प्रहरी कार्यालय
मंसिर २९, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.७ सेराटार सुनडाँडा बस्ने वर्ष ६० को पेम्बा तामाङ आफ्नै घर नजिकै रहेको खिर्राको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.२ डाँडाजोर स्थित लु. ४ त ४९७० नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ. बस्ने वर्ष १२ को बिपिन बि.क. गम्भीर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । ट्याक्टर चालक जि.नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गा.पा.२ बस्ने बर्ष १८ को सागर बि.क. पनि घाईते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर २९, जिल्ला तनहुँ ब्यास न.पा.१ अम्रेनी स्थित पृथ्बीराजमार्गमा ना. ७ ख ३४९२ नं.को ट्रक र ग. १४ प १००० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ व्यास न.पा.११ शेरा बस्ने वर्ष ३३ को अशोक बि.क. घाइते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २९, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ मध्यविन्दु स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ७ ख २५२६ नं.को ट्रकले प्र.२-०३-००१ ह २८१ नं.को अटोलाई ठक्कर दिँदा अटोमा सवार निम्न मानिसहरु घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा । फरार ट्रक चालकको खोजतलास भईरहेको ।निम्नः-१.अटो चालक जि.न.प.(पूर्व) कावासोती न.पा.४ हसौरा बस्ने वर्ष ५० को तुल बहादुर सुनार, अवस्था मध्यम ।२.अटोमा सवार जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.३ गिरुबारी बस्ने वर्ष ४० को धन बहादुर गुरुङ, अवस्था मध्यम ।३.ऐ.ऐ.बस्ने धन बहादुर गुरुङको श्रीमती वर्ष ३० कि एलिसा गुरुङ, अवस्था गम्भिर । ४.ऐ.ऐ.बस्ने धन ब.गुरुङको छोरी वर्ष ६ की सितल गुरुङ, अवस्था मध्यम ।
मंसिर २८, जिल्ला तनहुँ रिसिङ गा.पा.४ भिरकोट बस्ने वर्ष ४९ को रिखुराम रानाभाट घर नजिकै रहेको काफलको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २८, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित भित्रि सडक खण्डमा ना. ३० प ३६६५ नं को मो.सा.आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.१२ तमास्पुर बस्ने वर्ष अं ३५ को प्रमोद कुमाल घाईते भई स्थानीय मेडिकल अरुणखोलामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २८, जिल्ला कास्की पोखरा म.न.पा.२९ आदर्श चोक स्थित प्रतिक्षालयमा नाम थर वतन नखुलेको वर्ष अं.४५ को पुरुष ब्यक्तिको मृत शब फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २७, जिल्ला तनहुँ म्याग्दे गा.पा.३ तिलारेटार स्थित ऐ.ऐ. बस्ने वर्ष २८ को हरि नेपाली आफ्नै घरको ट्रसमा गलबन्दीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ चिसापानी स्थित पृथ्वीराजमार्गमा बा. ८० प ८९५४ न. को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.१३ बस्ने वर्ष अं.४२ को कृष्ण पराजुली घाइते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
मंसिर २६, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ बेलचौतारा स्थित ग. १ ख ८११६ न.को मिनीबसले पैदलयात्री जिल्ला लमजुङ राइनस न.पा.८ धमीलीकुवा बस्ने वर्ष २७ को गोबिन्द गन्दर्वलाई ठक्कर दिँदा घाइते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २६, जिल्ला गोरखा, गोरखा न.पा.११ एघारकिलो स्थित ग. १७ प ८५८७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला धादिङ सुनौलो बजार न.पा.७ बस्ने वर्ष २१ को राजन सुनार र मो.सा.पछाडि सवार जिल्ला धादिङ बस्ने वर्ष १८ को गौतम बिश्वकर्मा घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर २५, जिल्ला कास्की पोखरा म.न.पा.३२ मझुवा स्थित बा. ३ ख ८६२१ नं.को हाईसलाई चेकजाँच गर्दा उक्त हाईसमा सवार जिल्ला लमजुङ दुधपोखरी गा.पा. बस्ने वर्ष ३० को बिष्णु गुरुङको साथबाट डाईजेपाम-१८ एम्पुल, फेनरागन-१८ एम्पुल र नुरफिन-१८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागू औषध फेला परेको । उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २५, जिल्ला स्याङ्जा भिरकोट न.