहरीले देशको शान्ति सुरक्षा, अमनचयनमा निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताउनुभयो । आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित रुपमा सम्पन्न गराउन नेपाल प्रहरीले विगतमा जस्तै महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने जिम्मेवारीलाई कुशलताका साथ बहन गर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी दिवसका अवसरमा प्रहरी महानिरिक्षक धिरजप्रसाद सिंहको शुभकामना सन्देश प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीले बाचन गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा मुख्यमन्त्री सहित अतिथिहरूले पुष्पार्पण गर्नुभएको थियो ।

सरसफाई कार्यक्रम सम्पन्न ।
२०७९-०६-१४

“६७ औ प्रहरी दिवस”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यलय, पोखरा र मातहतका सबै प्रहरी कार्यलयहरु द्वारा बृहत सरफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आ-आफ्नो जिल्ला तथा ईलाकामा भएका मठ-मन्दिर, सार्वजनिक स्थल र पार्कहरु सरसफाई गरीएको छ । यसै कार्यक्रम अन्तर्गत पोखरामा भएका प्रहरी कार्यलयहरु मध्य गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी प्रदेश कार्यालय, पोखराको प्रहरी टोलिले सहिद पार्क, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराले विन्दवासीनि मन्दिर, जिल्ला प्रहरी कार्यलय पोखराले भद्रकाली मन्दिर र गण्डकी प्रदेश प्रहरी गणले केदारेश्वर मन्दिर परिसर सरसफाई गरिएको थियो ।

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ।
२०७९-०६-१२

पोखरा, असोज १२ गते ।“६७ औं प्रहरी दिवस २०७९”को अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।गण्डकी प्रदेश प्रहरी गण, पोखरामा गरिएको उक्त रक्तदान कार्यक्रममा ६३ जना प्रहरी कर्मचारी तथा सर्वसाधारणहरुले रक्तदान गर्नुभएको थियो । उक्त रक्तदान कार्यक्रम क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।कार्यक्रममका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्‍घाटन गर्नुभएको थियो ।

आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०७९-०६-०२

शारीरिक,मानसिक,व्यबहारिक र सामाजिक कारणहरुले आफै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेष गरी १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बढी रहेको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेको, देशको विभिन्न ठाउहरुबाट निरन्तर आइरहने दुखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ ।नेपाल प्रहरीको कार्ययोजना-२०७९ को मुख्य योजना गतिबिधिको रुपमा रहेको आत्महत्या न्युनिकरण योजना कार्यान्वयन स्वरुप देशभर बढ्दो आत्महत्या दरलाई न्युनिकरण गर्न सर्वपक्षिय सहभागितामा आम नगारिकलाई सुसुचित गराउने उद्देश्य अनुरुप गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा आज पोखरामा आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । World Suicide Prevention Day sep-10 मा गर्ने भनिएको उक्त कार्यक्रम विशेष कारणले रोकिएको थियो । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननिय कृष्णचन्द्र नेपाली पोखरेल को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नागरिक समाज बिभिन्न सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवाका पदाधिकारी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, टोल विकास संस्था र आमा समुहहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा पोखरा रङगशालाबाट आत्महत्या न्युनिकरणका प्लेकार्ड सहीतको रेलि प्रदर्शन गरीएको थियो उक्त रेलि पोखरा बुद्दचोक स्थित रहेको कान्तिपुर पार्टि प्यालेसमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमूख अतिथी गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आत्महत्या समस्याको समाधान नभई समाजको रोग रहेको बताउदै र एकछिनको सानो सोचाईले मनिस आत्महत्याको शिकर बन्न पुग्ने भएकोले शंकित व्यक्तिको आफन्त, वा नजिकको मानिस समेत सचेत बन्नु पर्ने बताउनु भयो । गण्डकी प्रदेश सरकारका आन्तरिक मामीला मन्त्री डोबाटे विश्वकर्माले हालको समयमा सामाजिक सञ्जालको प्रयोग र अनैतिक सम्बन्धका कारण आत्महत्या गर्ने संख्या बढेकोले सामाजिक सञ्जालको सही प्रयोग र कुशल सम्बन्धका विषयमा पनि ध्यान पुर्याउनुपर्ने बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रदेश मुख्य न्यायधिवक्ता रोहितराज वास्तोला, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी लगायतले आत्महत्याले समाजमा पारेको असरका बारेमा स्पष्ट पार्नुभएको थियो । यसका साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डाक्टर वसन्त ढुङगानाले आत्महत्या गर्न ईच्छुक व्यक्तिहरुमा देखा पर्ने लक्षण, रोकथामका उपायहरु र सहयोग गर्ने तरिकाहरुका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले आत्महत्या न्युनिकरण प्रहरी एक्लैको प्रयासमा सफल नहुने भएकोले सामाजमा रहेका विभिन्न संघ संस्था स्तानिय निकाय नेपाल प्रहरी र सरकार सवै आ-आफ्नो तवरले लागि पर्नु पर्ने बताउनुभयो । जोशीले आत्महत्याको लक्षण देखा पर्ने बित्तिकै प्रहरी भभन्दा पनि मनोचिकित्सक डाक्टरको आवाश्यक पर्ने समेत बताउनुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले गण्डकी प्रदेशमा आत्महत्या गरेको तथ्याङक विश्लेषण गर्नुका साथै आत्महत्या सम्बन्धी कास्कीमा भएका कहालि लाग्दा घटनाहरुको विवरण समेत प्रस्तुत गर्नुभएको थियो । थुप्रै मानिस हरुको आत्महत्याको कारण दुख खप्न नसकेर भनेर भनिने गरिन्छ । खासमा दुख बिनाको जीवन छिट्टै नै खल्लो हुदै जान्छ । सुख दुख जीवनका दुइ पाटा हुन्, मानव भएर जन्मे पश्चात एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्दछ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुग्दछ । मानसिक स्वास्थ्यले ति व्यक्तिहरुलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुदैन उनीहरु आफ्नै जीवन नास गर्न जादैछन । यस किसिमका व्यक्तिहरुलाई भने आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्दछ ।नेपाल जस्तो देशमा भने आर्थिक समस्यापनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ । ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरुले देहत्याग गरेका छन् । कहिले विदेशमा गएका नेपालीहरुले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्न पाइन्छ , कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो वेइज्जत भएपछी समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन् । कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याको लागि हो त । यस्ता खबर हरुले सुन्नेको मन खिन्न बनाउछ, चिन्नेलाइ रुवाउछ र अझ आफन्तलाइ त एउटा यस्तो घाउ दिन्छ जुन कहिले पुरिन सक्दैन ।आत्महत्या को सोच आफु भित्र रहेको एउटा दानवीय सोच हो । जीवनका हरेक खुशी र आँशुलाइ सकारात्मक ढङ्गले लिए यो सोच कहिले हावी नहोला । सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ , असफल व्यक्तिहरुले पनि जुन सुकै मोडमा दोश्रो मौका पाउन सक्छन । त्यसैले “जिबन जिउनका लागि भगवानले दिएको बरदान हो आत्महत्या गरी खेर नफालौ” ।

