प्रहरी कार्यालय
देवचुली न.पा.२ पुनर्वास बस्ने वर्ष ४२ कि सुमित्रा बि.क.ले आफ्नो घर पछाडी रहेको अम्बाको रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा निजको छोरा मिलन बि.क.ले देखी पासो खोली उपचारको लागि देवचुली अस्पताल दलदले ल्याएकोमा डा.ले मृत घोषणा गरेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
बिनयी त्रिबेणी गा.पा.७ व्यारेजपुल नजिक खेतमा नामथर वतन नखुलेको अं.३५ वर्षको पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
हुप्सेकोट गा.पा.४ झ्यालबास स्थित खेतमा पानी लगाउने क्रममा ऐ.ऐ.३ बस्ने वर्ष अं.६५ को कोश बहादुर मल्ल बिजुलीको पोलमा रहेको तारमा अचानक छुन जाँदा करेन्ट लागि निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.७ खरैया स्थित घ. १ प ३७८० नं.को स्कुटरले ऐ.ऐ. बस्ने बर्ष ७८ कि उमा देबी पुरीलाई ठक्कर दिदाँ घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.१० भैसाखोरी बस्ने बर्ष २८ कि नानूमाया श्रेष्ठले आफ्नै घरको सिलिङमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा न.पा.८ वराहा स्थित गोरखा आरुघाट सडक खण्डमा प्रदेश ३-०१-०२२ च ७८५८ नं.को बलेरो जिप र ना. २४ प ६५८६ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला गोरखा शहिदलखन गा.पा.७ मकैपुर बस्ने वर्ष २४ को प्रदिप श्रेष्ठ घाइते भई CMC अस्पताल चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बागलुङ न.पा.१२ उपल्लो सारङी बस्ने वर्ष अं.३६ कि राधा कुमारी शर्मा घर नजिकै रहेको धन्सारको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१० पिपलडाली चोक स्थित हाल नाम थर वतन नखुलेको वर्ष अं.४५ को पुरुष ब्यक्ति मृत अबस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१७ विरौटा स्थित नमस्ते हस्पिटल अगाडी ग. १९ प १८३१ नं.को मो.सा. र ग. १४ प ५०८ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा ५०८ नं.को मो.सा. चालक ऐ.२१ निर्मलपोखरी बस्ने वर्ष २३ को बिवेक अधिकारी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । दुवै मो.सा. र ग. १९ प १८३१ नं.को मो.सा. चालक प्रहरीको नियन्त्रणमा ।
जेष्ठ २५, जिल्ला लमजुङ मर्स्याङ्दी गा.पा.६ बाहुनडाँडा बस्ने वर्ष २२ को दिवेश घिमिरे घर नजिकै रहेको मौवाको रुखमा डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ८ नयाँबजार दमकल मार्ग स्थित टेक बहादुर थापा मगरको घरमा डेरा गरी बस्ने जिल्ला कास्की पोखरा महानगरपालिका ११ फुलबारी घर भएको बर्ष अन्दाजी ४५ को तिकल नेपाली डेरा गरी बस्ने घरको ट्वाईलेटमा लडि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिई गएको, आफन्तसँग समन्वय गर्दै, अनुसन्धान कार्य भईरहेको ।
नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका २ नारायणी नदी पुल छेउमा खटिएको प्रहरीको चेकिङ टोलीले पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ४४८२ नं को बसलाई चेक जाँच गर्ने क्रममा सोही बसमा सवार जिल्ला चितवन माडी नगरपालिका २ बस्ने वर्ष ४२ को बाबुराम आचार्यलाई चेकजाँच गर्दा निजले लुकाई छिपाई ल्याएको ५० ट्याब्लेट नाइट्रोभेट फेलापारी नियन्त्रणमा लिइएको र निजलाई भेट्न आएको ऐ.बस्ने वर्ष २३ को रिकेश महतो समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा नौडाँडाबाट पोखरा तर्फ आउदै गरेको ग१०प ७६६६ नं.को मो.सा.(तिब्र गतिमा) अनियन्त्रित भई सडकको बिचको डिभाईडरमा ठोकिन गई दुर्घटना हुँदा निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मणिपाल अस्पताल पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गई मो.सा. नियन्त्रणमा रहेको ।निम्न:-१. जिल्ला कास्की पोखरा २५ हेम्जा बस्ने वर्ष अन्दाजी ३५ को दिलिप कुँवर,अवस्था सिरीयस, उपचारमा आफन्त चिरिन्जिबि पौडेल (९८४६०४२४२४) रहेको ।२.ऐ.बस्ने वर्ष अन्दाजी २७ को अक्षय राज कुँवर, अवस्था सिरीयस रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।