पा.४ गैह्राथोक स्थित HR51DS8797 नं.को भारतीय कारले लु. ७५ प ६५३ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक जिल्ला पाल्पा पुर्वखोला गा.पा.५ बिर्कोट बस्ने वर्ष २४ को अशोक पल्लि मगर र उक्त मो.सा.पछाडी सवार ऐ. ऐ. बस्ने वर्ष ३० कि जईसरा पल्लि मगर घाईते भई घाईते दुबैको मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २५, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ झरौटा स्थित ग. ३ प २५८ नं.को मो.सा.लाई ग. ११ प २७९९ नं.को मो.सा.ले ठक्कर दिँदा २७९९ नं.को मो.सा.पछाडि सवार जिल्ला तनहुँ भिमाद न.पा.२ बस्ने वर्ष ३४ को पुर्ण बहादुर आले घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुबै मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र मातहतमा रहेका सम्पूर्ण प्रहरी कार्यालय तथा ईकाईहरुको गतिविधि तथा प्रहरी कार्य र समग्र गण्डकी प्रदेशको सुरक्षाको विषयमा “गण्डकी प्रदेश प्रहरी चौमासिक समिक्षा एवं सुरक्षा गोष्ठी-२०७८” गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी ज्युको अध्यक्षतामा यही मंसिर २४ गते सम्पन्न भएको छ ।उक्त कार्यक्रममा गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान प्रगति, जिल्लास्तरमा शान्ति सुरक्षाका लागि चालिएका कदमहरु, देखिएका समस्या र समाधानका लागि गर्नुपर्ने प्रयासहरुका विषयमा समिक्षा तथा अन्तरक्रिया गरीएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले पानसमा दिप प्रज्वलन गरी गर्नु भएको थियो । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख सचिव पन्थले समग्र प्रहरी कार्यलयहरुले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुहुदै सरकारको प्रत्यक्ष उपस्थिती भनेकोनै प्रहरी संगठन भएकोले संयमित भएर कार्य सम्पादन गर्न तथा जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन नागरीकमैत्री सेवा प्रवाहमा जोड दिदै भौतिक पुर्वाधार तथा व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै प्रमुख अतिथि ज्युलाई धन्यवाद ज्ञापन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले गण्डकी प्रदेशको समग्र शान्ति सुरक्षाको विषयमा प्रहरी संबेदनशील भएर लाग्नुपर्ने, प्रहरीको प्रमुख दायित्व जनताको पिर मर्कामा साथ र सहयोग भएकोले मन वचन र कर्मले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी नायव महानिरीक्षक लोहनीले कानून कार्यान्वयन गर्ने सवालमा कतिपनि सम्झौता नगरी महिला, बालबालिका र समाजमा उत्पिडित वर्गलाई विशेष प्राथमिकतामा राख्दै जन धनको सुरक्षाको लागि अहोरात्र खटिई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रदेश मातहतका सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश स्तरका अन्य प्रहरी ईकाईका प्रहरी प्रमुखहरुले आ-आफ्नो कार्यालयमा भए गरेका प्रहरी गतिविधी, शान्ति सुरक्षाको अवस्था तथा जनशक्ति व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रदेश प्रहरी कार्यालयको तर्फबाट गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको अपराध नियन्त्रण तथा अनुसन्धान, समग्र शान्ति सुरक्षाको अवस्था, चुनौती तथा आगामी कार्ययोजना लगायतको विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । हालसम्म गण्डकी प्रदेशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको विश्लेषण गरी कार्यक्रम समापन भएको थियो ।