प्रहरी चौकी ठुलीपोखरीको भवन उद्‍घाटन सम्पन्न ।
२०७९-०५-२८

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पर्वत जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी ठुलिपोखरीको नव-निर्मित भवनको उद्‍घाटन गर्नुभएको छ ।गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट पर्वतको कुश्मा नगरपालिका-१२, ठुलिपोखरीमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्‍घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।कार्यक्रम पश्चात प्रहरी नायवमहानिरीक्षक जोशी लगायत अन्य उपस्थित अतिथिहरुले नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द अधिकारी, पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, कुश्मा नगरपालिकाका उप- मेयर स्वस्थानी रिजाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने, पर्वत जिल्ला स्थित रहेका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधि लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०७९-०५-२२

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका ६५ जना शिक्षार्थी अधिकृत तथा तालिम शिक्षकको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको कार्यदक्षता मूल्यांकन (Police Baton) २०७९ निरीक्षण सम्पन्न ।
२०७९-०५-२०

प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न गरेको छ । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी, प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यलयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यलयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानरीक्षकबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा  प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यसका साथै पोशाकमा रहेको प्रहरी देखेपछि पिडितले विश्वास गर्ने र पिडक तथा अपराधि डराउने वातावरणको सिर्जना गर्न सम्पूर्ण प्रहरी कर्मचारीले ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । यहि भदौ १९ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले १९ गतेनै विशेष सुरक्षा प्रहरी गण तनहूं, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा र ईलाका प्रहरी कार्यालय बेलचौताराको निरीक्षण गरिसकेको छ ।  मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरी भाद्र २१ गते जिल्ला प्रहरी कार्यालय स्याङजा, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङको निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ब्याटन निरीक्षण टोलीबाट देशभरीका प्रहरी कार्यालयहरुको कार्यदक्षता मूल्यांकन गरीसकेपछी अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय घोषणा गरी प्रहरी दिवसको दिनमा उक्त प्रहरी कार्यालयलाई र कार्यलय प्रमूखलाई पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ । प्रहरीमा ‘पुलिस ब्याटन’ लाई उच्च मूल्यांकनसहितको पुरस्कार मानिन्छ ।  

अपराध अनुसन्धान,अभियोजन र न्याय निरुपण गर्ने निकाय बिच समन्वय आवाश्यक : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह ।
२०७९-०४-२२

साउन-२२, पोखरा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनु भएको छ । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उहाँले बताउनुभयो । ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उहाँले भन्नुभयो । ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोडदिनुभयो । नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाई थियो । सिंहले मंसिरमा हुन लागेको संघीय सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको अपराध अनुसन्धान गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण मुद्दा चल्ने प्रहरी कार्यालय बीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अध्यारोमा बत्तीको महत्त्व भएजस्तै नेपाल प्रहरी पनि जनताका लागि बत्ती भएकाले सोही अनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यलयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरीएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

स्वास्थ्य शिविर उद्‍घाटन
२०७९-०४-२१

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका  सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले  प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

नवलपरासी (पूर्व): सवारी दुर्घटना
२०७९-०४-१०

नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ बेलहानी स्थित भित्री सडक खण्डमा हुप्सेकोटबाट कावासोती तर्फ आँउदै गरेको ग.प्र.-०४-००१ ह ०१५४ नं. को अटो आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा अटोमा सवार चालक सहित ३ जना मानिसहरु घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएको, अटो प्रहरीको नियन्त्रणमा रहेको ।निम्न:-१.जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ गिरुबारी बस्ने वर्ष अन्दाजी ३३ को ओम बहादुर वि.क. अवस्था मध्यम । (अटो चालक)२.ऐ.बस्ने वर्ष अन्दाजी ६२ की दिलमायाँ तिमल्सेना, अवस्था मध्यम । ३. ऐ.बस्ने वर्ष अन्दाजी ६१ की सनमती कुमा, अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय लमजुङको निरीक्षण
२०७९-०४-०९

साउन-०९, पोखरा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

नवलपरासी (पूर्व): सवारी दुर्घटना
२०७९-०४-०६

नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(काठमाण्डौबाट सुर्खेत) तर्फ आउदैँ गरेको कर्णाली प्रदेश-०२-००१ ख ०५०० नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टन गई दुर्घटना हुँदा मानविय क्षति नभएको, राजमार्ग अवरोध नभएको, बस चालक फरार रहेको, बसमा सवार अन्दाजी ४०/४२ जना यात्रु सवार रहेको, सबै सकुसल, यात्रुहरुलाई आ-आफ्नो गन्तव्य तर्फ पठाउन आवश्यक पहल भई रहेको, घटनास्थलमा प्रहरी टोली खटी गएको । थप प्रहरी टोली खटी गई बस समितिसँग समन्वय गरि यात्रुहरुलाई सम्बन्धित गन्तव्य तर्फ पठाईएको, बस घटनास्थलबाट निकाल्न आवश्यक पहल भईरहेको, बस चालकको खोज तलास कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण सम्पन्न
२०७९-०४-०५

पोखरा, साउन ०५गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।

नवलपरासी पूर्व: सवारी दुर्घट्ना
२०७९-०४-०५

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका २ खरकट्टा जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (डण्डाबाट नारायणगढ ) जाँदै गरेको ना ७ ख५५६३ नं.को बस आँफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घट्ना हुँदा उक्त बसमा सवार अन्दाजी ४० जना रहेकोमा निम्न मानिसहरु घाईते भई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको, चालक फरार, सह-चालक प्रहरीको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।निम्न घाईतेहरु१. जिल्ला चितवन बस्ने वर्ष ४१ की मन्दरा ढुङगाना, अवस्था मध्यम ।२. ऐ.बस्ने वर्ष २२ ज्योति ढुङगाना, अवस्था सामान्य ।३. ऐ.भरतपुर म.न.पा.२० बस्नेवबर्ष २० की सबिता कुमाल, अवस्था मध्यम ।४. जि.न.प.(पूर्व) देवचुलि न.पा. ५ बस्ने वर्ष अं ३१ की झरना पराजुली, अवस्था मध्यम ।५. ऐ.१७ बस्ने वर्ष ८० की प्रेम कुमारी पाण्डे, अवस्था मध्यम(दुम्कौली अस्पताल रजहरमा)उपचार भईरहेको ।६. ऐ.बस्ने वर्ष ४ को सोयोग भट्टराई, अवस्था सामान्य ।७. ऐ.गैडाकोट न.पा.१ बस्ने वर्ष २२ की अस्मिता रानाभाट, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३ की कभ्या भण्डारी (अस्मिता रानाभाटको छोरी), अवस्था मध्यम ।९. ऐ.कावासोती १६ बस्ने वर्ष ४० की मिरा के.सी छात्तीमा चोट अवस्था मध्यम ।१०.ऐ.८ बस्ने वर्ष ८२ को नारायणदत्त पौडेल, अवस्था मध्यम ।

तनहुँ: सवारी दुर्घटना
२०७९-०३-३२

तनहुँ ब्यास नगरपालिका ११ फराकचौर स्थित घासीकुवा- फराकचौर भित्री सडक खण्डमा घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क ३६८३ नं.को माया युनिभर्सल एकेडेमी बोर्डीङ स्कुल दमौलीको बस र फराकचौरबाट घाँसीकुवातर्फ आउदै गरेको ग १५ प ६५०४ नं.को मो.सा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिहरु घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौलीतर्फ पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, बस घटनास्थलमा नै रहेको, मो.सा.र बस चालक प्रहरीको नियन्त्रणमा ।निम्न घाइते :-१.मो.सा. चालक जिल्ला तनहुँ ब्यास नगरपालिका ११ बस्ने बर्ष २२ को सुजन सुनार, अवस्था सामान्य ।२.मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष २३ को बिक्रम सुनार, अबस्था गम्भिर रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