कास्की, पोखरा महानगरपालिका २७ अर्घौचोक स्थितमा पोखराबाट तनहुँ तर्फ जाँदै गरेको ना७ख ४९७६ नं.को बसले पैदल यात्री जिल्ला तनहुँ घिरिङ गाउँपालिका १ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका २७ अर्घौचोक बस्ने वर्ष ६५ को राजी भन्ने ईमराज लामिछानेलाई ठक्कर दिँदा सिरीयस घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व), मिति २०७९।०२।२२ गते वर्षा संगै आएको चट्याङमा परी जिल्ला नवलपरासी मध्यबिन्दु नगरपालिका ६ भण्डारा बस्ने वर्ष ६० को डिल्लिराम थारु आफ्नो घर नजिकको बारीबाट घर फर्कने क्रममा घाइते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ल्याएकोमा उपचारको क्रममा डाक्टरद्वारा मृत घोषणा गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको ।
जिल्ला नवलपरासी (पूर्व) देवचुली नगरपालिका १७ पूर्व टोला स्थित बिष्णु आचार्यको घरमा डेरा गरी बस्ने जिल्ला सल्यान स्थायी वतन भएको बर्ष २३ को बिकाश सुनारले आफु सुत्ने कोठाको सिलिङ पंखामा श्रीमतिको सलको पासो लगाई झुण्डि रहेको अवस्थामा निजको श्रीमतीले देखि पासो काटी उपचारको लागी सरकारी अस्पताल भरतपुर ल्याएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव ऐ.अस्पतालको शवगृहमा राखिएको, उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ३० P.U. चोक स्थितमा लागूऔषध कारोबार हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको सिविल टोलीले ग१७प ५७७१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुको साथमा नुर्फिन-२८ एम्पुल, डाईजापाम-२८ एम्पुल, फेनरागन-२८ एम्पुल गरी जम्मा ८४ एम्पुल लागूऔषध, स्क्रिन टच मोबाईल थान २ र ग१७प ५७७१ नं. को डियो स्कुटर थान १ सहित निजहरुलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।नियन्त्रणमा रहेका मानिसहरुः-१.जिल्ला कास्की पोखरा महानगरपालिका ३० P.U.चोक बस्ने वर्ष ३२ को बिष्णु पुन ।२.जिल्ला पर्सा बिरगंज महानगरपालिका २० हरपटगंज बस्ने वर्ष ३२ को तिर्थनारायण साह ।
स्याङ्जा, हरिनाथ गाउँपालिका ४ साउनेपानी बस्ने वर्ष ५१ को भुवानी जैसी मिति २०७९।०२।१९ गते बेलुका देखी हराई रहेकोमा खोज तलास गर्दै जाँदा निजको घरदेखी अन्दाजी १ कि.मि.पश्चिममा रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको भनि मिति २०७९।०२।२० खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
म्याग्दी, बेनी नगरपालिका २ आन्नद बगर स्थित बेनीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ७३९३ नं.को जिप र बागलुङबाट बेनीतर्फ आउँदै गरेको ध२प २९७६ नं.मो.सा.एक-आपसमा ठोक्किँदा मो.सा.चालक जिल्ला म्याग्दी बेनी नगरपालिका ६ अर्थुङ्गे बस्ने वर्ष ४१ को प्रकाश शर्मा र मो.सा.पछाडी सवार निजकै श्रीमती वर्ष ३६ की गंगा शर्मा घाईते भई, अवस्था मध्यम, दुवै घाईतेको बेनी अस्पताल म्याग्दीमा उपचार भईरेहेको, दुवै सवारी साधन र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको ।
बागलुङ, बडिगाड गाउँपालिका ३ हाडीखोलामा प्रहरीको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा राजश्व नतिरेको, बिल नभएको निम्न ईलेक्ट्रोनिक सामानहरु लिई हिडिरहेको अवस्थामा निम्न मानिसहरु नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । निम्न :-१. जिल्ला स्याङजा वालिङ न.पा. १३ बस्ने वर्ष ३८ को जिबलाल गैह्रै२. जिल्ला सर्लाही धनकौला गा.पा. ३ बस्ने चुनचुन मिश्रनिम्न सामानहरु :-१. विभिन्न कम्पनिको मोबाईल सेट – ५३ थान२. एयरफोन - ९५ थान३. मोबाईलको ब्याक कभर ३ थान४.विभिन्न कम्पनिको चार्जर ९१ पिस५. पवार बैङक १ थान६. डाटाकेबल १३२ पिस७. डाटाकेबल oppo usb cable 120 cm को 6 प्याकेट ।
तनहुँ, बन्दिपुर गाउँपालिका १ डुम्रे बजार स्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौ तर्फ जादै गरेको ग २च३६७० नं.को बलेरो कार र विपरित दिशाबाट आउँदै गरेको ग९प२४९९ नं.को मो.सा. एक-आपसमा ठक्कर खादा मो.सा.चालक जिल्ला धादिङ गंगाजमुना गाउँपालिका २ बस्ने बर्ष ४२ को याङजोङ तामाङ घाईते भई उपचारको लागि स्थानिय मेडिकल लक्ष्मी सिटी अस्पताल डुम्रेमा पठाईएको अवस्था मध्यम, सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा अस्पताल कास्की पोखरा रिफर गरिएको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको, दुबै सवारी साधन र कार चालक प्रहरीको नियन्त्रणमा रहेको ।
विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना४च ७६६१ नं.को बलेरो पिकअप जिप चेकजाँच गर्दा ३० बोरा युरिया मल र ५ बोरा पोटास (प्रति बोरा युरिया ५० के.जि. र पोटास २५ के.जि.को) बिना बिल भरपाई राजश्व छलि ल्याएको अवस्थामा फेला पारी उक्त युरिया मल र पोटास नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कास्की, सादा पोशाकको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ११ रानीपौवा स्थितबाट निम्न ब्यक्तिहरुको साथबाट लागूऔषध डाईजेपाम ९० एम्पुल, फेनारगन ९० एम्पुल र नुर्फिन ९० एम्पुल गरी जम्मा २७० एम्पुल लागूऔषध सहित निजहरूलाई पक्राउ गरी प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्न:-१.जिल्ला पर्वत कुश्म नगरपालिका ९ आर्थर डाँडाखर्क घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २० को सौगात क्षेत्री ।२.जिल्ला कास्की पोखरा म.न.पा.११ रानीपौवा बस्ने वर्ष १७ को सोनु शाक्य ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका -४ बेनिटार स्थित पृथ्वि राजमार्गमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ६०१९ नं.को बसमा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका -१ बस्ने वर्ष २४ को बिशाल सुनार र ऐ.९ बस्ने वर्ष २४ को आकाश तामाङले बोकेको झोला शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको जेब्रा झोलामा ७ किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरी लागूऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका -१ स्थित रानीपौवामा रहेको श्रीमुक्तिनाथ होटलमा भारतको तमिलनाडु बस्ने बर्ष ७४ को न्यारता सारदी बास बसेकोमा बिरामी भई मिति २०७९।०२।१७ गते उपचारको लागी जिल्ला अस्पताल जोमसोम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, अस्पतालको चिकित्सकबाट पुष्टि भएको, शव अस्पतालमा नै रहेको, निजसंगै आएको-१७ जनाको टोली अस्पतालमा रहेको ।
कास्की, पोखरा महानरपालिका-७ स्थित पोखरा बिमानस्थलको एयर साईड भित्र नेपाल आयल निगम पोखरा बिमानस्थल डिपोद्वारा संचालित हवाई ईन्धन बोकेको ट्याङ्कर आफै अनियन्त्रित भई पल्टिदा सोही ट्याङ्करमा सवार टेक्निसियन जिल्ला जुम्ला कोठीचौर गाउँपालिका -४ बस्ने बर्ष २३ को गोपाल प्रसाद पाण्डे घाईते भई उपचारको लागि फेवासिटी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको, ईन्धन क्षति भएको, क्रेनद्वारा ट्याङ्कर उठाई बिमानस्थल सुचारु भएको ।
बागलुङ, ईलाका प्रहरी कार्यालय ताराखोला बागलुङबाट खटि गएको प्रहरी टोलीले जिल्ला बागलुङ ताराखोला गाउँपालिका खोठे बजार बस्ने वर्ष ५० को गिर बहादुर पुनको घरमा लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी २ किलो गाँजा, गाँजा बनाउने २ थान मेसिन सहित निजलाई नियन्त्रणमा लिएको, उक्त मेसिन कहाँबाट लिएको भन्ने नखुलेको, थप अनुसन्धान कार्य भईरहेको ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगल स्थित राजमार्गमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटी गएको प्रहरीको RSCC चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा निम्न सवारी साधनहरुमा निम्न परिमाणमा बिना बिल भरपाईको युरिया मल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्नः-१.ना ७ ख ७६४८ नं.को बसमा-१२ बोरा ।२.ना ५ ख ३०७४ नं.को बसमा-१३ बोरा । ३.लु १ ख ९८०८ नं.को बसमा-१० बोरा ।
स्याङ्जा, वालिङ नगरपालिका-१० डुम्रीकोट स्थित सिद्वार्थ राजमार्गमा डुम्रीकोटबाट वालिङमोड तर्फ जादै गरेको ग ७ प १५९९ नं.को मोटरसाईकललाई ऐ. दिशाबाट जादैँ गरेको नखुलेको रातो कालो कलरको १५० सि.सि.को पल्सर मोटरसाईकलले ठक्कर दिदा ग ७ प १५९९ नं.को मोटरसाईकल चालक जिल्ला बारा घर भई हाल बालिङ नगरपालिका-१० मा मिस्त्री काम गर्ने वर्ष २० को राजु मुखिया घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको, अवस्था मध्यम, ठक्कर दिने मोटरसाईकल चालक फरार खोजतलास कार्य भईरहेको मोटरसाईकल प्रहरीको नियनत्रणमा रहेको ।
