प्रहरी कार्यालय
कार्तिक ३०, जिल्ला कास्की पोखरा म.न.पा.१० अम्मरसिंह चोक स्थित ग. २० प १२२० नं. को स्कुटरले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.८ सृजनाचोक बस्ने वर्ष ४५ कि मनु बि.क. लाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । उक्त दुर्घटनामा स्कुटर चालक जिल्ला बाँके नेपालगंज घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क बस्ने वर्ष १७ को सोयल मिंया समेत घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
कार्तिक २९, जिल्ला स्याङ्जा चापाकोट न.पा. ८ छिपछाप स्थित सडक खण्डमा लु ४६ प ४२०६ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मो.सा.चालक जिल्ला पाल्पा रामपुर न.पा.५ बेझाड बस्ने वर्ष २२ को सन्तोष खनाल घाईते भई मेडिकल कलेज रामपुर अस्पतालमा उपचार भईरहेको । मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २९, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ स्थित ग ११ प २८७९ नं. को स्कुटरले पैदल यात्री जिल्ला स्याङ्जा हरिनाश गा.पा.३ बस्ने वर्ष ५५ को भिम बहादुर गुरुङलाई ठक्कर दिंदा घाईते भई जीपी कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भईरहेको । स्कुटर चालक प्रहरीको नियन्त्रणमा रहको ।
कार्तिक २९, जिल्ला कास्की पोखरा म.न.पा.८ न्यूरोड स्थित ग ७ प १९३२ नं.को मो.सा. र ग १ ज ३३०४ नं.को ट्याक्सी एक आपसमा ठक्कर खादाँ मो.सा.मा सवार जिल्ला कास्की पोखरा म.न.पा. -१ बगर बस्ने वर्ष ३५ कि शर्मिला परियार घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २८, जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ बोक्सी खोला तर्फ प्रहरीको २ जनाको टोली गस्ति गर्दै जाने क्रममा मानापाथी हिमालकोको हिउ पग्लेर हिम पहिरो आई रहेको देख्नासाथ नजिक रहेको पाँच घरधुरीका मानिसहरुलाई सुरक्षित स्थानमा पठाईएको, खोलाको अबस्था सामान्य रहेको । उक्त टोली खोला बढ्न सक्ने आशंकाले त्यस स्थानमा नै रहेको । मानबिय क्षेति नभएको । साथै थासाङ २ न्याउरिकोट गाउँसम्म हिउ आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मुस्ताङबाट १० जनाको प्रहरी टोली खटि गएको ।भौतिक क्षति:-१. जिल्ला मुस्ताङ थासाङ गाउँपालिका २ न्याउरीकोट बस्ने बर्ष ५० कि रमला तुलाचनको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि घरको छाना उडाएको ।मानविय क्षति:-श्री जन आर्दश अम्मर सिंह मा.बि.मा भागदौड हुँदा भएको घाईतेहरु :-१. जिल्ला ललितपुर गोदावरी न.पा. ११ चापागाउ घर भई हाल सोहि विद्यालयको शिक्षिका बर्ष २८ की अनु देसाद, अबस्था सामान्य ।२. जिल्ला म्याग्दी घर भई हाल सोही बिद्यालयको कक्षा १० मा अध्ययनरत वर्ष १६ की अनुसा खत्री, अवस्था सामान्य ।३. ऐ.अन्नपुर्ण गा.पा ६ घर भइ हाल सोही बिद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १४ को संगम बडुवाल बाँया खुट्टामा भित्री चोट ।४. ऐ.मालिका गा.पा. ५ घर भई हाल सोही विद्यालयको कक्षा ११ मा अध्ययनरत बर्ष १७ की मिलन पुन, दाहिने खुट्टामा चोट अवस्था सामान्य ।५. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ सौरो घर भई ऐ. विद्यालयको कक्षा ९ मा अध्ययनरत वर्ष १५ की अमृता रोकामगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।६ . जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ४ तातोपानी घर भई हाल सोहि विद्यालयको कक्षा ८ मा अध्ययनरत वर्ष १४ की सुजिना के.सी. दाहिने खुट्टामा भित्री चोट अवस्था सामान्य ।७. जिल्ला पर्वत मोदी गा.पा. २ घर भई सोही विद्यालयको शिक्षक वर्ष २३ को बिरेन्द्र लामिछाने बाया खुट्टामा भित्री चोट ।८. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको वाल कक्षामा अध्ययनरत वर्ष ४ की अनुशा बि.क. दाहिने खुट्टामा चोट अवस्था सामन्य९. जिल्ला म्याग्दी बे.न.पा. ४ घर भई हाल सोही विद्यालयमा अध्ययनरत वर्ष १४ की स्नेहा किसान बाया खुट्टामा चोट अवस्था सामान्य ।१०. जिल्ला मुस्ताङ थासाङ गा.पा. २ कोवाङ घर भई हाल सोही विद्यालयको कर्मचारी वर्ष २८ की कोरिसा वि.क. बाया खुट्टामा भित्री चोट अवस्था सामान्य ।११. जिल्ला स्याङ्जा घर भई हाल सोही विद्यालयको शिक्षिका वर्ष २९ की शुसिला थापा मगर दाहिने खुट्टामा चोट अवस्था सामान्य ।माथि उल्लेखित घाईतेहरुको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको ।
