प्रहरी कार्यालय
जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका ०४ ऐना पहरा स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको बा१२च २८३ नं.को स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङ्दी नदिको किनारमा खस्दा स्कार्पियो चालक जिल्ला बर्दिया ठाकुरबाबा न.पा.६ बस्ने वर्ष ३१ को रोशन खनाल घाईते भई उपचारको लागि हाडजोर्नी अस्पताल आँबुखैरेनीमा पठाईएको, अवस्था माध्यम उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालीस किलो जंगल स्थित पूर्व-पश्चिमराजमार्गमा प्रहरीको RSCC टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु७५प ५८४५ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा. चालक जिल्ला नवलपरासी (पश्चिम) सरावल गाउँपालिका ६ बस्ने वर्ष २२ को बिकेश तेली र मो.सा. पछाडि सवार ऐ.पालिनन्दन गाउँपालिका १ बस्ने वर्ष १९ को करन कुर्मीको साथबाट नाईट्रोभेट ३०० ट्याप्लेट लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । साथै माथि उल्लेखित परिमाणका लागूऔषध लिनको लागि आएको जि.न.प.(पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २७ को विशाल न्यौपानेलाई ऐ.कावासोती न.पा.११ लोकाहा पुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ पेट्रोल पम्प स्थित पृथ्वी राजमार्गमा ग. १ क ३२७६ न.को मिनि ट्रकले ध.१ प ८०११ न.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक जि.तनहुँ बन्दिपुर गा.पा.२ बस्ने वर्ष २३ को अशोक कार्की घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.८ स्थित पूर्व-पश्चिम राजमार्गमा ना. ५ ख ३०७४ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गा.पा.४ बस्ने वर्ष २३ को खडक बहादुर रजाली मगरको साथबाट नुर्फिन १८ एम्पुल, डाइजेपाम १८ एम्पुल र फेनेरागन १८ एम्पुल गरी जम्मा ५४ एम्पुल लागूऔषध नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ व्यास न.पा.९ कुसुण्डे स्थित भित्री सडक खण्डमा प्र ०२-०३-१७ प ८८३५ नं.को स्कुटर र ग. १६ प ८८२२ नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला तनहुँ व्यास न.पा.७ कलेस्ती बस्ने वर्ष ४६ को जुनलाल प्रधान घाइते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । दुबै सवारी साधन र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१३ बेल्डिहा स्थित पूर्व पश्चिम राजमार्गमा प्रदेश २-०३-००१ ह ३०५ नं. को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटो चालक जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.११ बस्ने वर्ष २९ को शिव महत्तो र अटोमा सवार जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१४ बस्ने वर्ष ६० को नरेश्वर आचार्य घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । अटो घटनास्थलमा नै रहेको ।
जिल्ला तनहुँ बन्दिपुर गाउँपालिका १ नाला स्थित पृथ्वीराजमार्गमा पोखराबाट डुम्रे तर्फ आउँदै गरेको ना.६ख ६४७१ नं.को ट्रकले बिपरित दिशा तर्फ जाँदै गरेको ग.११प ९५ न.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक जिल्ला कास्की पोखरा म.न.पा.१५ बस्ने वर्ष ३० को संजय रसाईली घाईते भई अवस्था मध्यम लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात थप उपचारको लागि एलाइब हस्पिटल चितवन रिफर गरेको, ट्रक चालक र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २७ बगदीखोला भन्ने स्थानमा ऐ.कुमाल गाँउ बस्ने वर्ष २७ को सरोज कुमालले लागूऔषध लुकाई छिपाई लिई हिडेको भन्ने सूचनाको आधारमा प्रहरी टोलि खटिगई ऐ.स्थानबाट निजले लिइ हिडेको सेतो कलरको प्लाष्टिकको झोला भित्र फेनरागन-४७ एम्पुल, नुर्फिन-४७ एम्पुल , डाईजोपाम-४७ एम्पुल गरी जम्मा १४१ एम्पुल सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका २५ हेम्जा भोटेक्याम्प स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग६प ८८०२ नं.