तनहुँ, बन्दिपुर गाउँपालिका-४ नयाँपुल स्थित पृथ्वी राजमार्गमा आबुखैरेनीबाट आउँदै गरेको ग ८ प ८३२९ नं.को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ग ३ च २६०५ नं.को कार एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा गोरखा नगरपालिका- ८ बस्ने वर्ष ४१ को सानु काजी कुँवर घाईते भएको हुँदा उपचारको लागी लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचार भईरहेको, अवस्था मध्य, कार, कार चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको ।
म्याग्दी मंगला गाउँपालिका ५ अर्मन चाङ्गा स्थितमा अन्दाजी ५ रोपनी जग्गामा अफिम खेती लगाएको सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा पुगी अबैध रुपमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको अफिम खेती नष्ट गरेको ।
कास्की, पोखरा महानगरपालिका ६ नारेश्वर स्थित लु ८६ प ९६५ नं.को स्कुटर र ग १० प १०९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको।निम्न:-१.स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ घर भई हाल ऐ.६ लेकसाईड बस्ने वर्ष २८ को विवेक तामाङ, अवस्था सिरियस ।२.मो.सा. चालक जिल्ला कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने वर्ष १७ को अबिशेक परियार, अवस्था सिरियस ।
कास्की, पोखरा महानगरपालिका-३० ताबाको मुखमा घर भई हाल ऐ.ढुङ्गेपाटन खुदी स्थित शम्भु सापकोटाको घरमा डेरा गरी बस्ने वर्ष ४० को रामचन्द्र बि.क. आँफु सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त पश्चात उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा खटिएको RSCC चेकिङ टोलीले चोरमाराबाट कावासोती तर्फ आउदै गरेको लु २ ख २१३४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा महानगरपालिका १६ बस्ने वर्ष २७ को दिनेश बि.क.ले बोकेको खैरो कलरको झोलामा लुकाई छुपाई राखेको अवस्थामा नुर्फिन-७८ एम्पुल, डाइजापाम-७८ एम्पुल, फेनारागन-७८ एम्पुल गरी जम्मा-२३४ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ्ग टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ग१ख९६५९ नं.को बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला पर्वत कुश्मा नगरपालिका मिलनचोक बस्ने बर्ष १८ को दिप्सन सारू मगरलाई शंका लागी चेकजाँच गर्दा निजले पछाडी बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको फेनारगन-२५ एम्पुल, नुरफिन-२५ एम्पुल, डाईजेपाम-२५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
बागलुङ, निसीखोला गाउँपालिका-३ काभ्रे स्थित देविस्थानबाट निसिखोला जादै गरेको ग १९ प ६९५४ नं.को स्कुटर र विपरीत दिशा बाट आउदै गरेको ध.२ प.६२२ नं.को मोटरसाईकल एकआपसमा ठक्कर खान जादाँ स्कुटर पछाडी सवार जिल्ला बागलुङ निसिखोला गाउँपालिका-१ बस्ने वर्ष २५ को चन्द्र घर्ति मगर घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङ ल्याएको, अवस्था मध्यम, दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कास्की, खटि गएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई निम्न लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. पोखरा-२६ बहिरा स्कुल नजिकबाट पोखरा-१० रामबजार बस्ने बर्ष २७ को किशोर परियार,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल सहित निजले प्रयोग गर्ने ग१६प२२२६ नं.को स्कुटर, १ थान सामसुङ मोवाईल ।२. पोखरा-३१ लामास्वारबाट ऐ.बस्ने बर्ष ३० को बिक्की गुरुङ,निजको साथबाट फेनरागन-१५ एम्पुल, डाईजेपाम-१५ एम्पुल, नुर्फिन-१५ एम्पुल जम्मा-४५ एम्पुल र नाईट्रोभेट-१२ चक्की, १ थान रेडमी मोवाईल ।
नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।निम्न मानिस हरु:-१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जीनिम्न लागु औषधहरु:-१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल