प्रहरी कार्यालय
जिल्ला स्याङ्जा गल्याङ न.पा.११ घर भई हाल वडा न.८ करादी अंकलको घरमा २ वर्ष देखि बस्दै आएको वर्ष २२ को सोनु सिङजाली( अबिबाहित) निज अंकलको घरको सुत्ने कोठाको पंखामा गल्बन्दीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यनेपाल न.पा.-७ रामबजार घर भई जिल्ला लमजुङ क्वहोलासोथार गा.पा.९ स्थित रहेको ज्योतिबिन्दु प्रा.वि.मा कार्यरत प्रधानाध्यापक वर्ष ५६ को सोमनाथ अधिकारीले आफ्नै घरको फलामको डण्डीमा नाईलनको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बिनयी त्रिवेणी गा.पा.४ लुम्बिनी मेडिकल स्थित भित्री सडकखण्डमा लु. १३ प ३६६४ नं. को मो.सा.ले ऐ.ऐ.बस्ने बिनु कुमालको छोरा वर्ष ४ को सुरिम कुमाललाई ठक्कर दिदाँ घाइते भई सप्तगण्डकी अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१५ गोडार स्थित पुरानो टोल बस्ने वर्ष अं.५५ कि बालकुमारी महतो आफ्नै घर नजिकै रहेको लिचिको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यबिन्दु न.पा. ६ टाडी स्थित भित्री सडकखण्डमा प्र.३ -०३-००१ प ४४८५ नं. को मो.सा. ले साईकल यात्री ऐ.ऐ.बस्ने वर्ष अं.६८ को श्यामराज भण्डारीलाई ठक्कर दिई घाइते भई एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भईरहको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा ।
गैडाकोट न.पा.२ नारायणी नदिको बिच भंगालोमा हाल नाम थर वतन नखुलेको सडेगलेको अवस्थामा बेवारिसे शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
देवचुली न.पा २ दुम्कौलीचोक स्थित पूर्व पश्चिम राजमार्गमा लु. १ ख ८६४२ नं.को बस र प्र.३-०२-००२ प ७४८ नं.को मो.सा एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला गोरखा लाप्राक बस्ने वर्ष ३५ को केश बहादुर गुरुङ घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुवै सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
समाजमा विद्यमान घरेलु हिंसा न्यूनिकरणका लागि घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बन्धी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पिडितका सम्पूर्ण पिडाहरुलाई प्रहरीले सुनिदिनुपर्ने र पिडितलाई संरक्षण गरी परम्परागत मेलमिलाप सम्बन्धी तौरतरिकामा परिवर्तन गरी पक्षहरु बिचको विवाद समाधानको स्थायी विकल्पहरु पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने बताउनुभयो । यसका साथै प्रहरी नायव महानिरीक्षक गुरुङले सत्यतथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठन प्रति विश्वासको वातावरण सिर्जना हुने समेत बताउनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले गोष्ठीमा सहभागीहरुलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागि गरीरहेको प्रयासका बिषयमा जानकारी गराउनु भएको थियो । उद्घाटन कार्यक्रम पश्चात सहभागीहरुलाई समाजमा भईरहेका विविध घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु, अनुसन्धान, पिडितको संरक्षण, मेलमिलाप र संचार सिप तथा अभियोजनका विषयमा जानकारी गराईएको थियो । उक्त गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र ठाडो उजूरी तथा सुनुवाई शाखामा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
ढोरपाटन न.पा.८ बोबाङ स्थित सडक खण्डमा ध. २ प २८३५ नं. को मो.सा. ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष १७ कि ज्योती बि.क. लाई ठक्कर दिई घाईते भई प्रभास अस्पताल पाल्पामा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
बेनी न.पा. ६ डम्बरा बस्ने वर्ष अं.२० को सुजन थापा घर नजिकै रहेको फोस्रोको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गल्याङ न.पा. १ गल्याङ बजार स्थित सिद्धार्थ राजमार्गमा ग. २ ख ११६९ नं.को बसले पैदलयात्री ऐ.ऐ.७ सेनापुक बस्ने वर्ष ६७ को देविलाल अर्याललाई ठक्कर दिंदा घाईते भई लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३० सुकेडाडा माछापुच्छ्रे टोल स्थित ऐ.ऐ.बस्ने वर्ष ६२ को रुद्र गिरी आफ्नै घरको छतबाट लडि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.१३ सिख्रौली बस्ने वर्ष अं.२९ को रमेश घिमिरे आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा. १ रामबाच्छा स्थित सिद्वार्थ राजमार्गमा ग. १ त ६९६९ न.को ट्याक्टरमा ग. १९ प ७९८० न.को स्कुटर ठोकिन गई दुर्घटना हुँदा स्कुटर पछाडि सवार जिल्ला बझाङ घर भई हाल भिरकोट न.पा.३ बस्ने वर्ष ३४ कि श्रीदेवी खड्का घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कटुर चालक घाईतेको उपचारमा संलग्न रहेको । स्कुटर, ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा ।
