के तपाइलाई कसैले धम्काएको छ ?
- तपाइलाई कसले, किन, कसरी धम्काएको हो सो को विवरण सहित धम्क्याउने व्यक्तिको पहिचान प्रहरीलाई गराउनुहोस ।
- यदि धम्क्याउने व्यक्तिको स्पष्ट पहिचान भएको छैन भने थाह भएसम्मका सूचना प्रहरीलाई उपलब्ध गराउनुहोस ।
- टेलिफोनबाट धम्क्याएको भए सो नम्वर प्रहरीलाई उपलब्ध गराउनुहोस ।
- संभव भएसम्म धम्काउने व्यक्तिको धम्काउदाको आवाज मोवाईल फोन वा यस्तै अन्य कुनै साधनद्वारा रेकर्ड गरी प्रहरीलाई उपलब्ध गराउनुहोस ।
- याद राख्नुहोस, प्रहरीलाई खबर नगर्दा नै धम्काउने व्यक्तिबाट सुरक्षित हुने सोच राख्नु भएको छ भने त्यो तपाईको भ्रम हो किनकि तपाई सदैव खतरामा रहिरहनु हुनेछ । तसर्थ प्रहरीलाई चाडो भन्दा चाडो यसको सूचना दिनुहोस ।
थप जानकारी वा मद्दत चाहिएमा तल दिईएको माध्यमबाट सोझै सम्पर्क गर्नुहोस।
सम्पर्क माध्यम
फोन नं.:- ०१-४४१२७४८ टोल फ्री नं.:- १६६००१४१५१६ मोवाईल नं.:-९८४९०९११३९ फ्याक्स नं.:-४४१२७४८
ई.मेल:- cicu@nepalpolice.gov.np , phqigs@nepalpolice.gov.np