प्रहरी कार्यालय
बागलुङ न.पा.२ गोल्डेन गेट स्थित ना. ४२ प ९३३७ नं. स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक ऐ. ऐ.४ उपल्लाचौर बस्ने बर्ष २३ को राजु कडेल घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।
माछापुच्छ्रे गा.पा.३ खैरीबोट स्थित ऐ.ऐ. बस्ने बर्ष अं. ३१ कि लक्ष्मी दमै आफ्नै घरको फलामको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यबिन्दु न.पा.७ बिजय सामुदायिक वनमा नाम थर वतन नखुलेको अं.५० बर्षको पुरुष व्यक्तिको शव फेला परेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यबिन्दु न.पा.७ चोरमारा चोक स्थित पूर्व पश्चिम राजमार्गमा ग. १ ख ५९६६ नं.को ट्रकले ऐ.ऐ.१४ बस्ने बर्ष ७० को डिल बहादुर पाटामगरलाई ठक्कर दिंदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १४ खसीबजार स्थित ग. ९ प ८३९९ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.बस्ने वर्ष २३ को प्रमिश गुरुङ घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
गैडाकोट न.पा.१८ दमार स्थित महेश्वर खोलामा नुहाउन जाने क्रममा ढुङ्गामा चिप्लिई लड्न जाँदा जिल्ला धादिङ वेनिघाट रोराङ गा.पा.८ घर भई हाल जि.न.प.(पूर्व) गैंडाकोट न.पा.१८ संरक्षण निर्माण सेवामा काम गर्ने वर्ष २० को मिलन गुरुङ घाइते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको ।
बेनी न.पा ४ सिंगा तातोपानी स्थित ध. १ ज ५५२ नं.को ट्याक्सीले जिल्ला म्याग्दी धौलागिरी गा.पा ६ मराङ घर भई सिंगा तातोपानीमा नुहाउन आएका बर्ष ७७ को कृते जुग्जाली लाई ठक्कर दिंदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्याक्सी प्रहरीको नियन्त्रणमा ।
पैँयु गा.पा.५ क्यामुनी बस्ने बर्ष ५३ को बोजलाल तिवारी घर नजिकै रहेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गल्कोट न.पा.८ बडगाँउ स्थित मध्यपहाडी लोक मार्गमा ग. १ ज ६१६५ नं.को जिप र लु ७९ प ७१८९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला बागलुङ गल्कोट न.पा.६ ठुलाथर बस्ने वर्ष २५ को रोमन श्रीष घाईते भई इमरर्जेन्सि पोलिक्लिनिक हटीया बागलुङमा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
घिरिङ गा.पा.५ मोसबारी बस्ने वर्ष ७५ को गोपाल राना आफ्नै बारीमा खनायोको रुखमा चडी घास झार्ने क्रममा लडि घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरा उपचार भईरहेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१५ बाकखोर स्थित नारायणी नदीको किनारमा हाल नामथर वतन नखुलेको अं.वर्ष ४० कि महिलाको शव सडिगली सकेको अवस्थामा फेला परेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.-२७ रिठ्ठेपानी बस्ने बर्ष ५८ को पुर्ण बहादुर कुमाल आफ्नै घरको फलामको डन्डिमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यनेपाल न.पा.२ पराजुलीटार स्थित सोतिपसल कुन्छा सडक खण्डमा बा. ८३ प. ५४४७ नं.को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ शुक्ला गण्डकी न.पा.१ बस्ने बर्ष ३६ को बृजमान गुरुङ र मो.सा.पछाडि सवार जिल्ला लमजुङ मध्यनेपाल न.पा.२ सोतिपसल बस्ने बर्ष ३४ को तिल बहादुर गुरुङ घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा. २५ हेम्जा म्याग्दी चोक स्थित ध. १ ज ११२६ नं. को जिपले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ९ को सौगात पाण्डेलाई ठक्कर दिंदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सुन्दरबजार न.पा.९ पैरे स्थित ग. १ त ३०२३ नम्बरको ट्याक्टर आफै दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला लमजुङ दुधपोखरी गा.पा.६ ओखरी बस्ने वर्ष २१ को जिवन परियार गम्भीर घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
पोखरा म.न.पा.१४ चाउथे स्थित ग. १६ प ६७९९ नं. को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५३ को रमेश अर्याललाई ठक्कर दिंदा घाईते भई पार्कल्याण्ड अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
माछापुच्छ्रे गा.पा.८ घलेल स्थित प्रदेश १-०२-००३ त ९८३ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला ईलाम सन्तपुर गा.पा.१ घर भई हाल जि.कास्की माछापुच्छ्रे गा.पा.९ कालीमाटी बस्ने वर्ष २५ को मनिराज राई घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा रहेको ।
बागलुङ न.पा.१४ कैयापुल स्थित कालिगण्डकी नदिको किनारमा जिल्ला बागलुङ जैमिनी न.पा.७ जैदी घर भएकी वर्ष अं.३२ कि सिता नेपालीको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।
देवचुली न.पा.२ दुम्कौली स्थित पूर्व पश्चिम राजमार्गमा HR38T7715 नं.को भारतीय ट्रकले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री ऐ.ऐ.१६ रजहर बस्ने वर्ष अं.५५ कि डालीमायाँ दमै गम्भीर घाइते भई जिल्ला अस्पताल डण्डा नवलपरासी (पूर्व) मा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । भारतीय ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.३ दुर्लुङ बस्ने बर्ष ५२ को ईन्द्र बहादुर गुरुङ आफ्नै घरको काठको बलोमा सलको पासो लागाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गलकोट न.पा.२ नरेठाटी स्थित घ. २ प ३०९६ नं. को मो.सा ले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष १० को समिर सुनारलाई ठक्कर दिंदा घाईते भई पश्चिमाञ्चल सामुदायिक हस्पिटल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ९ महेन्द्रपुल स्थित ग. १ ख ६७०३ न.को बसले पैदलयात्री जिल्ला कास्की पोखरा म.न.पा.-१९ लामाचौर बस्ने वर्ष ७३ को भक्त बहादुर पुनलाई ठक्कर दिंदा घाइते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । बस र चालक प्रहरीको नियन्त्रणमा ।
विनयी त्रिवेणी गा.पा.१ स्थित ना. ५ ख ६५६७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार निम्न यात्रुहरु घाईते भई दुम्किबास पोलिक्लिनिकमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।निम्न घाईतेहरुः १.जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु न.पा.१२ बस्ने वर्ष २० कि सरस्वती थारु, अवस्था सामान्य । २.ऐ.१३ बस्ने वर्ष २२ कि आरती वि.क., अवस्था सामान्य । ३.ऐ.१० बस्ने वर्ष १८ कि दिया वि.क. अवस्था सामान्य ४.ऐ.बस्ने वर्ष ३० कि शर्मिला वि.क.,अवस्था सामान्य । ५.ऐ.६ बस्ने वर्ष ५२ कि यमकाल पाण्डे, अवस्था सामान्य । ६.ऐ.८ बस्ने वर्ष ४८ कि हरिमाया मरासिनी, अवस्था सामान्य । ७.ऐ.१० बस्ने वर्ष ७५ की मनु रसाईली, अवस्था सामान्य । ८ ऐ.१० बस्ने वर्ष ७० कि कलिमाया वि.क., अवस्था सामान्य । ९.ऐ. विनयी त्रिवेणी गा.पा.३ बस्ने वर्ष २७ कि सविता कुमाल, अवस्था सामान्य । १०.ऐ. बस्ने वर्ष ३० को सन्तोष कुमाल, अवस्था सामान्य । ११.जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष ४६ कि माया गुरुङ, अवस्था सामान्य । १२.जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.१ बस्ने वर्ष ३० कि विष्णुदेवी पौडेल, अवस्था सामान्य । १३.ऐ.२ बस्ने वर्ष ५३ कि पार्वती वि.क., अवस्था सामान्य ।
मध्यविन्दु न.पा.३ बस्ने वर्ष अं.२१ कि मालती देवी महतोले आफ्नै घरको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
विनयी त्रिवेणी गा.पा.२ बाह्रघरे स्थित भित्री सडकखण्डमा ना. १६ प ९५४ नं.को स्कुटी र लु. १९ प ६१७४ नं.को मो.सा. एक आपसमा ठक्कर खाँदा स्कुटी चालक जि.न.प.(पूर्व) विनयी त्रिवेणी गा.पा.२ बस्ने वर्ष ४० को रंग प्रसाद अर्याल र मो.सा.चालक ऐ.सुनटाँडी बस्ने वर्ष २८ को मनोज थापा मगर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा ।
विनयी त्रिवेणी गा.पा.३ धविया बस्ने अं. वर्ष ४३ को टेक बहादुर सुनारी घरदेखी नजिकै रहेको सालको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१६ गैँडाचोक स्थित पूर्व-पश्चिम राजमार्गमा RJ10GB2133 नं.को कन्टेनरले पैदल यात्री जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गा.पा.१ बेलुवा घर भई हाल जि.नवलपरासी (पूर्व) कावासोती न.पा.१६ डण्डा सार्वजनिक शौचालयमा बस्ने वर्ष अं.४५ कि सुमन परियारलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । कन्टेनर र चालक प्रहरीको नियन्त्रणमा ।
