प्रहरी कार्यालय
गल्याङ न.पा.३ सिद्वार्थ राजमार्गमा लु. ९ प २५८५ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने वर्ष ६२ को दुर्गा ढकाललाई ठक्कर दिँदा घाईते भई लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.१३ पोखरी भञ्जाङ स्थित कटन टोल बस्ने वर्ष ७४ को भिम बहादुर आले आफ्नै घरको बार्तलीको काठमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गलकोट न.पा.३ हटिया स्थित लु. ४१ प ८१ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ गलकोट न.पा.३ हटिया बस्ने बर्ष ८ को अमृत भण्डारीलाई ठक्कर दिँदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १९ बेशी चोक स्थित बा. ३ च ७४५३ नं. को बोलेरो जिपले साईकल यात्री ऐ.ऐ.बस्ने वर्ष १३ को सफल सुनारलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.३ पुरानो कावासोती स्थित पूर्वपश्चिम राजमार्गमा बा. १८ च ४१९१ नं. को कार र ना. ४५ प ३८६८ नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.न.प.(पूर्व) कावासोती न.पा १४ बस्ने वर्ष २४ को सुजन श्रेष्ठ घाईते भई सेन्ट्रल अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बेसिशहर न.पा.८ ठुलोपधेँरा बस्ने वर्ष १८ कि मनिका घले आफु सुत्ने कोठामा रहेको पंङ्खामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यबिन्दु न.पा.१० भुपुचोक स्थित भित्री सडक खण्डमा लु. ४७ प ३८८९ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बेलहानी बस्ने वर्ष १२ को अर्जुन कुमाललाई ठक्कर दिँदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
आँधिखोला गा.पा.४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१ ट्याक्सीचोक बस्ने वर्ष २३ कि शान्ती शर्मा आफू सुत्ने कोठाको पङ्खाको हुकमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला उदयपुर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १४ ईन्द्र मार्ग बस्ने वर्ष १७ कि सानी बि.क. आफु सुत्ने कोठाको पंखाको हुकमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखैरेनी गा.पा.३ गाउँपालिका चोक स्थित पृथ्वी राजमार्गमा ग. २० प ३६३९ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ.३ बस्ने वर्ष ४ को दिवन रानालाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा. र चालक प्रहरीको नियन्त्रणमा ।
रघुगंगा गा.पा.२ साझपानी बस्ने वर्ष ६३ को पदम बहादुर भण्डारी आफ्नो घर नजिकै रहेको सल्लाको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
चापाकोट न.पा.८ मिटुवा खोला स्थित चापाकोट दामाचौर सडक खण्डमा न.नखुलेको ट्याक्टरले पैदल यात्री ऐ.१० बस्ने वर्ष ४५ को लोक बहादुर कुँवरलाई ठक्कर दिँदा गम्भीर घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । फरार ट्याक्टर र चालकको खोजतलास भईरहेको ।
पोखरा म.न.पा.-२९ भण्डारढिक स्थित ग. १५ प ८१६२ नं. को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ७२ कि छुच्चु गुरुङलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा । चालक घाईतेको उपचारमा संलग्न रहेको ।
मध्यबिन्दु न.पा. ७ अमृसा स्थित भित्री सडक खण्डमा लु. २० प. ३८३५ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ४० कि श्याम कुमारी थापालाई ठक्कर दिँदा घाइते भएको । सो दुर्घटनामा मो.सा.चालक जिल्ला न.प.(पुर्व) मध्यबिन्दु न.पा.१५ ढोकाडी बस्ने वर्ष २७ को राम कार्की पनि गम्भीर घाईते भई घाइते दुबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
कावासोती न.पा.८ थकाली चोक स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ५ ख ७५५२ नं.को ट्रकले गण्डकी प्र.-०४-०१ प १५६७ नं.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) बिनयीत्रिबेणी गा.पा.३ सर्दी बस्ने वर्ष ४३ को बिर बहादुर थारु घाईते भई एलाइभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
