प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा-७, पार्दी पोखरा

कन्ट्रोलः ९८५६०२८४३३, ०६१-४५२५००

ईमेल : gandaki@nepalpolice.gov.np 

प्रहरी चौकी स्तरसम्मको सम्पर्क नम्बरहरु

 

प्रहरी जवान ७-०५ औँ समूहका प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न
२०८२-०९-०९

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभुत तालिम ७-०५ औँ समूहका प्रशिक्षार्थीहरुको तालिम गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको प्रमुख आतिथ्यतामा आज एक समारोहका बिच सम्पन्न भएको छ ।दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो । दिक्षान्त कवाजको निरीक्षण पश्चात प्रर्शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको कवाजको समेत प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक आचार्यले अवलोकन गर्नुभयो ।त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुभयो ।तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक आचार्यद्धारा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पश्चात दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले तालिम अवधीमा हासिल गरेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीपूर्वक लागू गर्न सके मात्र तालिमको उपादेयता पुरा हुने बताउनुभयो ।साथै प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले कुनै प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जि.सीले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थिहरुलाई व्यवसायीक तथा व्यक्तिगत जिवनको सफलताको शुभकामना सहित कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिमा धन्यवाद व्यक्त गर्नुभयो ।तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर कार्कीले प्रहरी संगठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानहरुको कुल २३४ कार्य दिनको उक्त आधारभुत तालिम गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा मिती २०८१ माघ २७ गते बाट विधिवत रुपमा उद्‌घाटन भई सञ्चालनमा आएको बताउँदै उक्त आधारभुत तालिममा सहभागी महिला पुरुष गरि कुल २०७ जना प्रशिक्षार्थीहरु मध्ये १७७ जना “ क” श्रेणी र ३० जना “ख” श्रेणीमा उत्तीर्ण भएको जानकारी गराउनुभयो । निष्पक्ष एवं पारदर्शी ढङगले कानून र जनभावना बमोजिम सेवा प्रदान गर्न आवश्यक सैद्दान्तिक तथा व्यवहारिक ज्ञान साथै परिवर्तित राजनैतिक तथा समाजिक अवस्थामा लोक कल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरि जनमुखी सेवा प्रवाह गर्न आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिमलराज कंडेल, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्की लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

  • सवारी दुर्घटना : कास्की
    २०८२-१०-१४

    जिल्ला कास्की पोखरा म.न.पा.२९ भण्डारढीक पृथ्वीराजमार्गमा तालचोकबाट भण्डारढीक तर्फ जाँदै गरेको ग७प ३२६१ नं.को मोटरसाइकललाई ऐ.दिशाबाट जाँदै गरेको ग२च ८०० नं.को मारुती भ्यानले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला कास्की पोखरा म.न.पा.३३ बागमारा बस्ने वर्ष ३० को प्रवेश जंग ठकुरी घाईते भई उपचारको लागि लेखनाथ सिटी अस्पताल बुढिबजार पठाईएको, मारुती भ्यान चालक जि.म्याग्दी रघुगंगा गा.पा.१ सिमफाट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.३२ बस्ने वर्ष ४६ को चाम बहादुर गर्बुजा र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । 

    [ विस्तृतमा ]
  • सवारी दुर्घटना : स्याङ्जा
    २०८२-१०-११

    जिल्ला स्याङ्जा आँधीखोला गा.पा.५ कृषि स्थित नौडाडा कार्कीनेटा पक्की सडक खण्डमा सेपथबाट नौडाडा तर्फ जादै गरेको ग १७ प ११९५ न.को मोटरसाइकललाई सेतीदोभानबाट जुग्ले जादै गरेको ग १ क ४४७१ नं.को टिप्परले ठक्कर दिदा मोटरसाइकल चालक जिल्ला स्याङ्जा आधीखोला गा.पा.४ सेपथ बस्ने वर्ष २२ को सुवास क्षेत्री घाईते भएको, दुबै सवारी साधन र टिप्पर चालक जिल्ला स्याङ्जा आधीखोला गा.पा.६ फापरथुम बस्ने वर्ष ३० को संकर सापाकोटा लाई नियन्त्रणमा लिएको । 

    [ विस्तृतमा ]
  • सवारी दुर्घटना : लमजुङ
    २०८२-१०-०८

    जिल्ला लमजुङ सुन्दरबजार न.पा. ०९ घुमाउने स्थित डुम्रे-बेसिशहर सडक खण्डमा फुलबारीबाट सिउडीबार तर्फ आउदै गरेको ग २१ प ५४०२ नं. स्कुटरले पैदल यात्री वर्ष ५५ को उमाकान्त न्यौपानेलाई ठक्कर दिदा घाइते भइ उपचारको लागि भोटेओडार अस्पताल प्रा.लि.सिउडीबार लमजुङ पठाएको, स्कुटर र चालक वर्ष ४१ को रवि घर्ति भुजेल प्रहरीको नियन्त्रणमा रहेको । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८२-०९-२५ जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति: २०८२।०९।२५ गते ) ।
२०८२-०९-२४ निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना (२०८२-०९-२४)
२०८२-०९-२१ ग्रोसरी सप सञ्चालन सम्बन्धी प्रस्ताव पुस्तिका (नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प पोखरा) (२०८२|०९|२१) ।
२०८२-०९-२१ चमेना गृह सञ्चालन सम्बन्धी प्रस्ताव पुस्तिका (नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प पोखरा)(२०८२|०९|२१) ।
२०८२-०९-१७ जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको (मिति २०८२।०९।१७ गते) ।
२०८२-०९-१४ प्राविधिक प्रहरी जवान पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताको तालिका सम्बन्धी सूचना (२०८२-०९-१४)
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

HAMRO PAHARI. हाम्रो प्रहरी Episode-57
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम - २०७९-१२-०३
रेडियो कार्यक्रम - २०७९-११-२९

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।