प्रहरी कार्यालय
नवलपरासी (पूर्व), देवचुली नगरपालिका १४ गणेशचोक बस्ने जित कुमार श्रेष्ठको छोरा बर्ष २७ को ओम प्रसाद श्रेष्ठले आफ्नै घर कोठामा लागूऔषध लुकाई छिपाई राखेको भनी निजको बुवा जित कुमार श्रेष्ठले प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटि गई निम्न परिमाणमा लागूऔषध बरामद गरी ल्याई राखिएको, लागूऔषध ल्याउने ब्यक्ति (छोरा) फरार, खोज तलास कार्य भईरहेको ।निम्न:-१.डिस्पोकेन (Dispocann):-२ थान (काटेको ठाउँमा लगाउने टेप जस्तो देखिने)२.डाईजापाम(Diazepam):- २९ एम्पुल३.नुफिन(Noophin):- २९ एम्पुल४.एबोट(Abott):- २९ एम्पुल
पर्वत, पैयुँ गाउँपालिका ४ स्थितमा रहेको सेतीखोलामा ऐ.हटिया बस्ने बर्ष ३६ को राजु लामिछाने माछा मार्ने क्रममा करेन्ट लागी उपचारको लागी वालिङ स्वास्थ्य चौकी लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गएको ।
तनहुँ, ब्यास नगरपालिका १ अम्रेनी स्थित पृथ्बी राजमार्गमा दमौलीबाट घाँसिकुवा तर्फ जाँदै गरेको ग१६प १७०२ नं.को मो.सा.ले पैदल यात्री जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका १ बस्ने बर्ष ६५ की गोमा अधिकारीलाई ठक्कर दिँदा घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली ल्याएको, अवस्था मध्यम, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका १३ पिठौलीघाट स्थित नारायणी नदीमा ऐ,६ बस्ने वर्ष २५ को प्रकाश भुषाल (मलामी गएको) पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, हाल सम्म फेला नपरेको, खोज तलास कार्य भईरहेको ।
कास्की, पोखरा महानगरपालिका ११ फुलबारी स्थितमा लागूऔषध ओसार पोसार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका ३२ घर भई हाल पोखरा ११ फुलबारी बस्ने बर्ष २८ की सलिना गुरूङलाई शंका लागि चेकजाँच गर्दा निजको शरिरमा लुकाई छिपाई राखेको फेनारागन-९ एम्पुल, डाईजापाम-९ एम्पुल र नुफ्रिन-९ एम्पुल गरी जम्मा २७ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका ५ मुलाबारी बस्ने बर्ष अन्दाजी ३२ को केशव दर्जी आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलमा खटिएको प्रहरीको चेकिङ टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका जिल्ला ललितपुर ललितपुर उप-महानगरपालिका १४ बस्ने बर्ष २३ को अमिर थापा र ऐ. बस्ने बर्ष २३ को मनोज वाईबाको साथबाट निम्न अनुसारको लागूऔषध सहित निम्न सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-(१) स्पास्मो २६ ट्याब्लेट, (२) नाईट्रोसन १४ ट्याब्लेट, (३) स्पास्पेन ३ ट्याब्लेट, (४) नगद रू.१,१८,७७०।- (एक लाख अठार हजार सात सय सत्तरी), (५) मोबाईल ५ थान (सामसुङ ३,आइफोन १, रेडमी १), (६) ल्यापटप १ थान, (७) चाँदीको जन्तर १ थान ।
पर्वत, कुश्मा नगरपालिका ८ चुवा स्थित पोखरा - बाग्लुङ सडकखण्डमा कुश्माबाट अम्बोट तर्फ जादै गरेको ध २ प ६१९ नं.को मो.सा.ले ऐ.बस्ने वर्ष अन्दाजी ७५ की राम कुमारी पोख्रेललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागि जिल्ला अस्पताल पर्वत ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको, अवस्था मध्यम, मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
नवलपरासी (पूर्व) देवचुली नगरपालिका १७ गौरव मध्यवर्ती सामुदायिक वनको जंगलमा सिगानेको रुखमा जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका १७ जागृती टोल बस्ने तुल बहादुर बि.क.को श्रीमती बर्ष २३ की लिलामाया बि.क.ले सलको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका ४ देबीटार स्थितमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट पोखरा आउदै गरेको लु२ख ११०४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रुपन्देही देबदह नगरपालिका १२ बस्ने बर्ष २० को सहरे आलमले बोकेको कालो झोलाबाट ब्रोनोरफाईन ४९ एम्पुल, फेनरागन ५० एम्पुल र डाईजोपाम ४८ एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध सहित निज सँगै यात्रा गरी आएको जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका ५ बस्ने बर्ष ३६ को सुनिल कोहारलाई समेत नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।
कास्की अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १८ प ८१९१ नं. को मो.सा. र ग २ च ३५२५ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न मानिस घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पतालमा पठाएको, उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा कार चालक फरार खोज तलास कार्य भईरहेको। निम्न:-१. मो.सा. चालक:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने बर्ष ४५ को जित बहादुर पुन, अवस्था शिरियस ।२. मो.सा. पछाडी सवार:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने जित बहादुर पुनको छोरी बर्ष १८ की सुविना पुन मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।
म्याग्दी, मालिका गाउँपालिका ४ लामाखोरिया स्थितमा ऐ.बस्ने जुद्ध बहादुर कामीको छोरी बर्ष ९ की अमृता खाती घरमा कोही नभएको बेलामा आफ्नै घरको पिढीको बलोमा सलको पिङ बनाई खेल्ने क्रममा सोही सलले घाँटीमा पासो लागि मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटि गएको ।
तनहुँ शुक्लागण्डकी नगरपालिका ८ लन्डन बृज स्थित भित्री सडक खण्डमा खैरेनीटारबाट किमलडाँडा तर्फ जादै गरेको गरेको ग७प २५५२ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ८ किमलडाँडा बस्ने बर्ष ३६ को बल बहादुर कुमाल घाइते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, अवस्था मध्यम, मो.सा. निजको आफन्तकोमा रहेको ।
स्याङ्जा, गल्याङ नगरपालिका ३ चिन्नेपानी स्थित सिद्दार्थ राजमार्गमा गल्याङबाट वालिङ तर्फ जाँदै गरेको बा ४ क १८३ नं.को हाईसको पछाडी सोहि दिशा तर्फ जाँदै गरेको लु ३२ प ८६५१ नं.को मो सा ठक्कर खाँदा मो.सा चालक जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० माझीखोला बस्ने वर्ष १७ को अमित परियार घाईते भई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाएको, अवस्था मध्यम, दुबै सवारी साधन र हाईस चालक प्रहरी प्रहरीको नियन्त्रणमा रहेको ।
म्याग्दी, मालिका गाउँपालिका ६ बाङगे पहिरो स्थितमा दरबाङबाट बाबियाचौर तर्फ जादै गरेको ग९प७४७ नं.को मो.सा.सडक देखि अन्दाजी १०० मिटर तल खसी दुर्घटना हुँदा मो.सा.चालक ऐ.५ देबिस्थान गर्जरा बस्ने बर्ष-२३ को भविन्द्र किसानको घट्नास्थलमा नै मृत्यु भएको र सोही मो.सा को पछाडी सवार ऐ.मंगला गाउँपालिका २ बाबियाचौर बस्ने बर्ष-२५ को सन्तोष किसान, सामान्य चोट लागेको भन्ने खबर स्थानियबाट प्राप्त हुन साथ तत्काल प्रहरी टोली खटि गएको, मो.सा. र शब घट्नास्थलमा नै रहेको, पछाडी सवार सम्पर्कमा रहेको ।