देवचुली न.पा.१६ स्थित ग. १४ .प ६५०८ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला तनहुँ भानु न.पा.२ बस्ने वर्ष ३१ को ईन्द्र बहादुर बाँचे मगरको साथबाट नुफिन ३३ एम्पुल, प्रोमेथाजाईन ३२ एम्पुल र डाईजोपाम ३३ एम्पुल गरी जम्मा ९८ एम्पुल लागू औषध बरामद भएको । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१ स्थित केआईसिंह पुलबाट महेन्द्र पुल तर्फ जाँदै गरेको ग.१६ प ८३६१ नं.को स्कुटरलाई प्रदेश नं.३-०२-०३७ प ४०२४ नं. को स्कुटरले पछाडीबाट ठक्कर दिँदा ८३६१ नं. को स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.१३ काहुँखोला बस्ने वर्ष ३२ को किरण रानाभाट घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको र ४०२४ नं. को स्कुटरमा सवार जि.कास्की पोखरा म.न.पा. ११ फुलबारी बस्ने वर्ष ३४ कि सुनिता भण्डारी घाईते भई सेवा अस्पताल पोखरामा उपचार भईरहेको । दुबै स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
विनयीत्रिवेणी गा.पा.२ डाँडाजोर बस्ने वर्ष ५८ को कृष्ण बस्याल आफ्नै घर नजिकै रहेको बडरको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
घरपझोङ गा.पा. १ सामाग्री स्थित बेनी-जोमसोम सडक खण्डमा ग. १ त २०११ नं. को ट्याक्टरले ग. १८ प ८२६६ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ऐ.ऐ. बस्ने बर्ष ४६ को मंगल बि.क.घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
साउन-२२, पोखरा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनु भएको छ । कहिलेकाहीँ अपराध अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच एकापसमा अविश्वास उत्पन्न भएको विषय सार्वजनिक हुने गरेको उहाँले बताउनुभयो । ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास आवश्यक छ,’ गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आइतबार पोखरामा उहाँले भन्नुभयो । ‘यस्तो अवस्थामा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’ एकले अर्कोलाई आरोप लगाउने, अपराध अनुसन्धान राम्रो नभएको, सही अभियोजन नभएको र कहिलेकाहीँ न्यायालयबारे विभिन्न टिप्पणी हुने गरेको भन्दै उनले यो तीनवटै निकायका लागि राम्रो नभएकाले यसको निराकरणका लागि विश्वास, समन्वय र सहयोग आवश्यक रहेकोमा जोडदिनुभयो । नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने भन्नेमा विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सके उच्च मनोबलका साथ अघि बढ्ने उहाँको भनाई थियो । सिंहले मंसिरमा हुन लागेको संघीय सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुलाई निर्देशन गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आयोजना गरेको अपराध अनुसन्धान गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पुर्ण मुद्दा चल्ने प्रहरी कार्यालय बीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले पछिल्लो समय अपराधका स्वरुप फरकफरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले राजनीति र भनसुनको प्रभावलाई कम गर्नसके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । अपराधका प्रकृति र प्रवृत्ति फरकफरक हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । साइबर क्राइम पनि बढ्दो भएकाले अब प्रहरीलाई प्रविधियुक्त हिसाबले अपराधको अनुसन्धान गर्न सक्षम बनाउन आवश्यक रहेको समेत उल्लेख गर्नुभयो । नेपाल प्रहरीको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले अपराध अनुसन्धान जटिल हुँदै गएको अवस्थामा यसको समीक्षा र अनुसन्धानलाई कसरी सशक्त बनाउने विषयमा गोष्ठीमा छलफल हुनुपर्ने बताउनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी रामदत्त जोशीले फौजदारी न्याय प्रणालीका तीन खम्बा सुदृढ भएमात्रै अपराध अनुसन्धानको सार्थकता हुने भन्दै प्रहरीलाई दबाव, प्रभाव र अभावमुक्त बनाउनु पर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अध्यारोमा बत्तीको महत्त्व भएजस्तै नेपाल प्रहरी पनि जनताका लागि बत्ती भएकाले सोही अनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो कार्यलयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरीएका नविन प्रयोगहरुको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