मंसिर २४, जिल्ला म्याग्दी रघुगंगा गा.पा.२ साझापानी धुपिचौर बस्ने वर्ष अं.३६ को जुद्द परियार आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २३, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.९ खुदी स्थित ग. १ ज ६३१७ नं.को बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार ३ जनाको घटनास्थलमा नै मृत्यु भएको तथा निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । मृतकहरू:१.जिल्ला कपिलबस्तु वाणगंगा गा.पा. ८ घर भई हाल जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ स्थित रहेको श्री गणेश मा.बि.मा पढाउने शिक्षक वर्ष अं.४० को कमल थापा ।२. जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ.स्कुलको कक्षा ७ मा पढ्ने अं.१३ कि प्रमिसा गुरुङ । ३. जि. लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने ऐ. स्कुलको कक्षा ६ मा पढने वर्ष १२ को गणेश भण्डारी ।नयाँ मेडिकल केलज चितवनमा उपचारार्थ घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष १४ की संगीता मिजार, अवस्था मध्यम ।२.ऐ.ऐ. बस्ने वर्ष १२ कि नम्रता रावल, अवस्था मध्यम ।३.ऐ.ऐ.९ बस्ने वर्ष १३ की सुप्रिया बास्तोला, अवस्था मध्यम ।४.ऐ.ऐ.बस्ने वर्ष १४ को बिबेक बि.क, अवस्था गम्भीर ।५.ऐ.ऐ.९ बस्ने वर्ष १३ को शिब घिमिरे, अवस्था मध्यम ।६. जिप चालक ऐ.ऐ.बस्ने वर्ष ४७ को बिरेन्द्र थापा, अवस्था मध्यम ।जिल्ला अस्पताल लमजुङमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु:१.जि.लमजुङ मर्स्याङ्दी गा.पा.९ सिमपानी बस्ने वर्ष ४० कि शिक्षिका सबिता थापा ।२.ऐ.ऐ. बस्ने वर्ष ४० कि शिक्षिका शुसिला थापा ।३.ऐ.ऐ. बस्ने वर्ष १२ कि आकृति घले ।४.ऐ.ऐ. बस्ने वर्ष १३ कि रेश्मा मिजार ।५.ऐ.ऐ. बस्ने वर्ष १२ कि पुजा थापा ।६.ऐ.ऐ. बस्ने वर्ष १२ कि प्रकृति घले ।७.ऐ.ऐ. बस्ने वर्ष १३ कि अमिसा घले ।८.ऐ.ऐ .बस्ने वर्ष १३ को सौगात परियार ।
मंसिर २३, जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क स्थित ना ४ ख ६९८९ नं.को टिप्परले ग ७ प ४८८० नं. को स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. ३ नदिपुर बस्ने बर्ष ५७ को हरी प्रसाद शिल्पकार गम्भीर घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१४ सेरगञ्ज स्थित भित्री सडक खण्डमा लु. ५ प ७१५६ नं. को मो.सा.ले ऐ.ऐ.बस्ने गिता ढुङगानाको छोरा बर्ष ६ को सुगम ढुङगानालाई बाटोमा हिड्ने क्रममा ठक्कर दिंदा घाईते भई सेन्ट्रल अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला मुस्ताङ थासाङ गा.पा.२ धवाङ स्थित भित्री सडक खण्डमा ग. १ त ४९२६ नं.को ट्याक्टर दुर्घटना हुँदा जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.१ घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गा.पा.२ मार्फा बस्ने वर्ष २० को सोनम शेर्पा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला लमजुङ सुन्दरबजार न.पा.९ फ्युचरस्टारचोक स्थित बा. ३७ प ७१४१ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६० को छविलाल गुरुङलाई ठक्कर दिँदा घाईते भई बि एण्ड बि अस्पताल ललितपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २२, जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा.८ किसानचोक स्थित बा. ४५ प ५३१३ नं.को मो.सा.ले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री जिल्ला नवलपरासी (पूर्व) गैँडाकोट न.पा.६ बस्ने वर्ष ५० को श्यामलाल गुरुङ घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २१, जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ रिमालनी बस्ने वर्ष ७२ को सन्त बहादुर कसाई आफ्नै घरको रेलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर २०, जिल्ला लमजुङ राईनास न.पा.४ नेबोटे स्थित ग. ४ प १४८४ नं.को मो.सा.ले पैदलयात्री जिल्ला लमजुङ राईनास न.पा.३ जेठाक बस्ने वर्ष ४८ कि दाउरी अछामिलाई ठक्कर दिँदा घाईते भई नँया मेडिकल कलेज चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १९, जिल्ला बागलुङ बागलुङ न.पा.४ मुस्लिम स्थित ध २ प २६७० नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ४० कि अल्म दानुलाई ठक्कर दिंदा घाईते भई धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १९, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ बरादी स्थित लु. ३ प ३८६ नं. को मो.सा.ले ऐ.ऐ.