स्याङ्जा, आधीखोला गाउँपालिका ५ माछापोखरी स्थित भित्री सडकखण्डमा रंगेठाटीबाट सेतीदोभान तर्फ आउँदै गरेको ग५प ६४२ नं.को मो.सा.आफै अनियन्त्रित भई सडकको बायाँ साईडमा पल्टिन जाँदा मो.सा.चालक ऐ.बस्ने बर्ष १९ को शिक्षा ढकाल घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको, अबस्था मध्यम, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका २ कोत्रे स्थितमा ऐ.बस्ने बर्ष २९ को सिजन गुरूङ (अबिवाहित) आफ्नै घरको दोस्रो तलाको कोठाको काठको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गएको, निजले साथमा सुसाईट नोट समेत लेखी छोडेको, थप अनुसन्धान कार्य भईरहेको ।
नवलपरसी (पूर्व), बौद्वीकाली गाउँपालिका ६ माझडांडा स्थित भित्री सडक खण्डमा मांझडाडाबाट नेवारवाडी तर्फ जादै गरेको लु४त२७९२ नं.को ट्याक्टरमा सवार (लेवर काम गर्ने) जिल्ला दाङ शान्तिनगर नगरपालिका २ सिम बस्ने वर्ष-४० को झग्गु बिटालु अचानक ट्याक्टरबाट खस्न गई मृत्यु भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली खटि गएको, शब घटनास्थलमा नै रहेको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
तनहुँ, व्यास नगरपालिका १० खहरे स्थित दमौली-दुई पिप्ले सडक खण्डमा कलेस्तीबाट दमौली तर्फ जाँदै गरेको रा ३ प ५८२६ नं.को मो.सा. आफै अन्यन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न जादा मो.सा.चालक जिल्ला दाङ राप्ती नगरपालिका ३ बस्ने वर्ष ३० को दिपक परियार, अवस्था मध्यम, मो.सा.पछाडी सवार जिल्ला तनहुँ व्यास नगरपालिका १० बस्ने वर्ष २८ को रबि विष्ट, अवस्था सामान्य दुबै घाईतेलाई उपचारको लागि रत्नहरि अस्पताल दमौली पठाईएको, मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका ०४ बेनिटार स्थित पृथ्वी राजमार्गमा प्रहरीको चेकिङ टोलीले सुनौलीबाट पोखरा तर्फ आउदै गरेको लु२ख १४०५ नं.को बसलाई चेकजाच गर्ने क्रममा ऐ. बसमा सवार जिल्ला रुपन्देही तिनाउ नगरपालिका ११ बस्ने बर्ष २१ को सागर कुवँर क्षेत्रीले बोकेको कालो झोला चेकजाँच गर्ने क्रममा झोला भित्रबाट फेनेरागन-१५० एम्पुल, ब्रोनोरफाइन-१५० एम्पुल र डाईजोपाम-१५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ भिमाद नगरपालिका ६ जलौदी सिम्बोट स्थितमा ऐ.बस्ने राजकुमार मल्लको श्रीमती बर्ष ३६ की ज्योति मल्ल आफ्नै घरको काठको बलोमा घाँटिमा नाईलनको डोरीको पासो लगाएको र उक्त पासो काटी भुईमा लडेको अवस्थामा शव रहेको र मृतकको हातमा चक्कु समेत रहेको अवस्थामा निजकै छोरी बर्ष १३ की रोजी मल्लले देखेको भनि खबर प्राप्त हुनसाथ प्रहरी टोली खटी गई बुझ्दा बेलुका मृतक सङ्गै जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने बर्ष ३४ को दुर्गा क्षेत्री समेत संगै रहेको र हाल दुर्गा क्षेत्री फरार रहेको खोज तलास कार्य भईरहेको, मृतको श्रीमान बैदेशिक रोजगारको लागि मलेशिया रहेको, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दी चेक पोईन्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ३८९४ नं.को बसलाई चेकजाचँ गर्ने क्रममा उक्त बसमा सवार गरी आएको जिल्ला कास्की पोखरा महानगरपालिका १२ बस्ने वर्ष २० को अभिषेक सुनार र पोखरा महानगरपालिका १३ बस्ने वर्ष १९ को बिमल थापाको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । निम्न१.फेनारागन २२ एम्पुल ।२.नोफिम २१ एम्पुल ।३.डाईजेपाम २१ एम्पुल र सिरीङज २ थान ।
जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका ३ ईटौरा बस्ने वर्ष अन्दाजी ५५ को टोक बहादुर थारुले आफ्नै घरको भान्छा कोठामा काठको बलोमा प्लास्टिकको डोरीले घाँटिमा पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा ११ रानिपौवा बस्ने बर्ष ३४ को कुमार राइले लागूऔषध सेवन तथा बेचबिखन गर्ने भन्ने गोप्य सुचना प्राप्त हुनसाथ प्रहरी टोली खटी गई खानतलासी गर्दा निजको कोठाबाट नुफिन १३ एम्पुल, फेनार्गन १४ एम्पुल, डाईजापाम १५ एम्पुल, गरी जम्मा ४२ एम्पुल लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी स्थित भित्री सडक खण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको लु१ज २०६३ नं.को बलेरो सडक देखी अन्दाजी २५ मिटर तल खस्न जाँदा जिपमा सवार १५ जना मध्य निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, जिप घटनास्थलमा, चालक प्रहरीको नियन्त्रणमा रहेको ।निम्न घाईतेहरु:-१. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी बस्ने वर्ष ९ को धन बहादुर रजाली, अवस्था गम्भिर सामान्य उपचार पश्चात भरतपुर रिफर ।२. ऐ बस्ने वर्ष ५०की दर्शना सोती, अवस्था मध्यम ।३. ऐ.बस्ने वर्ष ४६ की सुमित्रा सोती, अवस्था मध्यम ।४. ऐ.बस्ने वर्ष ३५ की लालमाया रजाली, अवस्था मध्यम ।५. ऐ.बस्ने ४१ को मेख ब.आले, अवस्था मध्यम ।६. ऐ.बस्ने वर्ष ६८ को जग ब.सोमै, अवस्था मध्यम ।७. ऐ.बस्ने वर्ष ६८ को तिलिसरा सोती, अवस्था मध्यम ।८. ऐ.बस्ने वर्ष ३५ की लालसरी ठाडा, अवस्था सामान्य ।९. ऐ.बस्ने वर्ष ५० की ऐदी सवरा रजाली, अवस्था सामान्य ।१०. ऐ.बस्ने वर्ष ५९ को यम ब.सोमै, अवस्था सामान्य ।११.ऐ.बस्ने वर्ष ४ को जिवन सोती, अवस्था सामान्य ।१२.ऐ.बस्ने वर्ष ६० की डिलमाया ठाडा मगर, अवस्था सामान्य ।
जिल्ला म्याग्दी बेनी नगरपालिका ५ घर भई हाल जिल्ला पर्बत जलजला गाउँपालिका २ बगरफाँट दिदिको घरमा बस्ने धन बहादुर परियारको छोरा बर्ष-२१ को दिपक परियारले कोठाको टर्स पाईपमा सलको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्टमा खटिएको प्रहरीको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६३२५ नं.को बसलाई चेकजांच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की माछापुछ्रे गाउँपालिका ८ बस्ने वर्ष २३ को सन्दिप गुरुङ र ऐ.बस्ने वर्ष १९ को रबिन बि.क.को साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न१.फेनरागन :- ३६ एम्पुल २.नोफिम:-३७ एम्पुल ३.डायजेपाम:-३७ एम्पुल ।
जिल्ला कास्की पोखरा-२४ कास्कीकोट स्थित नौडाँडाबाट पोखरा तर्फ आँउदै गरेको ग१०प४५८८ नं. को स्कुटर र विपरित दिशाबाट जाँदै गरेको ग१९प१३५६ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।निम्न :-१) ग१०प४५८८ नं.को स्कुटर चालक पोखरा-२४ बस्ने वर्ष-१५ को उज्वल नेपाली, अवस्था मध्यम ।२) पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष-१४ को दिवस वास्ताकोटी, अवस्था मध्यम ।३) ग१९प१३५६ नं.को स्कुटर चालक पोखरा-१७ महतगौडा बस्ने वर्ष-४० को दिपक आचार्य, अवस्था मध्यम ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावर हाउसचोक स्थित खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग१ख ५६०४ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका २१ पार्वती टोल बस्ने बर्ष ४३ को प्रकाश दर्जीलाई शंका लागि चेक जाँच गर्दा निजले बोकेको कालो झोलामा लुकाई छिपाई ल्याएको नोफिन ४९ एम्पुल, फेनारगन ५० एम्पुल, डाईजेपाम ७४ एम्पुल गरी जम्मा १७३ एम्पुल लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला पर्वत फलेवास नगरपालिका- १ रातामाटा बस्ने वर्ष-६२ को मन बहादुर सुनार आफ्नै घरको बार्तलीको बलोमा गलबन्दीको पासो लगाई झुण्डी मृत अबस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा वालिङ नगरपालिका १० भुङ्गाने स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट गल्याङ तर्फ जाँदै गरेको लु २ त ८८२० नं.को ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला स्याङ्जा वालिङ नगरपालिका ७ मिर्दि बस्ने वर्ष १८ को सुनिल परियार घाईते भई उपचारको लगि प्रथामिक स्वाथ्य केन्द्र वालिङ ल्याईएकोमा सामन्य उपचार पश्चात थप उपचारको लागी पोखरा रिफर गरेको, अबस्था मध्यम, चालक प्रहरीको नियन्त्रणमा र ट्याक्टर घट्ना स्थलमा रहेको ।