पोखरा म.न.पा.८ सृजनाचोक स्थित ग. २१ प ९२८७ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक उरुग्बेली नागरिक (P.P. No:- XDD176122 ) वर्ष २६ कि CAMILA PAJELLI घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
पुतली बजार न.पा.११ करेनडाडाँ स्थित सिद्वार्थ राजमार्गमा ना. ४ ख ३८२८ नं.को बसले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ७२ को यम बहादुर जि.टी.लाई ठक्कर दिंदा घटनास्थलमानै मृत्यु भएको । बस र चालक प्रहरीको नियन्त्रणमा ।
भानु न.पा.१० खाल्टे बस्ने वर्ष १९ को आसिस दुलाल आफ्नै घरको फलामको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १४ नहरचोक स्थित ग. १८ प ८५०५ नं. को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ८५ को भुपलाल बस्नेतलाई ठक्कर दिई गम्भीर घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यविन्दु न.पा.१२ वनगडी बस्ने वर्ष ३१ को सोम प्रकाश चौधरी आफ्नै घरको धुरीको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पुतलीबजार न.पा.१४ लामागे स्थित भित्री सडक खण्डमा ग. १५ प ३४०३ नं.को स्कुटरले पैदल यात्री जिल्ला स्याङ्जा पुतलीबजार १ बस्ने वर्ष ८० कि सोभावती लम्साललाई ठक्कर दिँदा घाईते भई मेट्रोसिटि अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालक घाईतेको उपचारमा संलग्न रहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
बन्दीपुर गा.पा.१ छाब्दी बराही पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा ग. २ ख ४८७९ नं.को बस व्याक गर्ने क्रममा ग. २ प ७२५५ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ऐ.ऐ. बस्ने वर्ष ३० को सागर गिरी घाईते भई ग्यालेक्सी अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३३ चौगादी स्थित भित्री कच्ची सडक खण्डमा ग. १ त ६६६४ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार ऐ.ऐ.बस्ने वर्ष ६३ को नल प्रसाद लामिछाने गम्भीर घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको लागि ल्याईएकोमा डा.ले मृत घोषणा गरेको । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।
ऋषिङ गा.पा.८ घुम्ति स्थित ग. १ ब १०२८ नं.को मो.सा.लाई ग. ३ च ५७५२ नं.को बलेरो जिपले ठक्कर दिंदा मो.सा. पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष ३० कि अनिता थापा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२१ आरनडाँडा स्थित कटुसको रुखमा जिल्ला स्याङ्जा पुतलीबजार न.पा.८ घर भई हाल ऐ.२१ एक काते बस्ने वर्ष ३० को चेत बहादुर महतले डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.५ मालेपाटन प्रगतिमार्ग बस्ने वर्ष ५१ को जयलाल बराल आफ्नै घरको बिस्तारामा मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१७ अमलटारी स्थित नारायणी नदीको बिचको भंगालोमा हाल नामथर वतन नखुलेको पुरुष व्यक्तिको शव फेला परेको छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
देवचुली न.पा.१३ दलदलेचोक स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश नं.१-०२-००१ख ९४०४ नं.को ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्री ऐ.ऐ.११ धारापानी बस्ने वर्ष ८० को तिल बहादुर बस्नेत घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । ट्रक चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्रक प्रहरीको नियन्त्रणमा ।
बगालुङ न.पा.२ श्रीनगरटोल स्थित ध. २ प ३२८० न.को स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर पछाडि सवार जिल्ला म्याग्दी बेनी न.पा.९ बस्ने वर्ष ३१ को रामचन्द्र कार्की घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालक घाईतेको उपचारमा संलग्न रहेको । स्कुटर प्रहरीको नियन्त्रणमा ।