वालिङ न.पा.६ मिर्दी स्थित सिद्धार्थ राजमार्गमा ग. ३ प ६९७७ नं.को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बस्ने बर्ष २८ कि निरु थापालाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले नेपाल प्रहरी र नागरिकको संयुक्त सहभागितामा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानी पोखराले बिभिन्न सरोकारवाला निकायहरुसंग सहकार्य गर्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पोखरा-१३ स्थित तारापुञ्ज आवासिय विद्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्नु भएको छ ।अस्पताल तथा औषधीको असहज पहुँचलाई मध्यनजर गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीले कास्की मोडेल हस्पिटल, गण्डकी प्रदेश स्वास्थ्य आपुर्ती महाशाखा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंगको सहकार्यमा उक्त नि-शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक जोशीले नेपाल प्रहरी नागरिक संगको सहकार्यका सधै तयार रहेको बताउदै गण्डकी प्रदेशलाई लागुऔषध तथा अन्य विकृति मुक्त प्रदेश बनाउन सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्रहरुले प्रहरीलाई सहयोग गर्ने अपेक्षा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमूख प्रहरी उपरीक्षक अजय के.सी, पोखरा महानगरपालिका-१३ का वडाअध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला तनहुँ व्यास नगरपालिका ५ चापाघाट स्थित पृथ्वी राजमार्गमा थर्पुबाट दमौली तर्फ आउदै गरेको ग२०प ३८० नं.को मो.सा.आफै अनियन्त्रित भई सडकमा पल्टिदा मो.सा.चालक जिल्ला तनहुँ व्यास नगरपालिका ३ शान्तिनगर बस्ने वर्ष ५० को गणेश क्षेत्री घाईते भई उपचारका लागि जिल्ला अस्पताल दमौली पठाईएको, अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
पोखरा म.न.पा. ८ सभागृह चोक स्थित ग. १ ख ३८२५ नं.को बसले पैदल यात्री जि.म्याग्दी अन्नपुर्ण गा.पा.५ शिखा घर भई हाल पोखरा ६ लेकसाईड बस्ने वर्ष अं.७५ कि सुनमाया तिलिजा पुनलाई ठक्कर दिदाँ गम्भीर घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा न.प.५ सतिपिपल बस्ने वर्ष ५२ को सिङ बहादुर गुरुङ आफ्नै घरको फलामको रडमा केवल तारको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
देवघाट गा.पा.५ क्युदी स्थित देवपुर दासढुंगा सडक खण्डमा ग. १ क ३०३४ नं.को बसले पैदल यात्री ऐ.ऐ. पिपलटार बस्ने वर्ष ११ को रिमेश तामाङलाई ठक्कर दिँदा गम्भीर घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यविन्दु न.पा.१० पुलचोक स्थित पुर्व-पश्चिम राजमार्गमा बा.प्र.०३-००१ ख १७०१ नं.को ट्रकले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष अं.६० को मान बहादुर दमाईलाई ठक्कर दिँदा गम्भीर घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा ननलपरासी (पूर्व) मा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा ३ गिरिङदिखोला बस्ने वर्ष १९ कि बिसाखा क्षेत्री आफ्नै घरको पंखामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि आवश्यक अनुसन्धान भईरहेको ।
बागलुङ न.पा.१ स्थित ग. २ ख ९३९ नं.को टिप्पर अचानक दुर्घटना हुँदा टिप्पर चालक जिल्ला पर्वत जल्जला गा.पा.८ बस्ने वर्ष २५ को अनिल नेपाली घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको ।