कार्तिक २८, जिल्ला लमजुङ वेसिशहर नगरपालिका १ चिप्लेटी स्थितमा उदिपुरबाट बेसिशहरतर्फ आउदै गरेको ग ८ प २५३० नम्बरको मो.सा.ले बिपरित दिशाबाट आउदै गरेको ग१ज५५२४ नम्बरको जिपलाई ठक्कर दिदा मो.सा.चालक जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका ९ बस्ने बर्ष ४० को रन बहादुर घले घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार हुँदै अवस्था मध्यम, जिप, मो.सा.र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २७, जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका ६ घर भई हाल मध्यविन्दु १५ रानीटार बस्ने भुपाल सुनारको श्रीमती वर्ष २० की माया सुनारले भान्सा कोठाको काठको बलोमा सलको पासो लागई झुण्डि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई घट्ना स्थल सुरक्षित राखेको थप अनुसन्धान तथा मुचुल्काको लागी SOCO सहितको टोली खटिएको ।
कार्तिक २६, जिल्ला कास्की पोखरा म.न.पा.१ सिम्पानी घर भई हाल ऐ.ऐ.१८ सिम्पानी स्थित दाईको घरमा बस्ने वर्ष ४३ को बम बहादुर तामाङ उक्त दाईको घरको पंखाको हुकमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २५, जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा याम्दीचोक स्थित प्रदेश २-०३-०१९ प ५७८४ नं.को स्कुटरलाई ग ३ च ६१३८ नं.को स्कारपियोले ठक्कर दिंदा स्कुटर चालक ऐ.ऐ.बस्ने बर्ष ३५ कि स्वास्तिका बि.क. घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । दुबै सवारी साधन र स्कारपियो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २५, जिल्ला गोरखा अजिरकोट गा.पा.५ चनौटे स्थित बा.२०च. ९३३२ नं. को बोलेरो जिप चेकजाँच गर्ने क्रममा उक्त जिपमा सवार जिल्ला गोरखा धार्चे गा.पा.४ लाप्राक बस्ने बर्ष ४३ कि कोपिला गुरुङको साथबाट अं.१५ के.जी.(१५ पोका) चरेश फेला पारी निज कोपिला गुरुङ लगाएत जिपमा सवार जि.गोरखा गोरखा न.पा.१० छेवेटार बस्ने बर्ष ३७ को लाल बहादुर तामाङ, ऐ.ऐ. बस्ने बर्ष ३३ कि छेमेन तामाङ र ऐ.ऐ.बस्ने बर्ष ३० को प्रबिण श्रेष्ठ (चालक) समेतलाई नियन्त्रणमा लिई थप आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ भेडावारी चोक स्थित ना. ४८ प ४७१४ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १३ को प्रिक खनाललाई ठक्कर दिँदा घाईते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला म्याग्दी रघुगंगा गा.पा.३ पिप्ले स्थित दउडेको रुखमा ऐ.ऐ. बस्ने बर्ष २४ को सुजन परियारले डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २४, जिल्ला तनहुँ ब्यास न.पा.१ भाँदगाउँ स्थित भित्री सडकखण्डमा प्रदेश -३-०१-०२४ च ४३५७ नम्वरको कार र ग ८ प ५७६३ नम्बरको मो.सा.एक आपसमा ठक्कर खान गई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ ब्यास न.पा. ४ जलदेबी बस्ने बर्ष ४० को शिब अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको । फरार कार चालकको खोजतलास भईरहेको । कार र मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक २३, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गा.पा.३ स्थित रहेको खोरन्डी खोलामा प्र.२-०३-००१ ख ५३२० नं.को निस्दी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.को टिप्पर धुने क्रममा पछाडिको ढाला माथि उठाउदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई टिप्पर चालक जि.रुपन्देही बस्ने वर्ष अं.३८ को देबेन्द्र नेपालीलाई करेन्ट लाग्दा निजको घट्नास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २२, जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे खसीबजार चोकमा भारतिय नं. CG 60 G 8877 को कारले ग १३ प ६१३८ नं.को मो.सा.लाई ठक्कर दिदाँ मो.सा.चालक जिल्ला कास्की रुपा गा.पा. ७ बस्ने वर्ष १८ को कृष्ण गुरुङ र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष २१ कि अस्मिता श्रेष्ठ घाईते भई अन्नपुर्ण अस्पतालमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २२, जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१३ सिख्रौली स्थित नारायणी नदीमा नामथर वतन नखुलेको अं.