को मो.सा. र ग१ज ५०५६ नं.को बलेरो जिप दुर्घटना भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको साथै मो.सा.मा सवार निम्न व्यक्तिहरु घाइते भई उपचारको लागि निम्न अस्पताल पठाएको बलेरो जिप, जिप चालक र मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१. मो.सा.चालक जिल्ला कास्की अन्नपुर्ण गा.पा.१० धान्द्रुक घर भई हाल पोखरा म.ना.पा.५ प्रस्याङ धारापानी मार्ग बस्ने वर्ष २६ को दिपक नेपाली, अवस्था सिरियास (मणिपाल अस्पताल) उपचारको क्रममा मृत्यु ।२.पछाडी सवार जिल्ला गुल्मी घर भई हाल पोखरा म.न.पा.१ बगर बस्ने वर्ष २२ को सुनिल नेपाली, अवस्था सिरियास (फिस्टेल अस्पताल) उपाचारमा हुँदै ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थित पृथ्वीराजमार्ग ट्राफिक सहितको चेकिङमा सवारी चेकजाँच गर्ने क्रममा पाल्पा रामपुरबाट पोखरा तर्फ जाँदै गरेको ग१ख ७७२१ नं.को बस भित्र सवार जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका ४ बस्ने वर्ष १८ को प्रदिप मानन्धरको साथबाट लागुऔषध(गाँजा)अन्दाजी ९७० ग्राम भेटिएकोमा निजलाई नियन्त्रणमा लिइ अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ वि.पि. मार्ग स्थितमा ग३प ७९७१ नं.को मो.सा. र ग११प २०३० नं.को मो.सा. एक-आपसमा ठक्कर खाँदा दुबै मो.सा. मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दुबै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।निम्नः-१.ग३प ६९६१ नं.को मो.सा.चालक जिल्ला रौतहट घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१४ वि.पी. मार्ग बस्ने वर्ष २८ को रुपेश वैठा, अवस्था मध्यम, मणिपाल शिक्षण अस्पताल रिफर, उपचारमा निजको भिनाजु पोनालाल बैठा संलग्न ।२.ग११प २०३० नं. को मो.सा. चालक जिल्ला तनहुँ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.५ मालेपाटन बस्ने वर्ष २३ को नारायण गुरुङ,अवस्था सामान्य ।३.ऐ. मो.सा.मा पछाडी सवार निजको श्रीमती वर्ष २३ की रितु गुरुङ, अवस्था सामान्य, उपचारमा निजको दाजु देव बहादुर गुरुङ संलग्न ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ८ वन कार्यालय नजिकै राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६३प ४३५१ नं.को स्कुटर आफै अनियन्त्रित भई पल्टदा स्कुटर चालक जिल्ला चितवन रत्ननगर नगरपालिका १० बस्ने वर्ष ४५ को सुर्य बहादुर लम्साल घाईते भई उपचारको लागि स्थानिय नवलपुर अस्पतालमा ल्याईएको, अवस्था गम्भिर, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका ५ मालेपाटन कालिका पेट्रोल पम्प अगाडी ग २२ प २७६२ नं.को स्कुटरलाई ग १ ख ९८६५ नं.को मिनिट्रकले ठक्कर दिदाँ निम्न ब्यक्तिहरु घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पतालमा पठाएको, दुवै सवारी साधन र मिनी ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको।निम्न:-१.स्कुटर चालक जिल्ला स्याङ्जा वालिङ न.पा.७ तिरासी बस्ने वर्ष २५ की कमला काफ्ले, अवस्था मध्यम ।२.सवार जिल्ला स्याङ्जा बिरुवा गा.पा. ६ चिन्नेवास बस्ने वर्ष १६ की समिक्षा लम्साल, अवस्था सिरियस ।
जिल्ला कास्की पोखरा महानगरपालिका १७ शहरी स्वास्थ्य केन्द्र फिस्टेल एकेडेमी बिरौटा नजिकै महतगौडाबाट पोखरा तर्फ आउदै गरेको ग१७प १२९९ नं.को मो.सा. र बिपरित दिशा तर्फ जादै गरेको ग१२प ४०२९ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि नमस्ते अस्पताल पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको ।निम्न;-१.ग१७प १२९९ नं.को मो.सा. चालक जिल्ला मुस्ताङ थासाङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१७ महतगौडा बस्ने वर्ष २४ को सैलेश शेरचन, अवस्था सामान्य ।२.ग१२प ४०२९ नं.को मो.सा. चालक जिल्ला चितवन माडी घर भई हाल जिल्ला कास्की पोखरा ९ न्युरोड बस्ने वर्ष ३२ को उमेश चौधरी, अवस्था बोल्न नसक्ने सिरियस ।३.सोही मो.सा.पछाडी सवार जिल्ला बारा कलैया बेलटारी घर भई हाल जि.कास्की पोखरा म.न.पा.९ न्युरोड बस्ने वर्ष २२ को चन्द्रिका बैठ, अवस्था सामान्य ।