गल्कोट न.पा.१ झाँक्रीस्थान स्थित मध्यपहाडी लोकमार्गमा ग. ३ च ५१६७ नं.को बलेरो जिप सडकबाट अं.१० मिटर तल खसि दुर्घटना हुँदा जिप चालक जि.पर्वत कुश्मा न.पा.२ खुर्कोट बस्ने वर्ष ३० को नारायण गिरी र सह-चालक ऐ.ऐ.बस्ने वर्ष ३५ को मान बहादुर सुनाम घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।
गोरखा न.पा.११ चौधकिलो स्थित बाग्मती प्रदेश ०२-०१५प २६७९ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.गोरखा गोरखा न.पा.९ लक्ष्मीबजार बस्ने वर्ष १८ को अनुपमान सिंह बस्नेत र मो.सा.पछाडी सवार ऐ.ऐ. ७ ठुलो आँगान बस्ने वर्ष १७ कि पुष्पा थापा मगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
देवचुली न.पा.२ दुम्कौलीचोक बस्ने वर्ष अं.१८ कि स्नेहा सुवेदी आफ्नै घरको पंखाको सिलिङमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखैरेनी गा.पा.२ मार्कीचोक स्थित पृथ्वी राजमार्गमा ग. ३ च १३९४ नं.को कार र ग २१ प ८६३६ नं.को स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक ऐ.ऐ.१ बस्ने वर्ष २५ को मिलन गुरुङ र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष २२ को सुजन गुरुङ घाइते भई हाडजोर्नी अस्पताल आँबुखैरेनी तनहुँमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.८ स्थित ग. ४ प ३१४१ नं.को मो.सा.ले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.१० माछापुच्छ्रे टोल बस्ने वर्ष ४२ को डा.दिनेश कुमार वि.क.लाई ठक्कर दिदाँ घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिरकोट न.पा.१ हेलु स्थित सिद्धार्थ राजमार्गमा लु १ ख ६१६३ नं.को बसले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६९ को हरी वहादुर खाँणलाई ठक्कर दिँदा घाईते भई मोडल अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनसन्धान भईरहेको ।
मध्य नेपाल न.पा. ४ न्यौपानेवेसी स्थित प्रदेश ३ -०३-००१ ह.७०५ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक जिल्ला कास्की रुपा गा.पा.३ बस्ने बर्ष ३० को उमेश माल घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । अटो प्रहरीको नियन्त्रणमा रहेको ।
ब्यास न.पा.१ तालघरे स्थित पृथ्वी राजमार्गमा ग. २० प ११२३ न.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.गोरखा पालुङटार न.पा.६ बस्ने बर्ष अ.३५ को बिशाल सुनार घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ बेलहानी स्थित भित्री सडक खण्डमा हुप्सेकोटबाट कावासोती तर्फ आँउदै गरेको ग.प्र.-०४-००१ ह ०१५४ नं. को अटो आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा अटोमा सवार चालक सहित ३ जना मानिसहरु घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएको, अटो प्रहरीको नियन्त्रणमा रहेको ।निम्न:-१.जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ गिरुबारी बस्ने वर्ष अन्दाजी ३३ को ओम बहादुर वि.क. अवस्था मध्यम । (अटो चालक)२.ऐ.बस्ने वर्ष अन्दाजी ६२ की दिलमायाँ तिमल्सेना, अवस्था मध्यम । ३. ऐ.बस्ने वर्ष अन्दाजी ६१ की सनमती कुमा, अवस्था मध्यम ।
साउन-०९, पोखरा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय लमजुङमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिमैत्री र प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।
म्याग्दी अन्नपुर्ण गाउँपालिका ५ शिख किन्दु बस्ने वर्ष अन्दाजी ३० को रेशम बहादुर पुर्जा आफ्नै घरको माथिल्लो तलाको बलोमा झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुना साथ तत्काल घटना स्थल प्रहरी टोलि खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