शोक सलामी अर्पण
२०७९-०३-३१

मिति २०७८।०६।१७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्याबधीको “प्रहरी जवान आधारभुत तालीम ७-०३ औं समुह” मा सहभागी प्रशिक्षार्थी प्रहरी जवान पवित्रा थापाको नियमित शारीरीक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना गरिएकोमा यही असार ३० गते मृत घोषणा भएको । मृतकको पार्थिव शरिरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । सोही क्रममा निजको अन्तिम संस्कार स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो । प्रशिक्षार्थी प्रहरी प्रहरी जवान पवित्रा थापाको मृत आत्माको चिर शान्ति कामना तथा हार्दिक श्रद्धाञ्जली ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण तथा निर्देशन सम्पन्न ।
२०७९-०३-२८

पोखरा, असार २८गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।  

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।
२०७९-०३-२३

पोखरा, असार-२३ गतेनेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आउनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कास्की: जिप दुर्घटना हुँदा १० जना घाईते
२०७९-०३-०९

पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित ग. १ ज ६०७० नं. को जिप आफै अनियन्त्रित भई दुर्घटना निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।फिष्टेल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जिप चालक जिल्ला बाके जानकी गा.पा.१ घर भएको वर्ष ३४ को लाल ब. थापा, अवस्था मध्यम ।२.जि.बाग्लुङ बा.न.पा. २ बस्ने वर्ष ३४ को गुमा देवी निउरे, अवस्था मध्यम ।३.ऐ.बस्ने वर्ष ४८ को हरी प्रसाद निउरे, अवस्था सामान्य ।४.ऐ.३ बस्ने वर्ष २९ की सिता किसान, अवस्था मध्यम ।५.ऐ. बस्ने वर्ष ४४ को शंकर किसान, अवस्था सामान्य ।६.ऐ.२ बस्ने वर्ष ३६ की टिका कुमारी खड्का, अवस्था मध्यम ।७.ऐ.३ बस्ने वर्ष ४६ को बद्री ब. के.सी., अवस्था मध्यम ।मणिपाल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जि.बाग्लुङ बा.न.पा. ४ बस्ने वर्ष ४० की पातली नेपाली, अवस्था सामान्य ।२.जि.पर्वत फलेवास न.पा. ४ बस्ने वर्ष २२ की सृजना किसान, अवस्था सामान्य । ३.सृजना किसानकी छोरा ९ महिनाको अमृत किसान, अवस्था सामान्य ।

खोचबाट उद्दार तथा प्राथमिक उपचार नमुना अभ्यास सम्पन्न ।
२०७९-०३-०७

असार-०७, पोखरा कास्कीगण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको शिलशिलामा खोच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धी सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरीएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण हरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो । वर्षाको समयमा बढी पहिरो लगायत अन्य प्रकारका विपद्‍मा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विवाहको लागि घर परिवारले सहमति नदिए पछि भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमि जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको थियो ।

सवारी दुर्घटना
२०७९-०२-२३

कास्की, पोखरा महानगरपालिका २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा नौडाँडाबाट पोखरा तर्फ आउदै गरेको ग१०प ७६६६ नं.को मो.सा.(तिब्र गतिमा) अनियन्त्रित भई सडकको बिचको डिभाईडरमा ठोकिन गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गई मो.सा. नियन्त्रणमा रहेको ।निम्न:-१. जिल्ला कास्की पोखरा २५ हेम्जा बस्ने वर्ष अन्दाजी ३५ को दिलिप कुँवर,अवस्था सिरीयस, उपचारमा आफन्त चिरिन्जिबि पौडेल (९८४६०४२४२४) रहेको ।२.ऐ.बस्ने वर्ष अन्दाजी २७ को अक्षय राज कुँवर, अवस्था सिरीयस रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-२०

कास्की, पोखरा महानगरपालिका ३० P.U. चोक स्थितमा लागूऔषध कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको सिविल टोलीले ग१७प ५७७१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुको साथमा नुर्फिन-२८ एम्पुल, डाईजापाम-२८ एम्पुल, फेनरागन-२८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध, स्क्रिन टच मोबाईल थान २ र ग१७प ५७७१ नं. को डियो स्कुटर थान १ सहित निजहरुलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।नियन्त्रणमा रहेका मानिसहरुः-१.जिल्ला कास्की पोखरा महानगरपालिका ३० P.U.चोक बस्ने वर्ष ३२ को बिष्णु पुन ।२.जिल्ला पर्सा बिरगंज महानगरपालिका २० हरपटगंज बस्ने वर्ष ३२ को तिर्थनारायण साह ।

विभिन्न सामान सहित मानिस नियन्त्रणमा
२०७९-०२-१९

बागलुङ, बडिगाड गाउँपालिका ३ हाडीखोलामा प्रहरीको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा राजश्व नतिरेको, बिल नभएको निम्न ईलेक्ट्रोनिक सामानहरु लिई हिडिरहेको अवस्थामा निम्न मानिसहरु नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । निम्न :-१. जिल्ला स्याङजा वालिङ न.पा. १३ बस्ने वर्ष ३८ को जिबलाल गैह्रै२. जिल्ला सर्लाही धनकौला गा.पा. ३ बस्ने चुनचुन मिश्रनिम्न सामानहरु :-१. विभिन्न कम्पनिको मोबाईल सेट – ५३ थान२. एयरफोन - ९५ थान३. मोबाईलको ब्याक कभर ३ थान४.विभिन्न कम्पनिको चार्जर ९१ पिस५. पवार बैङक १ थान६. डाटाकेबल १३२ पिस७. डाटाकेबल oppo usb cable 120 cm को 6 प्याकेट ।

सवारी दुर्घटना
२०७९-०२-१५

स्याङ्जा, वालिङ नगरपालिका-१० डुम्रीकोट स्थित सिद्वार्थ राजमार्गमा डुम्रीकोटबाट वालिङमोड तर्फ जादै गरेको ग ७ प १५९९ नं.को मोटरसाईकललाई ऐ. दिशाबाट जादैँ गरेको नखुलेको रातो कालो कलरको १५० सि.सि.को पल्सर मोटरसाईकलले ठक्कर दिदा ग ७ प १५९९ नं.को मोटरसाईकल चालक जिल्ला बारा घर भई हाल बालिङ नगरपालिका-१० मा मिस्त्री काम गर्ने वर्ष २० को राजु मुखिया घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको, अवस्था मध्यम, ठक्कर दिने मोटरसाईकल चालक फरार खोजतलास कार्य भईरहेको मोटरसाईकल प्रहरीको नियनत्रणमा रहेको ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-०८

कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष ३० को बिक्की गुरुङ,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल र नाईट्रोभेट-१२ चक्की, १ थान रेडमी मोवाईल ।

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-०८

नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।निम्न मानिस हरु:-१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जीनिम्न लागु औषधहरु:-१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल

नवलपरासी पूर्व: लागूऔषध र सामाग्री सहित मानिस नियन्त्रणमा
२०७९-०१-१९

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका १४ बस्ने बर्ष २३ को अमिर थापा र ऐ. बस्ने बर्ष २३ को मनोज वाईबाको साथबाट निम्न अनुसारको लागूऔषध सहित निम्न सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-(१) स्पास्मो २६ ट्याब्लेट, (२) नाईट्रोसन १४ ट्याब्लेट, (३) स्पास्पेन ३ ट्याब्लेट, (४) नगद रू.१,१८,७७०।- (एक लाख अठार हजार सात सय सत्तरी), (५) मोबाईल ५ थान (सामसुङ ३,आइफोन १, रेडमी १), (६) ल्यापटप १ थान, (७) चाँदीको जन्तर १ थान ।

कास्की: सवारी दुर्घटना
२०७९-०१-१८

कास्की अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १८ प ८१९१ नं. को मो.सा. र ग २ च ३५२५ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न मानिस घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पतालमा पठाएको, उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा कार चालक फरार खोज तलास कार्य भईरहेको। निम्न:-१. मो.सा. चालक:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने बर्ष ४५ को जित बहादुर पुन, अवस्था शिरियस ।२. मो.सा. पछाडी सवार:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने जित बहादुर पुनको छोरी बर्ष १८ की सुविना पुन मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

तनहुँ: झुण्डि मृत्यु
२०७९-०१-१२

जिल्ला तनहुँ भिमाद नगरपालिका ६ जलौदी सिम्बोट स्थितमा ऐ.बस्ने राजकुमार मल्लको श्रीमती बर्ष ३६ की ज्योति मल्ल आफ्नै घरको काठको बलोमा घाँटिमा नाईलनको डोरीको पासो लगाएको र उक्त पासो काटी भुईमा लडेको अवस्थामा शव रहेको र मृतकको हातमा चक्कु समेत रहेको अवस्थामा निजकै छोरी बर्ष १३ की रोजी मल्लले देखेको भनि खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई बुझ्दा बेलुका मृतक सङ्गै जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने बर्ष ३४ को दुर्गा क्षेत्री समेत संगै रहेको र हाल दुर्गा क्षेत्री फरार रहेको खोज तलास कार्य भईरहेको, मृतको श्रीमान बैदेशिक रोजगारको लागि मलेशिया रहेको, थप अनुसन्धान कार्य भईरहेको । 

नवलपरासी पूर्व: सवारी दुर्घटना
२०७९-०१-११

जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी स्थित भित्री सडक खण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको लु१ज २०६३ नं.को बलेरो सडक देखी अन्दाजी २५ मिटर तल खस्न जाँदा जिपमा सवार १५ जना मध्य निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, जिप घटनास्थलमा, चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी बस्ने वर्ष ९ को धन बहादुर रजाली, अवस्था गम्भिर सामान्य उपचार पश्चात भरतपुर रिफर ।२. ऐ बस्ने वर्ष ५०की दर्शना सोती, अवस्था मध्यम ।३. ऐ.बस्ने वर्ष ४६ की सुमित्रा सोती, अवस्था मध्यम ।४. ऐ.बस्ने वर्ष ३५ की लालमाया रजाली, अवस्था मध्यम ।५. ऐ.बस्ने ४१ को मेख ब.आले, अवस्था मध्यम ।६. ऐ.बस्ने वर्ष ६८ को जग ब.सोमै, अवस्था मध्यम ।७. ऐ.बस्ने वर्ष ६८ को तिलिसरा सोती, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३५ की लालसरी ठाडा, अवस्था सामान्य ।९. ऐ.बस्ने वर्ष ५० की ऐदी सवरा रजाली, अवस्था सामान्य ।१०. ऐ.बस्ने वर्ष ५९ को यम ब.सोमै, अवस्था सामान्य ।११.ऐ.बस्ने वर्ष ४ को जिवन सोती, अवस्था सामान्य ।१२.ऐ.बस्ने वर्ष ६० की डिलमाया ठाडा मगर, अवस्था सामान्य ।

कास्की: सवारी दुर्घटना
२०७९-०१-१०

जिल्ला कास्की पोखरा-२४ कास्कीकोट स्थित नौडाँडाबाट पोखरा तर्फ आँउदै गरेको ग१०प४५८८ नं. को स्कुटर र विपरित दिशाबाट जाँदै गरेको ग१९प१३५६ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।निम्न :-१) ग१०प४५८८ नं.को स्कुटर चालक पोखरा-२४ बस्ने वर्ष-१५ को उज्वल नेपाली, अवस्था मध्यम ।२) पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष-१४ को दिवस वास्ताकोटी, अवस्था मध्यम ।३) ग१९प१३५६ नं.को स्कुटर चालक पोखरा-१७ महतगौडा बस्ने वर्ष-४० को दिपक आचार्य, अवस्था मध्यम ।

तनहुँ: सवारी दुर्घटना
२०७९-०१-०६

जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ५ स्थित पृथ्बिराजमार्गमा डुम्रेबाट आबुँखैरेनि तर्फ जादै गरेको बा ४ ख ५०५५ नं.को माईक्रो र बिपरित दिशाबाट आउदै गरेको ध२ प ९१ नं.को मो.सा. एकआपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागि निम्न अस्पताल लगेको, मो.सा., माईक्रो, माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्न:-१. मो.सा. चालक- जिल्ला बागलुङ जैमिनि नगरपालिका ९ बस्ने वर्ष २१ को अजय बहादुर थापा, अवस्था मध्यम, (पोखरा ग्यालेक्सी अस्पतालमा उपचार भईरहेको)२. पछाडि सवार- ऐ. बस्ने वर्ष २२ की निर्मला नेपाली, अवस्था सामान्य (लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात डिस्चार्ज)

नवलपरासी पूर्व: सवारी दुर्घटना
२०७९-०१-०१

जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।निम्नः-१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।

स्याङ्जा: सवारी दुर्घटना
२०७८-१२-२८

जिल्ला स्याङ्जा पुतलिबजार नगरपालिका ११ मायाँटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ७३४१ नं. जिप अनियन्त्रित भई सडकको कुनामा ठोक्किन जाँदा जिपमा सवार ८ जना मध्ये ३ जना घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङमा ल्याईएको, जिप र चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१.जिल्ला स्याङजा चापाकोट न.पा.८ रत्नपुर बस्ने वर्ष ५५ का बिक्रम श्रेष्ठ, अवस्था मध्यम थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको ।२.ऐ.बस्ने निजकै श्रीमती वर्ष ६० की हस्त कुमारी श्रेष्ठ प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।३.ऐ.९ सुन्तलिटार बस्ने वर्ष ४८ की सुनमाँया कुमाल प्रा.स्व.के वालिङमा उपचार हुँदै अवस्था मध्यम ।

नवलपरासी: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२१

जिल्ला (पूर्व) कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ON-TEST स्कुटरमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिलाई चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा सेतो कपडाको झोला भित्र नुर्फिन– १११ एम्पुल, फेनरागन– १११ एम्पुल र डाईजोपाम– १११ एम्पुल गरि जम्मा ३३३ एम्पुल लागूऔषध फेला पारी बरामद गरी निजहरुलाई स्कुटर सहित आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिईएको ।निम्नः-१.स्कुटर चालक जिल्ला लम्जुङ सुन्दर बजार नगरपालिका-९ बस्ने बर्ष ३१ को सुदर्शन गुरुङ ।२.स्कुटर पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३३ को रजिन गुरुङ ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१६

जिल्ला कास्की पोखरा महानगरपालिका-१० रामबजार स्थितमा अबैध रुपमा लागु औषध ओसार-पोसार गर्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला स्याङ्जा बिरुवा गाउँपालिका स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १० रामबजार बस्ने वर्ष २७ को कुमार गुरुङलाई रामबजारको उत्तमचोक भित्रको मार्गमा हिड्दै आऊदै गरेको शंकास्पद अवस्थामा भेटि निजले बोकेको पहेलो फाईबरको झोला भित्र लुकाई छिपाई राखेको फेनारागन -११ ऐम्पुल,बुफ्रिन-९ ऐम्पुल र डाईजेपाम-९ ऐम्पुल गरि जम्मा २९ ऐम्पुल लागुऔषध र KIVI KB77 कम्पनीको कि प्याडवाला मोबाईल थान -१,नगद रु १०,०००।–सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१२-१०

जिल्ला कास्की पोखरा महानगरपालिका २६ विजयपुर स्थितमा चाउथेबाट विजयपुर तर्फ आउदै गरेको ग२२प ००७ नं.को स्कुटरले पैदलयात्री ऐ.१३ मियाँपाटन बस्ने वर्ष ३२ की टेक माया घर्तीलाई ठक्कर दिई उक्त स्कुटर विपरित दिशाबाट आउदै गरेको पोखरा म.न.पा.१५ रामबजार स्थित गोल्डेन फ्युचर बोडिङ स्कुलको ग१क ९९६ नं.को स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला तनहुँ घर भई हाल ऐ.१४ चाउथे बस्ने वर्ष अन्दाजी १९ को किस्मत वाग्ले घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याई चेक जाँच गर्ने क्रममाडाक्टरले मृत घोषण गरेको, बस,स्कुटर र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, पैदलयात्रीको लेखनाथ सिटी अस्पताल शिशुवामा उपचार पश्चात डिस्चार्ज गरिएको, अवस्था सामान्य, थप अनुसन्धान कार्य भईरहेको ।

स्याङ्जा: सवारी दुर्घटना
२०७८-१२-०७

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-१ नब्बे स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट बुटवल तर्फ जादै गरेको ग १५ प ७४४७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको लु २ ख ५२९० नम्बरको फोर्स गाडी एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही सुद्धोधन गाँउपालिका-५ फर्साटिकट घर भई जिल्ला स्याङजा गल्याङ नगरपालिका-३ गल्याङ बजारमा कुशल मोटरसाईकल वर्कसपमा काम गर्ने वर्ष २७ को जितेन्द्र पटेल घाईते भई उपचारको लागि नगर अस्पताल गल्याङ स्याङजामा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको, घटनास्स्थलमा प्रहरी टोली खटि गई सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । 

लमजुङ: ट्याक्टर दुर्घटना
२०७८-१२-०६

जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ तोरीवारी स्थित मोडमा घलेगाउँबाट बेसिशहरतर्फ आउदै गरेको ग १ त ६४५३ नं. को. ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि जिल्ला अस्पताल लमजुङ पठाईएको, ट्याक्टर घट्नास्थलमा रहेको, उक्त प्रहरी टोली खटि गएको ।निम्न:-१.चालक जिल्ला गोरखा आरुघाट गाउँपालिका १ मान्बु घर भई हाल जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ बस्ने बर्ष अन्दाजी ४५ को सन्त बहादुर गुरुङ, अवस्था सिरियस ।२.ट्रयाक्टरमा काम गर्ने कामदार जिल्ला लमजुङ क्व्होलासोथर गाउँपालिका ३ मालिङ बस्ने बर्ष अन्दाजी ३२ को गम बहादुर बि. क., अबस्था मध्यम ।सामान्य उपचार पश्चात दुवै घाईतेलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएको ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-०४

जिल्ला कास्की पोखरा महानगरपालिका १४ रातोडाँडामा अबैध रुपमा लागूऔषध ओसार पोसार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला कास्की मादी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ११ रानिपौवा बस्ने वर्ष २५ को राजेन्द्र परियारलाई रातोडाँडामा हिड्डै गरेको शंकास्पद अवस्थामा खटिगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको निलो कालो झोलामा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनारागन ४५, डाईजापम ४५, नुफ्रिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल ला.औ र रेड्मी मोबाइल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१२-०३

जिल्ला कास्की रुपा गाउँपालिका ४ गैरीपोखरी स्थित देउरालीबाट पोल्याङ्ग तर्फ जादै गरेको प्र ३-०३-००१ ह ३५० नं. को अटो आफै अनियन्त्रित भई सडकको बाँया तिर पल्टिन जाँदा उक्त अटोमा सवार निम्न ६ जना घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको उक्त स्थानमा प्रहरी टोली खटिगएको, सवारी साधन घटनास्थलमै, चालक घाईते ।निम्नः-१.चालक जिल्ला तनहुँ व्यास नगरपालिका १२ देउराली बस्ने वर्ष ३८ को बल्लु दवाडी, अवस्था सिरियस ।२. जिल्ला कास्की रुपा गाउँपालिका ४ स्यालडाँडा बस्ने वर्ष ४४ की कल्पना गुरुङ, अवस्था सिरियस ।३.ऐ. बस्ने वर्ष १३ की रेविका गुरुङ, अवस्था सामान्य ।४.ऐ. बस्ने वर्ष २० की सविना कुमाल, अवस्था सामान्य ।५.ऐ. बस्ने वर्ष २२ को शेर ब. गुरुङ, अवस्था सामान्य ।६. ऐ. बस्ने वर्ष १७ की रेजिना गुरुङ, अवस्था सामान्य ।

नवलपरासी (पूर्व) : बस र ट्रक एकआपसमा ठक्कर खाँदा ८ जना घाईते
२०७८-१२-०२

जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१५ गडारखोला स्थित पूर्व पश्चिम राजमार्गमा ना. ख ३१०४ नं को बस र ना.६ ख ४३४६ नं. को ट्रक एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्नः१.(बस चालक) जिल्ला सप्तरी राजविराज बस्ने बर्ष अं ४५ को सत्य नारायण यादव, अवस्था गम्भीर रहेको ।  पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मध्यविन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचारार्थ घाईतेहरुः१.जि.रुपन्देहि बस्ने वर्ष अं. ४१ कि सिता आले, अवस्था सामान्य ।२.जि.काभ्रे बनेपा ११ वस्ने वर्ष अं. ७० को राम बहादुर तामाङ, अवस्था सामान्य ।३. जि.सर्लाही श्रिनगर बस्ने वर्ष अं. २२ कि लक्ष्मी चौधरी, अवस्था सामान्य ।४. ऐ.ऐ. बस्ने वर्ष २ कि प्रभा चौधरी, अवस्था सामान्य ।५. ऐ.ऐ. बस्ने वर्ष अं. २३ को बिक्रम चौधरी, अवस्था सामान्य ।६. जि.धनुषा बस्ने वर्ष अं.४८ को कमल राई (सहचालक), अवस्था सामन्य । ७ ऐ.ऐ. ढल्केवर बस्ने वर्ष अं. १६ को धर्मेन्द्र दास, अवस्था सामान्य ।