१ सत्रसय बस्ने वर्ष ७२ को लिला बहादुर खनाललाई ठक्कर दिँदा घाईते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल, आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १९, जिल्ला गोरखा, गोरखा न.पा. ५ पदलीथोक बस्ने वर्ष अं.२२ को विजय कुवँर घरदेखि नजिकै रहेको कटुसको रुखमा तन्नाको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी स्थित ग. १ त ६२८८ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ व्यास न.पा.११ जुगेपानी बस्ने वर्ष अं.२० को अमृत नेपालीको घटनास्थलमा नै मृत्यु भएको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर १८, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गा.पा १ दुम्किबास बजार स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश ३-०२-००४ प ६२३२ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.२ कुमालटर बस्ने वर्ष ७० को प्रसते जिरेललाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला लमजुङ बेशिसहर न.पा.२ भकुण्डे स्थित ना. ३५ प १८०० नं.को मो.सा. ले पैदल यात्री भारत घर भई हाल जिल्ला लमजुङ बेशिसहर न.पा. ८ बस्ने बर्ष अं. ४५ को सिउ नारायण पट्टेललाई ठक्कर दिँदा गम्भीर घाईते भई उपचारको लागि जिल्ला अस्पताल बेशिसहर पठाईएकोमा डा.ले मृत घोषणा रहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १८, जिल्ला कास्की पोखरा म.न.पा.२५ याम्दी स्थित ध. १ प ९९३३ नं. को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष २७ कि जेनि गुरुङलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ बीचबजार स्थित आँबुखैरेनी-गोरखा सडकखण्डमा बा. ८० प ७०८६ नं.को मो.सा.ले पैदल यात्री जिल्ला गोरखा, गोरखा न.पा.१३ बस्ने वर्ष अं.१२ कि आर्या थापालाई ठक्कर दिँदा घाईते भई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १७, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ गाउँपालिकाचोक स्थित पृथ्वीराजमार्गमा ग. ३ च ६४९२ नं.को बलेरो जिपले पैदलयात्री ऐ.ऐ.२ बस्ने वर्ष ६५ कि बिमला गुरुङलाई ठक्कर दिँदा घाइते भई आँबुखैरेनी हाडजोर्नी अस्पताल तनहुँमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १६, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.२ कुमारवर्ती क्याम्पस गेट अगाडी भित्री सडक खण्डमा ना. २ क १६७ नं.को मिनि ट्रकले बा. ७३ प ४१५२ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २५ को सन्तोष बि.क. घाईते भई एलाईभ अस्पताल चितवनमा उपचार भईरहेको । ट्रक तथा ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १५, जिल्ला बागलुङ बडिगाड गा.पा.२ स्थित मध्यपहाडी लोकमार्गमा ना. ६ ख ५९९४ नं.को ट्रकले पैदल यात्री जिल्ला गुल्मी मुसिकोट न.पा.१ अरेवा बस्ने वर्ष ३४ को धन बहादुर नेपालीलाई ठक्कर दिँदा घाईते भई मिसन अस्पताल पाल्पामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला स्याङ्जा भिरकोट न.पा.८ ओकादी बस्ने वर्ष २९ को भुपेन्द्र गुरुङ आफ्नै घर नजिकै रहेको लाकुरीको रुखमा डोरीको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला नवलपरासी (पूर्व) देवचुलि न.पा.१६ रजहर स्थित बागमती प्रदेश-०१-०२५ च ४३४४ नं.को कारले ऐ.ऐ. बस्ने वर्ष ३५ की मैनाराज भण्डारीलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १५, जिल्ला स्याङ्जा आधीखोला गा.पा.६ सेतीदोभान स्थित ग. ६प ८४२९ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा पुतली बजार न.पा.५ बस्ने वर्ष ४५ को राम बहादुर परियार घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको ।