तनहुँ व्यास नगरपालिका १ तालघरे स्थित पृथ्वीराजमार्गमा दमौलीबाट घाँसीकुवा तर्फ जाँदै गरेको ग४प २८२७ नं.को मो.सा.ले बाटो क्रस गर्ने क्रममा ऐ.बस्ने सुक माया गुरुङको छोरा वर्ष ६ को युवान गुरुङलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि रत्नहरि अस्पताल दमौली ल्याइयकोमा सामान्य उपचार पश्चात मेट्रोसिटि अस्पताल रिफर गरिएको, अवस्था सामान्य, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकै पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम(काठमाण्डौबाट सुर्खेत) तर्फ आउदैँ गरेको कर्णाली प्रदेश-०२-००१ ख ०५०० नं.को यात्रुवाहक बस अनियन्त्रित भई सडक छेउमा पल्टन गई दुर्घटना हुँदा मानविय क्षति नभएको, राजमार्ग अवरोध नभएको, बस चालक फरार रहेको, बसमा सवार अन्दाजी ४०/४२ जना यात्रु सवार रहेको, सबै सकुसल, यात्रुहरुलाई आ-आफ्नो गन्तव्य तर्फ पठाउन आवश्यक पहल भई रहेको, घटनास्थलमा प्रहरी टोली खटी गएको । थप प्रहरी टोली खटी गई बस समितिसँग समन्वय गरि यात्रुहरुलाई सम्बन्धित गन्तव्य तर्फ पठाईएको, बस घटनास्थलबाट निकाल्न आवश्यक पहल भईरहेको, बस चालकको खोज तलास कार्य भईरहेको ।
तमानखोला गाउँपालिका २ खोलेस्वाङ बस्ने वर्ष ३४ को चन्द्र बहादुर बि.क.को ढुँङ्गामाटोले बनेको टिनको छानो भएको घरमा आफ्नै चुलोको आगोबाट अचानक आगोलागि हुँदा घर पूर्ण रुपमा जलि नष्ट भएको, मानविय, चौपाय क्षति नभएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, अन्दाजी मुल्य रु. ८,००,०००/-(रु.आठ लाख ) बराबरको क्षति भएको, निजहरु हाल आफ्नै गोठमा बस्ने गरेको, निजको ५ जनाको परिवार संख्या रहेको।
पोखरा, साउन ०५गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ । निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका २ खरकट्टा जङ्गल स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व (डण्डाबाट नारायणगढ ) जाँदै गरेको ना ७ ख५५६३ नं.को बस आँफै अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिन गई दुर्घट्ना हुँदा उक्त बसमा सवार अन्दाजी ४० जना रहेकोमा निम्न मानिसहरु घाईते भई मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको, चालक फरार, सह-चालक प्रहरीको नियन्त्रणमा रहेको, बाटो अबरोध नभएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।निम्न घाईतेहरु१. जिल्ला चितवन बस्ने वर्ष ४१ की मन्दरा ढुङगाना, अवस्था मध्यम ।२. ऐ.बस्ने वर्ष २२ ज्योति ढुङगाना, अवस्था सामान्य ।३. ऐ.भरतपुर म.न.पा.२० बस्नेवबर्ष २० की सबिता कुमाल, अवस्था मध्यम ।४. जि.न.प.(पूर्व) देवचुलि न.पा. ५ बस्ने वर्ष अं ३१ की झरना पराजुली, अवस्था मध्यम ।५. ऐ.१७ बस्ने वर्ष ८० की प्रेम कुमारी पाण्डे, अवस्था मध्यम(दुम्कौली अस्पताल रजहरमा)उपचार भईरहेको ।६. ऐ.बस्ने वर्ष ४ को सोयोग भट्टराई, अवस्था सामान्य ।७. ऐ.गैडाकोट न.पा.१ बस्ने वर्ष २२ की अस्मिता रानाभाट, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३ की कभ्या भण्डारी (अस्मिता रानाभाटको छोरी), अवस्था मध्यम ।९. ऐ.कावासोती १६ बस्ने वर्ष ४० की मिरा के.सी छात्तीमा चोट अवस्था मध्यम ।१०.ऐ.८ बस्ने वर्ष ८२ को नारायणदत्त पौडेल, अवस्था मध्यम ।
जिल्ला कास्की पोखरा महानगरपालिका १७ विरौटा स्थितमा CRV विरौटाबाट खटिएको प्रहरी टोलीले ग १० प २२२४ नं.को स्कुटरलाई चेक जाँच गर्दा स्कुटरको डिकीमा लुकाई छिपाई राखेको अन्दाजी ६०० ग्राम लागूऔषध गाँजा सहित स्कुटर र निम्न मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. स्कुटर चालक जिल्ला स्याङजा पुलतीबजार नगरपालिका ४ बस्ने बर्ष २० को सन्दिप थापा ।२. पछाडी सवार ऐ.बस्ने बर्ष २० को किसल सुनार ।
जिल्ला तनहुँ ब्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट पोखरातर्फ आउदै गरेको ग २ ख ४४९ नं.को सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक र सह चालक घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली पठाईएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।निम्न घाइते१.ट्रक चालक जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ बस्ने बर्ष ५५ को बेन बहादुर सोमै, अबस्था सामान्य ।२. सह-चालक ऐ.बस्ने बर्ष २४ को पुरन बहादुर थापा, अवस्था सामान्य ।