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-२९

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालीस किलो जंगल स्थित पूर्व-पश्चिमराजमार्गमा प्रहरीको RSCC टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु७५प ५८४५ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने वर्ष २२ को बिकेश तेली र मो.सा. पछाडि सवार ऐ.पालिनन्दन गाउँपालिका १ बस्ने वर्ष १९ को करन कुर्मीको साथबाट नाईट्रोभेट ३०० ट्याप्लेट लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । साथै माथि उल्लेखित परिमाणका लागूऔषध लिनको लागि आएको जि.न.प.(पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २७ को विशाल न्यौपानेलाई ऐ.कावासोती न.पा.११ लोकाहा पुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

कास्की: सवारी दुर्घटना
२०७८-१०-२५

जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जा भोटेक्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग६प ८८०२ नं.को मो.सा. र ग१ज ५०५६ नं.को बलेरो जिप दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको साथै मो.सा.मा सवार निम्न व्यक्तिहरु घाइते भई उपचारको लागि निम्न अस्पताल पठाएको बलेरो जिप, जिप चालक र मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१. मो.सा.चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० धान्द्रुक घर भई हाल पोखरा म.ना.पा.५ प्रस्याङ धारापानी मार्ग बस्ने वर्ष २६ को दिपक नेपाली, अवस्था सिरियास (मणिपाल अस्पताल) उपचारको क्रममा मृत्यु ।२.पछाडी सवार जिल्ला गुल्मी घर भई हाल पोखरा म.न.पा.१ बगर बस्ने वर्ष २२ को सुनिल नेपाली, अवस्था सिरियास (फिस्टेल अस्पताल) उपाचारमा हुँदै ।

कास्की: सवारी दुर्घटना
२०७८-१०-२४

जिल्ला कास्की पोखरा महानगरपालिका १४ वि.पि. मार्ग स्थितमा ग३प ७९७१ नं.को मो.सा. र ग११प २०३० नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा दुबै मो.सा. मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.ग३प ६९६१ नं.को मो.सा.चालक जिल्ला रौतहट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ वि.पी. मार्ग बस्ने वर्ष २८ को रुपेश वैठा, अवस्था मध्यम, मणिपाल शिक्षण अस्पताल रिफर, उपचारमा निजको भिनाजु पोनालाल बैठा संलग्न ।२.ग११प २०३० नं. को मो.सा. चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २३ को नारायण गुरुङ,अवस्था सामान्य ।३.ऐ. मो.सा.मा पछाडी सवार निजको श्रीमती वर्ष २३ की रितु गुरुङ, अवस्था सामान्य, उपचारमा निजको दाजु देव बहादुर गुरुङ संलग्न ।

कास्की: सवारी दुर्घटना
२०७८-१०-२२

जिल्ला कास्की पोखरा महानगरपालिका १७ शहरी स्वास्थ्य केन्द्र फिस्टेल एकेडेमी बिरौटा नजिकै महतगौडाबाट पोखरा तर्फ आउदै गरेको ग१७प १२९९ नं.को मो.सा. र बिपरित दिशा तर्फ जादै गरेको ग१२प ४०२९ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१.ग१७प १२९९ नं.को मो.सा. चालक जिल्ला मुस्ताङ थासाङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ महतगौडा बस्ने वर्ष २४ को सैलेश शेरचन, अवस्था सामान्य ।२.ग१२प ४०२९ नं.को मो.सा. चालक जिल्ला चितवन माडी घर भई हाल जिल्ला कास्की पोखरा ९ न्युरोड बस्ने वर्ष ३२ को उमेश चौधरी, अवस्था बोल्न नसक्ने सिरियस ।३.सोही मो.सा.पछाडी सवार जिल्ला बारा कलैया बेलटारी घर भई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष २२ को चन्द्रिका बैठ, अवस्था सामान्य ।

तनहुँ: सवारी दुर्घटना
२०७८-१०-१८

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुबै बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको, दुबै बस घटना स्थलमा रहेको ना ५ ख ४९४१ नं.को बस चालक नियन्त्रणमा रहेको ना ५ ख ८८३३ न.को चालक फरार खो.त.कार्य भइरहेको ।निम्न१.जिल्ला तनहुँ व्यास न.पा.९ बाइसजागर बस्ने वर्ष २७ को नविन श्रेष्ठ, अवस्था गम्भिर२.जिल्ला गोरखा धुँवाकोट बस्ने वर्ष ३० की हिरा खड्का, अवस्था मध्यम३.जिल्ला तनहुँ भानु न.पा.९ बस्ने वर्ष २१को अर्विन शाही, अवस्था मध्यम४.जिल्ला तनहुँ बाइसजाँगर बस्ने वर्ष ५९ की मिना श्रेष्ठ, अवस्था मध्यम५.जिल्ला गोरखा पालुङटार न.पा.५ बस्ने वर्ष ३५ की हर्षिका तामाङ, अवस्था मध्यम६.ऐ.बस्ने वर्ष ५२ की फुलमाया तामाङ, अवस्था मध्यम७.जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ बस्ने वर्ष २७ की निर्मला सुनार, अवस्था सामान्य८.ऐ.बस्ने वर्ष २३ को प्रदीप सुनार, अवस्था सामान्य९.जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने वर्ष ४८ की सानुमाया गुरुङ, अवस्था मध्यम१०.जिल्ला गोरखा बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा, अवस्था सामान्य ।

तनहुँ: लागूऔषध, हातहतियार सहित मानिस नियन्त्रण
२०७८-१०-१३

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाडा स्थित ऐ. बस्ने कर्ण बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष २६ को निनु कुमार श्रेष्ठले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई निजको कोठा खनतलासी गर्ने क्रममा निम्न अनुसारको खाली म्याग्जिन सहितको हतियार र लागूऔषध फेला पारेको, उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्नः-१.डाईजेपाम १३३ एम्पुल ,नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल ।२.नाईट्रोभेट ट्याबलेट १९२ चक्की ।३.spasmo-proxyvon plus ५४ चक्की । ४.इटलीयन Auto pistol 7.05mm- थान १,(ऐ.पेस्तोलको म्याग्जीन सहितको) ।

नवलपरासी (पूर्व): ट्रकले अटोलाई ठक्कर दिँदा ४ जना घाईते
२०७८-०८-२९

मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को  ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास भईरहेको ।निम्नः-१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा गुरुङ, अवस्था गम्भिर । ४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।

गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८ सम्पन्न ।
२०७८-०८-२४

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र मातहतमा रहेका सम्पूर्ण प्रहरी कार्यालय तथा ईकाईहरुको गतिविधि तथा प्रहरी कार्य र समग्र गण्डकी प्रदेशको सुरक्षाको विषयमा “गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८” गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्युको अध्यक्षतामा यही मंसिर २४ गते सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान प्रगति, जिल्लास्तरमा शान्ति सुरक्षाका लागि चालिएका कदमहरु, देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने प्रयासहरुका विषयमा समिक्षा तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रमको उद्‍घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख सचिव पन्थले समग्र प्रहरी कार्यलयहरुले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै सरकारको प्रत्यक्ष उपस्थिती भनेकोनै प्रहरी संगठन भएकोले संयमित भएर कार्य सम्पादन गर्न तथा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नागरीकमैत्री सेवा प्रवाहमा जोड दिदै भौतिक पुर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि ज्युलाई धन्यवाद ज्ञापन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी संबेदनशील भएर लाग्नुपर्ने, प्रहरीको प्रमुख दायित्व जनताको पिर मर्कामा साथ र सहयोग भएकोले मन वचन र कर्मले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी नायव महानिरीक्षक लोहनीले कानून कार्यान्वयन गर्ने सवालमा कतिपनि सम्झौता नगरी महिला, बालबालिका र समाजमा उत्पिडित वर्गलाई विशेष प्राथमिकतामा राख्दै जन धनको सुरक्षाको लागि अहोरात्र खटिई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश स्तरका अन्य प्रहरी ईकाईका प्रहरी प्रमुखहरुले आ-आफ्नो कार्यालयमा भए गरेका प्रहरी गतिविधी, शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान, समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा आगामी कार्ययोजना लगायतको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म गण्डकी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरी कार्यक्रम समापन भएको थियो । 

लमजुङ: जिप दुर्घटना हुँदा ३ को मृत्यु, १४ जना घाईते
२०७८-०८-२३

मंसिर २३, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.९ खुदी स्थित ग. १ ज ६३१७ नं.को बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको तथा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । मृतकहरू:१.जिल्ला कपिलबस्तु वाणगंगा गा.पा. ८  घर भई हाल जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ स्थित रहेको श्री गणेश मा.बि.मा पढाउने शिक्षक वर्ष अं.४० को कमल थापा ।२. जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ.स्कुलको कक्षा ७ मा पढ्ने अं.१३ कि प्रमिसा गुरुङ । ३. जि. लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ. स्कुलको कक्षा ६ मा पढने वर्ष १२ को गणेश भण्डारी ।नयाँ मेडिकल केलज चितवनमा उपचारार्थ घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष १४ की संगीता मिजार, अवस्था मध्यम  ।२.ऐ.ऐ. बस्ने वर्ष १२ कि नम्रता रावल, अवस्था मध्यम  ।३.ऐ.ऐ.९ बस्ने वर्ष १३ की सुप्रिया बास्तोला, अवस्था मध्यम  ।४.ऐ.ऐ.बस्ने वर्ष १४ को बिबेक बि.क, अवस्था गम्भीर  ।५.ऐ.ऐ.९ बस्ने वर्ष १३ को शिब घिमिरे, अवस्था मध्यम  ।६. जिप चालक ऐ.ऐ.बस्ने वर्ष ४७ को बिरेन्द्र थापा, अवस्था मध्यम  ।जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने  वर्ष ४० कि शिक्षिका सबिता थापा ।२.ऐ.ऐ. बस्ने वर्ष ४० कि शिक्षिका शुसिला थापा ।३.ऐ.ऐ. बस्ने वर्ष १२ कि आकृति घले ।४.ऐ.ऐ. बस्ने वर्ष १३ कि रेश्मा मिजार ।५.ऐ.ऐ. बस्ने वर्ष १२ कि पुजा थापा ।६.ऐ.ऐ. बस्ने वर्ष १२ कि प्रकृति घले ।७.ऐ.ऐ. बस्ने वर्ष १३ कि अमिसा घले ।८.ऐ.ऐ .बस्ने वर्ष १३ को सौगात परियार ।

नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।
२०७८-०८-१३

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना सँगको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । यसका साथै शैक्षिक भ्रमणमा रहेका प्रशिक्षार्थीहरु संग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले मायाको चिनो आदान प्रदान गर्नुभएको छ ।

लमजुङ: मो.सा. दुर्घटना
२०७८-०८-०९

जिल्ला लमजुङ राईनस न.पा. ६ स्याउली स्थित धमिलिकुवाबाट तिनपिप्ले तर्फ जाँदै गरेको बा.४२प.३९२० नम्बरको मो.सा.र बिपरित दिशा बाट आउदै गरेको बा.८६प.७१२८ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाँदा उक्त मो.सा.हरुमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी सहोदर अस्पताल धमिलिकुवा पठाईएको, दुवै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न :१. बा.४२प.३९२० नम्बरको मो.सा. चालक जिल्ला लमजुङ राईनस न.पा. वडा नं. ४ सातविसे बस्ने वर्ष १८ को रोसन बि.क., अवस्था मध्यम ।२. बा.८६प.७१२८ नम्बरको मो.सा.चालक जिल्ला गोरखा सिरानचोक गा.पा. २ थालाजुङ बस्ने वर्ष २० को अम्मर श्रिमल, अवस्था सामान्य ।३. ऐ. मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष ३५ की कोपिला बि.क., अवस्था सामान्य ।

नवलपरासी (पूर्व ): सवारी दुर्घटना
२०७८-०८-०८

जिल्ला नवलरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-१ बेलुवा थारुचोक स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना८ख ५११ नं.को ट्रिप्पर र दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना११प २२२० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई  घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष ५७ को उदयराज बि.क., अवस्था मध्यम ।२.मो.सा.पछाडि सवार ऐ.बस्ने निजकी श्रिमती वर्ष ५० की तिल कुमारी बि.क., अवस्था गम्भिर । ३.मो.सा.पछाडि सवार ऐ.बस्ने वर्ष ३८ की अस्मिता बि.क., अवस्था मध्यम ।

लमजुङ: सवारी दुर्घटना
२०७८-०८-०७

जिल्ला लमजुङ राईनास नगरपालिका ३ फलेटे स्थित भित्री कच्ची सडकखण्डमा सातबिसेबाट ढाडखर्क तर्फ जादै गरेको ग१ज ५४६८ नं.को जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा ८ जना सवार मध्ये ७ जना घाईते भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गई जिप चालकलाई नियन्त्रणमा, जिप घटनास्थलमा नै रहेको ।निम्न घाईतेहरु१.जिल्ला लमजुङ राईनास न.पा. ३ बस्ने वर्ष ३० की सर्मिला तामाङ, अबस्था मध्यम,२.ऐ.बस्ने वर्ष ५८ की बिष्णुमाया तामाङ, अबस्था मध्यम,३.ऐ. बस्ने वर्ष ५२ को भिम ब. तामाङ, अबस्था मध्यम,४.ऐ. ६ स्याउले बस्ने वर्ष ३७ की बिना तामाङ, अवस्था मध्यम,५. ऐ बस्ने वर्ष ४५ को प्रेम ब. लामा टाउकोमा चोट अबस्था मध्यम,६. ऐ.बस्ने वर्ष ५८ की गममाया तामाङ, अबस्था मध्यम,७. ऐ.बस्ने वर्ष ३६ को कर्ण तामाङ, अवस्था सामान्य ।

कास्की: सवारी दुर्घटना
२०७८-०८-०६

जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ स्थित फिर्के पुल नजिक ग१५प ९ नं.को डुक मो.सा. र ग१त ३०४७ नं.को ट्याक्टर एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि मणिपाल र मेट्रोसिटि अस्पताल लगेको, घटनास्थलमा प्रहरी टोली खटि गई दुबै सवारी साधन नियन्त्रणमा लिएको।निम्नः-१.ट्याक्टर चालक- जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष ४६ को प्रितम कुवँर, अवस्था मध्यम, उपचारको लागि मणिपाल अस्पताल पठाईएको ।२.मो.सा.चालक- जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भई हाल पोखरा म.न.पा.१० अंमरसिंह चोक बस्ने वर्ष ३३ को कुमार परियार, अवस्था मध्यम, उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको, निजले मा.प.से.समेत गरेको ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको नव निर्मित भवन उद्घाटन सम्पन्न
२०७८-०८-०५

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरको निर्माण भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरीक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो । मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा एकाई मध्ये दुई वटा एकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो । उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घाँसा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थिती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाईहरु मध्ये १४ वटा प्रहरी एकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आईरहेका छन् ।