जिल्ला तनहुँ व्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ग३च २६४७ न.को बलेरो जिप र बिपरित दिशाबाट आउदै गरेको बा४ख ८७८२ न.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मानविय क्षती नभएको,दुबै सवारी साधन क्षती भएको, दुबै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला बागलुङ तमानखोला गाउँपालिका १ बोङ्गादोभान स्थितमा बोङ्गादोभानबाट बुर्तिबाङ तर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ७७४९ नं.को मो.सा.ले पैदल यात्री ऐ.ढोरपाटन न.पा.४ भालिबाङ बस्ने वर्ष ३० की पिपला घर्ती लाई ठक्कर दिई फरार रहेको, घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भईरहेको, अवस्था मध्यम, उपचारमा निजको आमा संलग्न रहेको, उक्त मो.सा. र मो.सा. चालकको खो.त.कार्य भईरहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ गाछेपानी स्थित पृथ्वीराजमार्गमा पोखराबाट बेलचौतारा तर्फ आउदै गरेको ना६त १७३ नं.को ट्याक्टर र विपरीत दिशा तर्फबाट आउदै गरेको बा२१प ६१७५ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा. चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.९ बस्ने वर्ष ३४ को नेत्र बहादुर राना घाईते भई उपचारको लागि जी.पि.कोईराला राष्ट्रिय श्वासप्रवास केन्द्र दुलेगौडा लगिएको,अवस्था सामान्य, ट्याक्टर र मो.सा.प्रहरी नियन्त्रणमा,ट्याक्टर चालक फरार खोज तलास कार्य भईरहेको ।
जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुबै बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको, दुबै बस घटना स्थलमा रहेको ना ५ ख ४९४१ नं.को बस चालक नियन्त्रणमा रहेको ना ५ ख ८८३३ न.को चालक फरार खो.त.कार्य भइरहेको ।निम्न१.जिल्ला तनहुँ व्यास न.पा.९ बाइसजागर बस्ने वर्ष २७ को नविन श्रेष्ठ, अवस्था गम्भिर२.जिल्ला गोरखा धुँवाकोट बस्ने वर्ष ३० की हिरा खड्का, अवस्था मध्यम३.जिल्ला तनहुँ भानु न.पा.९ बस्ने वर्ष २१को अर्विन शाही, अवस्था मध्यम४.जिल्ला तनहुँ बाइसजाँगर बस्ने वर्ष ५९ की मिना श्रेष्ठ, अवस्था मध्यम५.जिल्ला गोरखा पालुङटार न.पा.५ बस्ने वर्ष ३५ की हर्षिका तामाङ, अवस्था मध्यम६.ऐ.बस्ने वर्ष ५२ की फुलमाया तामाङ, अवस्था मध्यम७.जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ बस्ने वर्ष २७ की निर्मला सुनार, अवस्था सामान्य८.ऐ.बस्ने वर्ष २३ को प्रदीप सुनार, अवस्था सामान्य९.जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने वर्ष ४८ की सानुमाया गुरुङ, अवस्था मध्यम१०.जिल्ला गोरखा बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा, अवस्था सामान्य ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ९२७ नं.को हाईस चेकजाँच गर्दा उक्त हाईसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.९ शान्ति टोल बस्ने वर्ष २८ को बुद्धिमान नेपालीले ल्याएको रातो झोला भित्र लुकाई छिपाई राखेको अन्दाजी २ के.जी.गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका १ मालढुङगामा सदरमुकामबाट मालढुङगा तर्फ जादै गरेको ग१ख.६६४७ नं.को बसले सोही दिशा तर्फ जादै गरेको बा.९०प२६२६ नं.को मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक ऐ.काठेखोला गा.पा.६ बिहु बस्ने वर्ष २० को सुजन कडेँल घाईते भई उपचारको लागी धवलागिरी अस्पताल बागलुङ लगिएको, अवस्था मध्यम रहेको, मो.सा., बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा कालीगण्डकी गाउँपालिका ५ जयपतेमा खटि गएको प्रहरीको गस्ती टोलीले लु ५२ प ५२११ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्ने क्रममा मो.