जिल्ला स्याङ्जा वालिङ नगरपालिका ८ कटहरबोट स्थितमा खटी गएको प्रहरीको गस्ती टोलीले पैदल हिडिरहेको अवस्थामा जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने बर्ष ३१ को अनिल गुरुङलाई शंका लागि चेकजाच गर्दा निजको साथबाट डाईजेपाम २१ एम्पुल फिनेरागन २१ एम्पुल नोफिम २१ एम्पुल फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला मुस्ताङ बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका ३ टुट्याङ स्थितमा लोमाङथानबाट जोमसोम तर्फ आउदै गरेको MH47AB3443 नं.भारतिय स्कारपियो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्न जादा २ जना सवार मध्य चालक भारत मुम्बई घर भएको वर्ष ४८ को उत्तम राउ घाईते भई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाएको, अवस्था मध्यम, गाडी घटनास्थालमा नै रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका ५ स्थित पृथ्बिराजमार्गमा डुम्रेबाट आबुँखैरेनि तर्फ जादै गरेको बा ४ ख ५०५५ नं.को माईक्रो र बिपरित दिशाबाट आउदै गरेको ध२ प ९१ नं.को मो.सा. एकआपसमा ठक्कर खादा निम्न मानिसहरु घाईते भई उपचारको लागि निम्न अस्पताल लगेको, मो.सा., माईक्रो, माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको । निम्न:-१. मो.सा. चालक- जिल्ला बागलुङ जैमिनि नगरपालिका ९ बस्ने वर्ष २१ को अजय बहादुर थापा, अवस्था मध्यम, (पोखरा ग्यालेक्सी अस्पतालमा उपचार भईरहेको)२. पछाडि सवार- ऐ. बस्ने वर्ष २२ की निर्मला नेपाली, अवस्था सामान्य (लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात डिस्चार्ज)
जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका ७ गैरी स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र.०३-००४ प ७२३७ नं.को मो.सा.ले पैदल यात्री ऐ.ओम शान्ति चोक बस्ने अन्दाजी वर्ष ८० की हरीकला अधिकारीलाई ठक्कर दिई घाईते भई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुरमा पठाईएको, अवस्था गम्भिर, मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला गोरखा शहिद लखन गाउँपालिका ३ मनकामना बस्ने असिम थापाको श्रीमती वर्ष अन्दाजी २५ की इवा तामाङ घरमा कोही नभएको अबस्थामा आफ्नै घरको अन्डर ग्राउण्डको कोठामा खानेपानीको जिआई पाईपमा सलको पासो लगाई झुण्डि मृत्यु भएको भनि ऐ.घरमा पसल गरी बस्ने मानिसले देखि प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखी, थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्ट आगाडी खटिएको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६२२५ नं.को बसमा आएका जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३४ को सन्तोष सुनारलाई शंका लागि चेकजांच गर्ने क्रममा निजको साथबाट निम्न लागूऔषध फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न(१) डाईजेपाम-१२ एम्पुल (२) नोफिन-१२ एम्पुल (३) फेनारागन-१३ एम्पुल (४) सिरिञ्ज-३७ थान
जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।निम्नः-१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।