बर्ष ६० कि महिलाको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला पर्वत कुश्मा न.पा.४ छमर्के बस्ने बर्ष ५२ को गोपाल परियार आफ्नै घरको बासको दलिनमा तारको पासो लगाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला गोरखा गोरखा न.पा.१३ पाँच किलो स्थित ना. ३ ख ७६८१ नं.को बस र बा.प्र.०२-०२१ प ४३६५ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.गोरखा पालुङटार न.पा.९ बस्ने वर्ष २५ को भोजराज श्रेष्ठ घाईते भई चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २१, जिल्ला कास्की रुपा गा.पा. ५ रामदी स्थित ऐ.ऐ. बस्ने बर्ष ५२ को टक बहादुर गुरुङ आफ्नै घरको फलामको बलोमा डोरीको पासो लागाई झुन्डि मृत अबस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१६ बाटुलेचौर स्थित मातृशिशु अस्पताल नजिकै ग १२ प ३८११ नं. को स्कुटरले पैदलयात्री जिल्ला पाल्पा रामपुर घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १६ बाटुलेचौर बस्ने बर्ष ३३ कि बिमला राईलाई ठक्कर दिंदा घाईते भई मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक २०, जिल्ला तनहुँ व्यास न.पा.४ शहिदगेट स्थित पृथ्वीराजमार्गमा ग. १३ प ८६६० नं.को मो.सा.ले पैदल यात्री जिल्ला गोरखा घर भई हाल जिल्ला तनहुँ व्यास न.पा.४ बस्ने वर्ष २५ को बिनोद नेपालीलाई ठक्कर दिंदा घाइते भई जिल्ला अस्पताल दमौलीमा उपचार भईरहेको । फरार मो.सा.चालकको खोजतलास भईरहेको ।
कार्तिक २०, जिल्ला कास्की पोखरा म.न.पा.१० उत्तम चोक स्थित ग २ च १२०० नं.को कारले साईकल यात्री जिल्ला सिन्धुली बेलघारी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१३ मियाँपाटन बस्ने वर्ष ४० को भरत सेवारलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १९, जिल्ला बागलुङ बडीगाड गा.पा. ७ खारा बजार स्थित ग. १३ प ६६९६ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ बडिगाड गा.पा. ३ बस्ने बर्ष २२ कि शुसिला थापालाई ठक्कर दिँदा घाईते भई स्थानीय सिशाखानी मेडिकलमा उपचार भईरहेको । मो.सा.चालक उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक १९, जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.३ ईटौरा बस्ने बर्ष ३३ को दिल बहादुर महतोको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध नाईट्रोभेट १५६ पिस र अवैध गाँजा अं.१ के.जी.फेला पारी निजलाई उक्त लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १९, जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा.६ दुर्बिनडाँडा स्थित ध. २ प २६१६ नं.को मो.सा.ले ऐ.ऐ..६ हरियोखर्क बस्ने वर्ष अं. ७३ कि मोती बरुवाल लाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल बेनी म्याग्दीमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कार्तिक १८, जिल्ला गोरखा पालुङटार न.पा.२ रातडाँडा बस्ने वर्ष ५२ को बाबुकाजी बानियाँ आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १८, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.-२ एक्लेखेत बस्ने वर्ष ७६ को डिल बहादुर पुन घर नजिकै रहेको एक्लेफाँट भिरबाट अं.७० फिट तल खस्न जाँदा निजको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १७, यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रकृयामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पुजा गरिएको छ ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो । साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।
कार्तिक १६, नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.२ नन्दपुर स्थित नारायणी नदीमा तैरीरहेको अवस्थामा हाल नाम थर वतन नखुलेको वर्ष अं. ३० को पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
कार्तिक १५, जिल्ला नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्ने स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको UP76SL 2510 नं.को कारमा सवार ५ जना मध्ये भारत उत्तर प्रदेश बस्ने वर्ष २७ को शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।
जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-१८ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-३० ढुङगेपाटन स्थित त्रिभुवन शान्ती मा.वि.को निर्माणधीन भवनमा काम गर्ने वर्ष ७० को शोगारथ मन्डल ऐ.स्थित आँफू बस्न बनाएको कोठा भन्दा अन्दाजी १५ मि. उत्तर तर्फ रहेको ट्वाईलेटमा मृत अवस्थमा रहेको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भइरहेको ।
कार्तिक ११, जिल्ला म्याग्दी मालिका गाउँपालिका ३ रुम सेलुङ बस्ने वर्ष अन्दाजी ५२ को तम बहादुर पौडेल आफ्नै घरको दलिनमा डोरीको पासो लगाई मृत अवस्थामा छ भन्ने स्थानिय बासीले खबर गर्नासाथ तत्काल प्रहरी टोली खटिगई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कार्तिक १०, जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस स्थितमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख ७० नं. को हाईसलाई रोकी उक्त हाईसमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको निम्न परिमाणमा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, हाईसलाई गन्तब्य तर्फ पठाएको । निम्नः-१. जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर बस्ने वर्ष २५ को साहिल पौडेलले बोकेको झोला भित्रबाट डाईजापाम- ७३ एम्पुल,नुर्फिन-७३ एम्पुल र फेनरागन ७३ एम्पुल गरि जम्मा-२१९ एम्पुल ।२. ऐ. २ अर्चलबोट बस्ने वर्ष २७ को नबिन पुनले बोकेको झोलाबाट डाईजापाम-२५ एम्पुल,नुर्फिन-२५ एम्पुल र फेनरागन-२५ एम्पुल गरि जम्मा ७५ एम्पुल ।
कार्तिक ०४, जिल्ला स्याङ्जा भिरकोट नगरपालिका ५ कटहरे डाडा तुलसी अर्यालको खाली घरमा बिगत ३।४ महिना देखि बसोबास गर्दै आईरहेको ऐ. वस्ने वर्ष अन्दाजी ३५ को श्याम बहादुर.जि.टी. आफू सुत्ने कोठाको बलोमा कपडाको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खवर स्थानियद्वारा प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
कार्तिक ०३, जिल्ला तनहुँ देबघाट गाउँपालिका ५ क्युदी स्थित ऐ. बस्ने बर्ष ४३ की मैनाकला क्षेत्रीले आफ्नै बाख्राको खोरको काठको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक कार्य भईरहेको ।
कार्तिक ०२, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा प्रहरीकोचेकिङ टोलीले पश्चिमबाट पूर्वत तर्फ आउदै गरेको बा.प्र.-०३-००२ प ३६२६ नं.को स्कुटर पछाडि सवार जिल्ला चितवन भरतपुर महानगरपालिका ११ बसेनी बस्ने वर्ष २६ को बिकास भट्टको साथबाट डाईजेपम ४९,नुफिन ४९,फेनेरागन ४९ गरी जम्मा १४७ एम्पुल लागूऔषध फेला पारी स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा १५ मंगलपुर बस्ने वर्ष ३८ को बिकास बानियाँ समेत दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको।
कार्तिक ०२, जिल्ला गोरखा गण्डकी गाउँपालिका ८ स्थित फुजेलबाट बेनीघाट तर्फ आउदै गरेको ना४च ७७३८ नं.को बलेरो जिप ब्रेक फेल भई आफै अनियन्त्रित भई सडकमा पल्टन जाँदा उक्त जिपमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागि राजमार्ग सामुदायिक अस्पताल धादिङ मलेखु लगेको, चालक जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ४० को धन बहादुर थापा प्रहरी सम्पर्कमा अवस्था सामान्य, सवारी साधन घटना स्थलमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।निम्न:-१.जिल्ला गोरखा गण्डकी गा.पा. ५ दर्बुङ् बस्ने वर्ष २१ कि प्रतिमा पोख्रेल, अबस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।२.ऐ.४ फुजेल बस्ने वर्ष २० को सुनिल थापा, अबस्था सामान्य बिर अस्पताल काठमाण्डौ रिफर ।३.ऐ.५ दर्बुङ् माईतीघर भई चितवन बस्ने वर्ष ४४ की सुस्मा श्रेष्ठ,अवस्था मध्यम बिर अस्पताल काठमाण्डौ रिफर ।४.ऐ.ऐ. ४ फुजेल बस्ने बर्ष १८ को विवेक सिंखडा, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।५.जिल्ला धादिङ ज्वालामुखि गा.पा.१ बस्ने वर्ष २२ की सुस्मिता कोईराला, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।६.जिल्ला गोरखा गण्डकी गा.पा.४ फुजेल बस्ने वर्ष ९ की जेनिसा श्रेष्ठ, अवस्था सामान्य उपचार पश्चात डिस्चार्ज भएको ।