बडिगाड गा.पा.२ दनिया बस्ने वर्ष अं.३० कि कोपिला राना आफ्नै घरको काठको बलोमा पछ्यौरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
गैडाकोट न.पा.१ मिलन चोक स्थित भित्री सडक खण्डमा ग. २० प ६०३४ नं. को मो.सा.ले पैदल यात्री जिल्ला तनहुँ स्थायी घर भई हाल जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा.१ बस्ने वर्ष ५१ को नवराज थापालाई ठक्कर दिंदा घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा ।
ढोरपाटन न.पा.६ चामेद्धार स्थित ध. १ त ५११ नं.को ट्याक्टरले पैदल यात्री जिल्ला बागलुङ ढोरपाटन न.पा.६ काफलबोट बस्ने वर्ष १३ को लक्ष्मण बि.क.लाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको। ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । ट्याक्टर प्रहरीको नियन्त्रणमा ।
सुन्दरबजार न.पा.९ सिउडिबार स्थित ग. २० प ४४०९ नं.को मो.सा.ले पैदलयात्री जिल्ला लमजुङ सुन्दरबजार न.पा.१ ढाडफेदी बस्ने वर्ष ५० की गोमा थापालाई ठक्कर दिँदा घाईते भई शहिद मनमोहन मेमोरियल अस्पताल काठमाण्डौमा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा ।
भिरकोट न.पा.४ टुरटुरेधारा स्थित सिद्धार्थ राजमार्गमा ग. १० प ७७५० नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा भिरकोट न.पा. १ बयरघारी बस्ने वर्ष ३६ को चन्द्र बहादुर बि. र मो.सा.पछाडी सवार जिल्ला स्याङ्जा चापाकोट न.पा.४ बस्ने वर्ष ४० को देव बहादुर बि.क.घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मध्ये नेपाल न.पा.७ रामबजार स्थित ईशानेश्वर मन्दिर नजिकै नाम थर वतन नखुलेको अं.५० वर्षको कान चिरेको जोगी जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.४ पाथीभरा मन्दिरचोक बस्ने वर्ष ५१ को चन्द्र बहादुर खत्री आफ्नै घरको पंखाको हुकमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बन्दिपुर गा.पा.४ ठुलोढुङ्गा स्थित पृथ्वी राजमार्गमा ग. १४ प ४९४३ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला स्याङ्जा बिरुवा गा.पा.१ बस्ने वर्ष ५२ को लोक बहादुर राना घाईते भई ग्यालेक्सी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला पर्वत कुश्मा न.पा.५ मोदिबेणी स्थित मोदिखोलाको किनारमा जिल्ला पर्वत फलेवास न.पा. १० कुर्घा बस्ने वर्ष १८ को प्रतिक चपाई (कक्षा ११ मा पढने ) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला म्याग्दी बेनी न.पा.१ अर्जम बस्ने वर्ष १९ की (अविवाहित) धनजिता थापा मगर आफ्नै घरको आफु सुत्ने कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला पर्वत फलेबास न.पा.६ भुषालचौर बस्ने वर्ष ३२ की अनिता दर्जी आफ्नै घरको कोठाको बासको बलोमा रातो सलको पासो लगाई झुण्डिएको अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
सडक दुर्घटनाबाट हुने क्षति न्युनिकरण तथा सडक दुर्घटनामा प्रहरी कार्य दर्शाउने उद्देश्यका साथ गण्डकी प्रदेश आन्तरिक मामीला मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गण्डकी प्रदेश, गगनगौंडा कास्कीको आयोजनामा स्याङजा जिल्ला पुतलीबजार नगरपालिका-०४ मा सडक दुर्घटना उद्धार नमूना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।ठुलो जनधनको क्षति सहित हुने गरेका सडक दुर्घटनामा प्रहरीद्वारा क्षति न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त नमूना अभ्यासमा प्रहरीले ट्राफिक व्यबस्थापन र घटना अनुसन्धानमा निर्वाह गर्नुपर्ने भूमिका प्रदर्शन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वुद्धिराज गुरुङले विपद जुनसुकै समयमा पनि आईपर्न सक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन सहित मानसिक र शारीरिक रुपमा तयार रहन सबैमा आग्रह गर्नुभयो ।
जिल्ला गोरखा आरुघाट गा.पा.६ खाल्पु बस्ने दिनेश बरामको छोरी वर्ष ११ की निरुता बराम आफ्नै घरको कोठामा कपडाको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।