सा.मा सवार निम्न २ जनाको साथबाट १ के.जी. ७५० ग्राम लागूऔषध सुकेको गाजा फेला पारी मो.सा.र मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न१.जिल्ला स्याङ्जा गल्याङ न.पा.२ बस्ने गराङदि बस्ने वर्ष २२ को असिम बि.क.। २.ऐ.बस्ने वर्ष २१ को सुमित बि.क.चालक ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर स्थित ग१७प ८८३ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला उदयपुर घर भई हाल पोखरा म.न.पा.१५ बस्ने वर्ष ३४ को बम बहादुर लुङगेली घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगेको, स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला म्याग्दी बेनी नगरपालिका ४ पौडेल चोक बस्ने गुप्त बहादुर क्षेत्रीको छोरा वर्ष २१ को राज कुमार क्षेत्री (अविवाहित) आफ्नै घरको आफु सुत्ने कोठामा काठको बलोमा रातो सलको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका १४ मझेरी पाटन स्थितमा जिल्ला बाग्लुङ भिमगिठ्ठे घर भई हाल पोखरा म.न.पा.१४ मझेरीपाटन स्थित छहरे पानी भैँसी फर्ममा काम गर्ने वर्ष २१ को अशोक गुरुङ भैँसी फर्म गोठको फलामको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने स्थानीय मार्फत सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाडा स्थित ऐ. बस्ने कर्ण बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष २६ को निनु कुमार श्रेष्ठले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई निजको कोठा खनतलासी गर्ने क्रममा निम्न अनुसारको खाली म्याग्जिन सहितको हतियार र लागूऔषध फेला पारेको, उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्नः-१.डाईजेपाम १३३ एम्पुल ,नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल ।२.नाईट्रोभेट ट्याबलेट १९२ चक्की ।३.spasmo-proxyvon plus ५४ चक्की । ४.इटलीयन Auto pistol 7.05mm- थान १,(ऐ.पेस्तोलको म्याग्जीन सहितको) ।
जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउदै गरेको ग१ख ४५३४ नं.बस चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला झापा दमक नगरपालिका २ बस्ने वर्ष २० को चन्दन चौधरीले बोकी ल्याएको रातो कलरको जेब्रा झोला भित्र सेतो कलरको प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याएको अन्दाजी १ के.जी.गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।
जिल्ला कास्की रुपा गाउँपालिका १ ट्यारे गाँउ स्थित तालबेशिबाट लमजुङ तर्फ जाँदै गरेको प्र.२-०३-००१ त २३९६ नं.को खाली ट्याक्टर आफै अनियन्त्रित भई दाँया साईडमा पल्टन गई दुर्घटना हुँदा ट्रयाक्टर चालक जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका ६ काउरे बस्ने वर्ष २२ को सन्तोष परियार घाईते भई अचेत अबस्थामा उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रमामा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.८ बस्ने वर्ष ५२ को झमक नाथ रिजाल ऐ.ऐ.१० वाणखोला स्थित रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला बागलुङ वडिगाड गा.पा.२ खर्वाङ स्थित मध्य पहाडी लोक मार्गमा लु. २ च १४४६ नं.को जिप र लु. २ प ५९५५ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जि.गुल्मी मुसिकोट न.पा.४ बस्ने वर्ष २१ को अशोक कार्की घाईते भई लुम्बिनी मेडिकल कलेज बुटवलमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी (पूर्व) गैडोकोट न.पा.१४ अमरापुरी स्थित पूर्व-पश्चिम राजमार्गमा स. ९ प ९३८८ नं.को मो.सा.ले ना. ४२ प २४३२ नं.को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जि.न.प.(पूर्व) गैडोकोट न.पा.१४ अमरापुरी बस्ने वर्ष ३० को चिन्तामणि पौडेल घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधान र मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.