मंसिर १४, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १५ गडार खोला स्थित लु.१ स ३९९८ नं. को अटो रिक्सा र प्र.२-०३-००१च ०३२८ नं. को बलेरो पिकअप एक आपसमा ठक्कर खाँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा. १२ तमासपुर बस्ने वर्ष ३१ को अमिर सापकोटा र अटोमा सवार ऐ.ऐ. बस्ने वर्ष १८ को सुजन कुमाल घाईते भई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १३, जिल्ला तनहुँ म्याग्दे गा.पा.१ तल्लो गुणादी स्थित पृथ्वीराजमार्गमा ग ७ प ७२२७ नं.को मो.सा.लाई बा.९च ९०८७ नं. को कारले ठक्कर दिँदा मो.सा.चालक जि.कास्की लेखनाथ पोखरा म.न.पा.२७ डाँडानाक बस्ने वर्ष २७ को विशाल थापा र मो.सा.पछाडि सवार जि.काठमाण्डौ बौद्ध बस्ने वर्ष २० कि मिरा गुरुङ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको कमाण्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका प्रशिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेलले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना सँगको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । यसका साथै शैक्षिक भ्रमणमा रहेका प्रशिक्षार्थीहरु संग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले मायाको चिनो आदान प्रदान गर्नुभएको छ ।
मंसिर १२, जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० अरुणखोलाको पुल स्थित ना. ८ ख ४४८३ नं.को ट्रकले साईकल यात्री ऐ.ऐ. बस्ने वर्ष ६० को रत्न बहादुर गाहालाई ठक्कर दिँदा घाईते भई देव अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १२, जिल्ला कास्की पोखरा म.न.पा.२६ तालबेशी बस्ने वर्ष २५ को पौरख ढुङ्गाना आफ्नै घरको फलामको ट्रसमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ११, जिल्ला कास्की माछापुच्छ्रे गा.पा.२ भुर्जुङखोला स्थित ग. १० प ४६३० नं.को स्कुटरले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ८६ को सर्बजित तामाङलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १०, जिल्ला लमजुङ बेसिशहर न.पा.१ चिप्लेटी स्थित ग. ३ च ५३०३ नं.को पिक अप भेन र ग. ९ प३४५७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बारा कलैया न.पा.१४ बस्ने वर्ष १८ को उरेश साहनी घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । पिक अप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १०, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.१ बरादी स्थित पृथ्वी राजमार्गमा ग. १९ प ९७८९ नं.को स्कुटरले पैदल यात्री जिल्ला स्याङ्जा पुतलीबजार न.पा.७ बस्ने वर्ष ४५ कि बत्ती सुनारलाई ठक्कर दिँदा घाइते भई हाडजोर्नी अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३२ मझुवा स्थितमा खटिएको प्रहरी चेकिङ टोलीले काठ्माण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग१ख ८८११ नं.को बसलाई रोकी उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष २६ को गोपी नेपालीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले बोकेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको अन्दाजी ३ के.जी. गाँजा फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला लमजुङ राईनस न.पा. ६ स्याउली स्थित धमिलिकुवाबाट तिनपिप्ले तर्फ जाँदै गरेको बा.४२प.३९२० नम्बरको मो.सा.र बिपरित दिशा बाट आउदै गरेको बा.८६प.७१२८ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाँदा उक्त मो.सा.हरुमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी सहोदर अस्पताल धमिलिकुवा पठाईएको, दुवै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न :१. बा.४२प.३९२० नम्बरको मो.सा. चालक जिल्ला लमजुङ राईनस न.पा. वडा नं. ४ सातविसे बस्ने वर्ष १८ को रोसन बि.क., अवस्था मध्यम ।२. बा.८६प.७१२८ नम्बरको मो.सा.चालक जिल्ला गोरखा सिरानचोक गा.पा. २ थालाजुङ बस्ने वर्ष २० को अम्मर श्रिमल, अवस्था सामान्य ।३. ऐ. मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष ३५ की कोपिला बि.क., अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका-२५ हेम्जा स्थित सापकोटा चोकमा ग १८ प ५३५२ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. पछाडि सवार जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका ३ धारापानी बस्ने वर्ष १८ को सन्दिप बि.क. घाईते भई उपचारको लागि फिष्टेल अस्पताल पठाएको, अवस्था मध्यम, उपचारमा मो.