देवचुली न.पा.६ किर्तिपुर बस्ने वर्ष अं.७५ को नैनासिंह फेवाली आफ्नै घरको झ्यालको रेलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ-०६, पोखरा ।नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ४ अल आर्म्स कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बिकले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका ४५ जना शिक्षार्थी अधिकृत र ६ जना तालिम शिक्षकहरुको उपस्थिति रहेको थियो ।
पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग. २१ प २०३० नं. को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ८६ कि बिष्णु माया श्रेष्ठलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पतालमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
आबुखैरेनी गा.पा.१ बरादी स्थित पृथ्वी राजमार्गमा बा.९१ प ९३२० न.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने बर्ष १९ को बुद्ध गुरुङ र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष ३५ कि मीना घले घाईते भई आबुखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
काठेखोला गा.पा.७ रेशाकोल्पाटा बस्ने वर्ष १७ कि रोशनी सुनार आफ्नै घरको काठको दलिनमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.५ ओम शान्ती चोक स्थित पूर्व पश्चिम राजमार्गमा ना. १ ज ८९२८ नं. को म्याजिकले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री ऐ.ऐ. बस्ने वर्ष ११ कि सुप्रिया आचार्य घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । म्याजिक चालक उपचारमा संलग्न रहेको । म्याजिक प्रहरीको नियन्त्रणमा रहेको ।
बागलुङ न.पा.८ सिगाना स्थित सडकमा बा. २ क ९२५८ नं. को टिप्पर सडक देखि अं.२०० मि. तल खस्न गई दुर्घटना हुँदा टिप्पर चालक जिल्ला मकवानपुर हेटौँडा उ.म.न.पा.१४ बस्ने वर्ष अं.४३ को राजु मोक्तानको घटनास्थलमा नै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको । उक्त टिप्परमा चालक मात्र सवार रहेको भन्ने बुझिएको । टिप्पर घटनास्थलमा नै रहेको ।
कुश्मा न.पा.४ पाखाथर बस्ने वर्ष ५५ को राम बहादुर परियारले आफ्नै घरको बाँसको बलोमा गलबन्दीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
निसिखोला गा.पा.७ घङग्याम स्थित मध्पहाडी लोकमार्गमा बागमती प्रदेश ०१-०२७ च ०४१४ न.को ट्याक्सीले पैदल यात्री जिल्ला बागलुङ ढोरपाटन न.पा.७ बस्ने वर्ष ५४ कि बिरमा घर्तीमगरलाई ठक्कर दिँदा घाईते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्याक्सी प्रहरीको नियन्त्रणमा ।
विनयी त्रिवेणी गा.पा.३ डोडे बस्ने वर्ष अं.४८ को ईन्द्र खाण ठकुरी ऐ.भुटुके डाडाँ स्थित रहेको भिर बाट लडी घटनास्थलमा नै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यविन्दु न.पा.१२ स्थित नारायणी नदीको किनारामा हाल नाम थर वतन नखुलेको वर्ष अं.६० को पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ६ बुलौदी स्थित ग. १२ प ४७२९ नं. को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा. १४ चाउथे बस्ने बर्ष ३३ को निर्मल श्रेष्ठ र स्कुटर पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २८ को ज्ञानेन्द्र पौडेल घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
काठमाडौंबाट पोखराको लागि उडेको ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार यति एयरलाइन्सको ANC Flight No. 691 विमान जिल्ला कास्की पोखरा म.न.पा. १५ नयाँगाउँ स्थित सिताराम हाउजिङ नजिकै सेती नदीको खोंचमा दुर्घटना भएको छ । विमानमा नेपाली नागरिक ५३ जना, भारतीय नागरिक ५ जना, रसियन नागरिक ४ जना, कोरियन नागरिक २ जना, आयरल्याण्डका नागरिक १ जना, अष्ट्रेलियन नागरिक १ जना, अर्जेन्टिनी नागरिक १ जना, फ्रान्सेली नागरिक १ जना गरी ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य गरी जम्मा ७२ जना सवार थिए । दुर्घटनास्थलमा हालसम्म ६८ जनाको शव फेला पारिएको छ । फेला पारिएका शव मध्ये ४७ जनाको सनाखत भई सकेको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा विमानस्थलस्थित रेस्कूय एण्ड फायर फाङटिङबाट संयुक्त रूपमा खटिएको टोलीले हेलिकोप्टर सहितको सहयोगमा खोजी तथा उद्दार कार्य गरिरहेको छ ।