१८ सराङकोट गोठाडी मजुवा बस्ने वर्ष २६ को सगुन थापा आफ्नै घरको फलामको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा म.न.पा.६ डिहिगोपाटन स्थित ग. १७ प ४२०४ नं.को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ऐ.ऐ.१६ बाटुलेचौर बस्ने वर्ष २० को राजन पाण्डे घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला नवलपरासी (पूर्व) मध्यविन्दु न.पा.१० स्थित पूर्व-पश्चिम राजमार्ग लु. १ च ३३३७ नं.को बलेरो र लु. ४५ प ६६५८ नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.न.प.(पूर्व) विनयीत्रिवेणी गा.पा.१ बस्ने वर्ष ३६ को राजकुमार बि.क.र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष ३२ को मिलन गुरुङ गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला कास्की पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्स अगाडी दमौलीबाट पोखरा तर्फ आउदै गरेको ग१ख ४२४३ नं.को बसको सहचालक जिल्ला तनहुँ भिमाद बस्ने वर्ष २२ को अमृत नेपाली अचानक सोहि गाडीको ढोकाबाट खस्न गई घाईते भई उपचारको लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाईएको, अवस्था मध्यम, बस प्रहरीको नियन्त्रणमा र चालक उपचारमा संलग्न रहेको ।
जिल्ला बागलुङ बागलुङ नगरपालिका १३ रोकापालामा मालढुङ्गाबाट बलेवा तर्फ जादै गरेको ध१त ४३० नं.को ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको ध१प ५९३५ नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा.चालक ऐ.१३ बस्ने वर्ष ४२ को वालकृष्ण रेग्मी घाईते भई उपचारको लागि धवलागिरी अस्पताल बागलुङ लगिएको, अवस्था मध्यम, ट्याक्टर, मो.सा.र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको ।
माघ ४, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.४ बस्ने वर्ष अं.६७ को विर बहादुर दरै आफ्नै गोठ नजिकै रहेको दबदबेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ २०, जिल्ला कास्की पोखरा म.न.पा.११ रानीपौवा स्थित ग. ३ च २७४२ नं.को भ्यानले पैदल यात्री जिल्ला धनकुटा जोरपाटी गा.पा.५ घर भई हाल जि.कास्की पोखरा म.न.पा.११ रानीपौवा बस्ने वर्ष ३९ कि रमादेवी श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । भ्यान चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ ४, जिल्ला बागलुङ बागलुङ न.पा.४ कुडुलेचोक स्थित ध. १ प ७६८८ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. ७ ढिकीचौर बस्ने वर्ष ५० को याम प्रसाद शर्मालाई ठक्कर दिँदा घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ ३, जिल्ला पर्वत मोदी गा.पा.५ अम्बोट स्थित पोखरा-बाग्लुङ सडक खण्डमा ग. ६ प ५५७३ नं.को मो.सा.लाई ग. २ ख १०१३ नं.को बसले ठक्कर दिँदा मो.सा.चालक जि.पर्बत माहाशिला गा.पा.२ भोक्सीङ बस्ने वर्ष ३८ को प्रितम गुरुङ गम्भीर घाईते भई जिल्ला अस्पताल पर्बतमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माघ २, जिल्ला पर्बत फलेबास न.पा.११ पाङराङ बस्ने वर्ष ४८ कि सरिता कुँवर ऐ.ऐ.स्थित रहेको बेसरीको जङगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ १, जिल्ला बागलुङ काठेखोला गा.पा.५ रगेनी स्थित मध्य पहाडी राजमार्गमा ग. १ क ५२६८ न.को टिप्पर दुर्घटना हुँदा टिप्पर चालक जि.धादिङ थाक्रे गा.पा.७ बस्ने वर्ष २२ को राजिब वाईवा घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । टिप्पर घटनास्थलमा रहेको ।
माघ १, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.९ प्रगतीटोल बस्ने वर्ष ४५ को प्रेम बहादुर घर्ती आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
माघ १, जिल्ला स्याङजा भिरकोट न.पा.२ बयरघारी बजारमा ना. ४ ख ७१५९ न.को ट्रकले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ६० कि टिकमाया गुरुङलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।