सा.चालक संलग्न रहेको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २७ अर्घौचोक स्थित ग ६ प ५०३१ नं. को मो.सा.ले ऐ. बस्ने बर्ष ५ को समिप श्रेष्ठलाई स्कुल बस चड्ने क्रममा ठक्कर दिदा घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहको, मो.सा. तथा मो.सा. चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-१ बेलुवा थारुचोक स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना८ख ५११ नं.को ट्रिप्पर र दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना११प २२२० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष ५७ को उदयराज बि.क., अवस्था मध्यम ।२.मो.सा.पछाडि सवार ऐ.बस्ने निजकी श्रिमती वर्ष ५० की तिल कुमारी बि.क., अवस्था गम्भिर । ३.मो.सा.पछाडि सवार ऐ.बस्ने वर्ष ३८ की अस्मिता बि.क., अवस्था मध्यम ।
जिल्ला लमजुङ राईनास नगरपालिका ३ फलेटे स्थित भित्री कच्ची सडकखण्डमा सातबिसेबाट ढाडखर्क तर्फ जादै गरेको ग१ज ५४६८ नं.को जिप आफै अनियन्त्रित भई सडक छेउमा पल्टन जाँदा ८ जना सवार मध्ये ७ जना घाईते भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा पठाइएको, उक्त स्थानमा प्रहरी टोली खटि गई जिप चालकलाई नियन्त्रणमा, जिप घटनास्थलमा नै रहेको ।निम्न घाईतेहरु१.जिल्ला लमजुङ राईनास न.पा. ३ बस्ने वर्ष ३० की सर्मिला तामाङ, अबस्था मध्यम,२.ऐ.बस्ने वर्ष ५८ की बिष्णुमाया तामाङ, अबस्था मध्यम,३.ऐ. बस्ने वर्ष ५२ को भिम ब. तामाङ, अबस्था मध्यम,४.ऐ. ६ स्याउले बस्ने वर्ष ३७ की बिना तामाङ, अवस्था मध्यम,५. ऐ बस्ने वर्ष ४५ को प्रेम ब. लामा टाउकोमा चोट अबस्था मध्यम,६. ऐ.बस्ने वर्ष ५८ की गममाया तामाङ, अबस्था मध्यम,७. ऐ.बस्ने वर्ष ३६ को कर्ण तामाङ, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका-५ पर्स्याङ स्थित फिर्के पुल नजिक ग१५प ९ नं.को डुक मो.सा. र ग१त ३०४७ नं.को ट्याक्टर एक आपसमा ठक्कर खाँदा निम्न मानिसहरु घाईते भई उपचारको लागि मणिपाल र मेट्रोसिटि अस्पताल लगेको, घटनास्थलमा प्रहरी टोली खटि गई दुबै सवारी साधन नियन्त्रणमा लिएको।निम्नः-१.ट्याक्टर चालक- जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष ४६ को प्रितम कुवँर, अवस्था मध्यम, उपचारको लागि मणिपाल अस्पताल पठाईएको ।२.मो.सा.चालक- जिल्ला कास्की माछापुच्छ्रे गा.पा.६ घर भई हाल पोखरा म.न.पा.१० अंमरसिंह चोक बस्ने वर्ष ३३ को कुमार परियार, अवस्था मध्यम, उपचारको लागि मेट्रोसिटि अस्पताल पठाईएको, निजले मा.प.से.समेत गरेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका-१ सत्रसय स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको बा ४ ख ४२७ नं.को माइक्रो रोकी बाटो काट्ने क्रममा सह-चालक जिल्ला लमजुङ दोर्जी गाउँपालिका घर भएको अन्दाजी वर्ष २३ को सुके गुरुङलाई सोही दिशाबाट जाँदै गरेको ग १९ प ७२९१ नं.को मो.सा.ले ठक्कर दिँदा घाइते भई आबुखैरेनी स्थित हाडजोर्नि अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी पुरानो मेडीकल कलेज भरतपुर चितवन पठाएको, अवस्था गम्भिर, मो.सा.र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले नव निर्मित जिल्ला प्रहरी कार्यालय मुस्ताङको कार्यालय भवन, प्रहरी कर्मचारी बस्ने आवासीय भवन, प्रहरी चौकी घाँसा र सिमा प्रहरी चौकी लोमान्थाङको उद्घाटन गर्नु भएको छ ।संघीय सरकारबाट रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, मेष, ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्साघरको निर्माण भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक लोहनीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । उद्घाटनका क्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लोहनीले पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो ।जिल्ला प्रहरी कार्यालय मुस्ताङ,घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी लोमान्थाङका भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय,आवास तथा भौतिक परियोजना महाशाखाबाट योजना तर्जुमा भई जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण ब्यवसायीसंग ठेक्का सम्झौता गरी निर्माण भएको प्रहरी नायब उपरीक्षक ईन्जिनीयर केविनजङ्ग थापाले जानकारी दिनुभयो । मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसंगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा एकाई मध्ये दुई वटा एकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गर्नुभयो । उहाँले उत्तरी चिनसंग सिमाना जोडिएको लोमान्थाङ सिमा प्रहरी चौकी, प्रहरी चौकी घाँसा लगायतका स्थानमा पहिले भएका ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचनाबाट कार्यसम्पादन गर्न कठिन तथा हिमपातको समयमा कार्यरत प्रहरी कर्मचारीहरु लाई समेत बसोबास गर्न असहज परिस्थिती बन्ने गरेकोमा नवनिर्मित भवनहरुले सहजता प्रदान गर्ने बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहतमा भएका १६ वटा प्रहरी एकाईहरु मध्ये १४ वटा प्रहरी एकाईहरुले अझै पनि पुराना जिर्ण अवस्थाका भवनहरुबाट नै कार्यसम्पादन गर्दै आईरहेका छन् ।
मंसिर ५, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.३ भोङ्क्र फाँट स्थित भित्री सडक खण्डमा बाग्मति प्रदेश०३-१ज००८७ नं को जिपलाई लु. ३ त ७२३७ नं.को ट्याक्टरले ठक्कर दिँदा जिपमा सवार जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा.१ ढाँटबेशी बस्ने वर्ष २४ कि संगिता डिसुवामगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुवै सवारी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ५, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.९ गंगोली खोलामा जिल्ला कपिलबस्तु बाणगंगा न.पा.९ भलवाडी बस्ने बर्ष ५० को कमल बहादुर रायमाझीको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ४, जिल्ला तनहुँ घिरिङ गा.पा.१ पुट्टार बस्ने वर्ष ६० को पदम बहादुर कुमाल आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर ३, जिल्ला कास्की पोखरा म.न.पा.१ जौवारी स्थित ग २० प ६६९० नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ. २५ हेम्जा बस्ने वर्ष १९ कि प्रज्ञा सापकोटा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
मंसिर २, जिल्ला लमजुङ मध्यनेपाल न.पा.१० स्वाँरा स्थित भित्री सडकखण्डमा ज. १ त ९५४८ नं.को ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक ऐ.ऐ. ६ बस्ने अं.वर्ष २२ को किसान गुरुङ घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
मंसिर १, जिल्ला स्याङ्जा पुतलिबजार न.पा.१० राङखोला स्थित भित्री सडक खण्डमा ऐ.ऐ.बस्ने वर्ष १० को स्पनधन राना मगरलाई ग १३ प २६७० नं.को मो.सा.ले ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला गोरखा शहिदलखन गा.पा.३ यादिचोक फिनाम्दी स्थित प्रदेश नं.३ -०३-००१ प १५६२ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मो.सा. चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१ चौकीटोल बस्ने वर्ष ४९ को देव कृष्ण महर्जन घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मंसिर १, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा बास्कोटचोक स्थित पोखरा-बागलुङ सडकखण्डमा ग २ च ४१९९ नं. को जिपले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ६५ को तारपती अधिकारीलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला स्याङ्जा पुतलिबजार न.पा.३ बस्ने वर्ष ६४ को केदार शर्मा ऐ.ऐ. ३ गुडिखोला स्थित गोरेटो बाटोमा हिड्ने क्रममा लडि घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप आवश्यक अनुसन्धान भईरहेको ।
मंसिर १, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.३ ढोकानचोक स्थित ना २३ प १९८० नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष २७ कि ज्ञानु लम्साललाई ठक्कर दिंदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।