मुस्ताङ: हिम पहिरो
२०७८-०७-२८

कार्तिक २८, जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला तर्फ प्रहरीको २ जनाको टोली गस्ति गर्दै जाने क्रममा मानापाथी हिमालकोको हिउ पग्लेर हिम पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको, खोलाको अबस्था सामान्य रहेको । उक्त टोली खोला बढ्न सक्ने आशंकाले त्यस स्थानमा नै रहेको । मानबिय क्षेति नभएको । साथै थासाङ २ न्याउरिकोट गाउँसम्म हिउ आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मुस्ताङबाट १० जनाको प्रहरी टोली खटि गएको ।भौतिक क्षति:-१. जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ न्याउरीकोट बस्ने बर्ष ५० कि रमला तुलाचनको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि घरको छाना उडाएको ।मानविय क्षति:-श्री जन आर्दश अम्मर सिंह मा.बि.मा भागदौड हुँदा भएको घाईतेहरु :-१. जिल्ला ललितपुर गोदावरी न.पा. ११ चापागाउ घर भई हाल सोहि विद्यालयको शिक्षिका बर्ष २८ की अनु देसाद, अबस्था सामान्य ।२. जिल्ला म्याग्दी घर भई हाल सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष १६ की अनुसा खत्री, अवस्था सामान्य ।३. ऐ.अन्नपुर्ण गा.पा ६ घर भइ हाल सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १४ को संगम बडुवाल बाँया खुट्टामा भित्री चोट ।४. ऐ.मालिका गा.पा. ५ घर भई हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत बर्ष १७ की मिलन पुन, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।५. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ सौरो घर भई ऐ. विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अमृता रोकामगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।६ . जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ४ तातोपानी घर भई हाल सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत वर्ष १४ की सुजिना के.सी. दाहिने खुट्टामा भित्री चोट अवस्था सामान्य ।७. जिल्ला पर्वत मोदी गा.पा. २ घर भई सोही विद्यालयको शिक्षक वर्ष २३ को बिरेन्द्र लामिछाने बाया खुट्टामा भित्री चोट ।८. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको वाल कक्षामा अध्ययनरत वर्ष ४ की अनुशा बि.क. दाहिने खुट्टामा चोट अवस्था सामन्य९. जिल्ला म्याग्दी बे.न.पा. ४ घर भई हाल सोही विद्यालयमा अध्ययनरत वर्ष १४ की स्नेहा किसान बाया खुट्टामा चोट अवस्था सामान्य ।१०. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको कर्मचारी वर्ष २८ की कोरिसा वि.क. बाया खुट्टामा भित्री चोट अवस्था सामान्य ।११. जिल्ला स्याङ्जा घर भई हाल सोही विद्यालयको शिक्षिका वर्ष २९ की शुसिला थापा मगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।माथि उल्लेखित घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको ।

गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पुजा सम्पन्न
२०७८-०७-१७

कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो । साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-१०

कार्तिक १०, जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस स्थितमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख ७० नं. को हाईसलाई रोकी उक्त हाईसमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको निम्न परिमाणमा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, हाईसलाई गन्तब्य तर्फ पठाएको । निम्नः-१. जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर बस्ने वर्ष २५ को साहिल पौडेलले बोकेको झोला भित्रबाट डाईजापाम- ७३ एम्पुल,नुर्फिन-७३ एम्पुल र फेनरागन ७३ एम्पुल गरि जम्मा-२१९ एम्पुल ।२. ऐ. २ अर्चलबोट बस्ने वर्ष २७ को नबिन पुनले बोकेको झोलाबाट डाईजापाम-२५ एम्पुल,नुर्फिन-२५ एम्पुल र फेनरागन-२५ एम्पुल गरि जम्मा ७५ एम्पुल ।

गोरखा: सवारी दुर्घटना
२०७८-०७-०२

कार्तिक ०२, जिल्ला गोरखा गण्डकी गाउँपालिका ८ स्थित फुजेलबाट बेनीघाट तर्फ आउदै गरेको ना४च ७७३८ नं.को बलेरो जिप ब्रेक फेल भई आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा उक्त जिपमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखु लगेको, चालक जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ४० को धन बहादुर थापा प्रहरी सम्पर्कमा अवस्था सामान्य, सवारी साधन घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।निम्न:-१.जिल्ला गोरखा गण्डकी गा.पा. ५ दर्बुङ् बस्ने वर्ष २१ कि प्रतिमा पोख्रेल, अबस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।२.ऐ.४ फुजेल बस्ने वर्ष २० को सुनिल थापा, अबस्था सामान्य बिर अस्पताल काठमाण्डौ रिफर ।३.ऐ.५ दर्बुङ् माईतीघर भई चितवन बस्ने वर्ष ४४ की सुस्मा श्रेष्ठ,अवस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।४.ऐ.ऐ. ४ फुजेल बस्ने बर्ष १८ को विवेक सिंखडा, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।५.जिल्ला धादिङ ज्वालामुखि गा.पा.१ बस्ने वर्ष २२ की सुस्मिता कोईराला, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।६.जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ९ की जेनिसा श्रेष्ठ, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।

कास्की: सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १ जना घाईते
२०७८-०६-२५

असोज २५, जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका- १० हुदु स्थित नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको ग १ ज ६९०० नं.को बोलेरो जीप आफै अनियन्त्रित भई पोखरा घान्द्रुक कच्ची सडक खण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा खस्न गई दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको, मृत्यु हुनेमा जिप चालक जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री, जिल्ला काठमाण्डौ काठमाण् महानगरपालिका-३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, ऐ.बस्ने वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० को सुमन चौधरी वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र जिल्ला गोरखा घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् । १ जना घाईते भएको, उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

“६६ औं प्रहरी दिवस” का अवसरमा बिशेष कार्यक्रम सम्पन्न
२०७८-०६-२०

नेपाल प्रहरीको "६६ औं प्रहरी दिवस" का अवसरमा देश र जनताको सेवामा समर्पित रहि विरताका साथ कर्तव्य पालनको शिलसिलामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीका गौरवगाथाको उच्च कदर गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी अमर प्रहरी प्रति श्रद्धासुमन प्रकट गर्नुभएको छ । साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगायत कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रही कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत जनतालाई नै केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि प्रदेश सरकार तत्पर रहेको कुरा बताउँनुभयो ।कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले विविध आरोह-अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रही संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने वीर अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।प्रहरी दिवसलाई समस्त प्रहरी कर्मचारीहरुले आ-आफ्नो कार्य प्रेरणा दिवसको रुपमा आत्मसाथ गर्दै बिगत वर्षहरुमा भएगरेका कार्यहरुको मुल्याङकन एवं आत्मसमिक्षा गरी आगामी दिनहरुमा आफ्नो जिम्मेवारी अझै प्रभावकारी, विश्वासिलो एवं नागरिकमैत्री र सशक्त ढंगबाट निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथिज्यूबाट अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रहरी कार्यमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, व्यक्तित्व, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, ट्राफिक व्यवस्थापन, विपद उद्दार लगायत विविध प्रहरी गतिविधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत नगद पुरस्कार तथा कदर पत्र प्रदान गरिएको थियो ।सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप-कुलपति डा. डुक बहादुर क्षेत्री, गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोला, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस्