प्रहरी कार्यालय
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले पर्वत जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी ठुलिपोखरीको नव-निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।गण्डकी प्रदेश सरकारको नियमित बजेट बाट पर्वतको कुश्मा नगरपालिका-१२, ठुलिपोखरीमा निर्माण सम्पन्न उक्त प्रहरी चौकीमा प्रहरी कार्यालय भवन, मेष, ब्यारेक लगायतका भवनहरु निर्माण गरिएको हो । उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक जोशीले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।कार्यक्रम पश्चात प्रहरी नायवमहानिरीक्षक जोशी लगायत अन्य उपस्थित अतिथिहरुले नवनिर्मित भवन परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण समेत गर्नुभएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द अधिकारी, पर्वत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, कुश्मा नगरपालिकाका उप- मेयर स्वस्थानी रिजाल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपाने, पर्वत जिल्ला स्थित रहेका बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, स्थानिय जनप्रतिनिधि लगायत आम नागरिकहरुको उपस्थिति रहेको थियो ।
लमजुङ मध्यनेपाल न.पा.९ भदौरे बस्ने वर्ष २५ को राम प्रसाद गुरुङ आफ्नै घरको माथिल्लो तलाको काठको बलोमा बिजुलीको तारले पासो लगाई झुण्डि मृत अवस्था छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेजमा सञ्चालन भएको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख रामदत्त जोशीले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेपाली सेनाका ६५ जना शिक्षार्थी अधिकृत तथा तालिम शिक्षकको उपस्थिति रहेको थियो ।
प्रहरी प्रधान कार्यालयको अन्तर प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन तथा प्रहरी ब्याटन निरीक्षण टोलीले गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण सम्पन्न गरेको छ । अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी, प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी सहितको प्रहरी टोलिले गण्डकी प्रदेश प्रहरी कार्यलयको निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यलयबाट आएको प्रहरी टोलीले गण्डकी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानरीक्षकबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरुमा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण टोलीले कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो ।निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो । निर्देशन सम्बोधनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यसका साथै पोशाकमा रहेको प्रहरी देखेपछि पिडितले विश्वास गर्ने र पिडक तथा अपराधि डराउने वातावरणको सिर्जना गर्न सम्पूर्ण प्रहरी कर्मचारीले ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । यहि भदौ १९ गते मात्र गण्डकी प्रदेश प्रवेश गरेको प्रहरी कार्यालय कार्यदक्षता मूल्यांकन टोलीले १९ गतेनै विशेष सुरक्षा प्रहरी गण तनहूं, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय गगनगौडा र ईलाका प्रहरी कार्यालय बेलचौताराको निरीक्षण गरिसकेको छ । मूल्यांकन टोलीले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण गरी भाद्र २१ गते जिल्ला प्रहरी कार्यालय स्याङजा, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङको निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ब्याटन निरीक्षण टोलीबाट देशभरीका प्रहरी कार्यालयहरुको कार्यदक्षता मूल्यांकन गरीसकेपछी अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय घोषणा गरी प्रहरी दिवसको दिनमा उक्त प्रहरी कार्यालयलाई र कार्यलय प्रमूखलाई पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ । प्रहरीमा ‘पुलिस ब्याटन’ लाई उच्च मूल्यांकनसहितको पुरस्कार मानिन्छ ।
कावासोती न.पा.१६ स्थित ना ७ ख २७४१ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१४ बस्ने वर्ष २५ को विशाल भण्डारीको साथबाट डाइजापाम २० एम्पुल, फेनारागन २० एम्पुल र नुर्फ्रिन २० एम्पुल गरी जम्मा ६० एम्पुल लागू औषध फेला परेको । सो सम्बन्धमा निज बिशाल भण्डारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धआन भईरहेको ।
सुन्दरबजार न.पा.८ रामदी स्थित ग. १७ प ५३५७ न.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६५ को देब बहादुर बोहोरालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भई उपचारको कर्मदा अस्पताल प्रा.लि.सुन्दरबजार लमजुङमा उपचार भईरहेको । मो.सा.चालक प्रहरीको नियन्त्रणमा रहेको ।
मध्यबिन्दु न.पा.५ पुरानो सेतापानी बस्ने वर्ष अं.६५ कि सोम कुमारी महत्तोले आफ्नै घरको कोठा भित्र काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्था छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.८ हलचोक स्थित पूर्व पश्चिम राजमार्गमा नं.नखुलेको मो.सा.ले पैदल यात्री जि.न.प.(पूर्व) मध्यबिन्दु न.पा. १२ तमासपुर घर भई हाल ऐ.कावासोती ८ बस्ने वर्ष ८० को बुद्विलाल श्रेष्टलाई ठक्कर दिदा घाइते भई काली गण्डकी अस्पताल कावासोतीमा उपचार भईरहेको । फरार मो.सा.चालकको खोजतलास भईरहेको ।
पोखरा म.न.पा. २८ कालिका स्थित ग. ३ च ३६९८ न.को हाईलक्सले ग. ८ प ७११७ न. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जि.कास्की पोखरा २८ कालिका बस्ने वर्ष २५ को सरोज सुनार घाइते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । हाईलक्स चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला स्याङ्जा गल्याङ न.पा.४ निबुवाखर्क घर भई हाल ऐ.ऐ.३ भानु स्थित नुरदेव भट्टराईको घरमा होटल गरी बस्ने वर्ष १९ कि विष्णुदेवी न्यौपाने घरको छतको रेलिङमा सलको पाँसो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
भाद्र १८, बागलुङ न.पा.१ रामरेखा स्थित लु. १ ज ४३३१ नं.को जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार निम्न मानिसहरु घाईते धवलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।निम्न:१.चालक जिल्ला बागलुङ निसिखोला गा.पा.१ बस्ने वर्ष २२ को प्रदिप वि.क., अवस्था मध्यम ।२.जिपमा सवार जिल्ला बागलुङ निसीखोला गा.पा.३ बस्ने वर्ष ४७ को शिव बहादुर शाही, अवस्था सामन्य । ३. जिल्ला बागलुङ निसीखोला गा.पा.३ बस्ने वर्ष ४३ की बिना कुमारी शाही, अवस्था सामान्य ।
भाद्र १७, माछापुछ्रे गा.पा.-३ घाचोक स्थित ऐ.ऐ. बस्ने बर्ष-६५ कि मैना सिंह बि.क.लाई घांस काट्ने क्रममा अरिङगालले टोकी बिरामी भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।
देवचुली न.पा. १७ बस्ने वर्ष अं.१७ कि पुष्पा सुनार आफ्नै घरको भान्छा कोठा भित्र काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्था छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.१ तालघरे जोसी पेट्रोलपम्प स्थित पृथ्वी राजमार्गमा one test स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदाँ स्कुटर चालक जि.तनहुँ ब्यास न.पा.१ तालघरे बस्ने वर्ष ३२ को प्रकाश क्षेत्री घाइते चरक अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।
ऋषिङ गा.पा.२ काँहु बस्ने वर्ष ४१ को ओम बहादुर रानाको छोरी वर्ष १४ कि नन्जिता राना आफु सुत्ने कोठामा रहेको काठको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
भाद्र १५, पोखरा म.न.पा.८ न्युरोड स्थित बाबा हार्डवयरको अगाडी ग. १७ प ७८६३ नं.को मो.सा.ले पैदलयात्री जि.स्याङजा घर भई हाल ऐ.ऐ. बस्ने वर्ष ५० को विष्णु प्रसाद ढकाललाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
व्यास न.पा.४ बाघभज्याङ स्थित भित्री सडक खण्डमा ग. १९ प५५४५ नं.को मो.सा.ले पैदल यात्री जि.तनहुँ व्यास न.पा.१० बस्ने हरि दराईको छोरी वर्ष ५ की सरिया दराईलाई ठक्कर दिदाँ घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा. र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
जिल्ला गुल्मी घर भई हाल जि.स्याङजा चापाकोट न.पा.९ राधाकृष्ण टोल स्थित बेद प्रसाद श्रेष्ठको घरमा डेरा गरी बस्ने वर्ष २३ कि बिमा परियार आफु सुत्ने कोठाको पंङ्खामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.८ ज्ञानोदय स्कुल पछाडि भित्री सडकखण्डमा लु. १ ह १६७६ नं.को अटो र लु. १ च ४६२५ नं.को बलेरो ठक्कर खाँदा अटो चालक जि.नवलपरासी (पूर्व) कावासोती न.पा.८ बस्ने वर्ष ३३ को शोभाकान्त काफ्ले घाईते भई कालीगण्डकी अस्पताल नवलपरासी (पूर्व) मा उपचार भईरहेको । बलेरो र बलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको ।
वालिङ न.पा.६ कालीमाटी स्थित सिद्धार्थ राजमार्गमा लु. ४ प ९७१७ नं.को मो.सा.ले पैदलयात्री जि.कास्की पोखरा म.न.पा.१७ बस्ने माया नेपाली को छोरा वर्ष ५ को रबि नेपालीलाई ठक्कर दिँदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
कुश्मा न.पा.२ खुर्कोट घर भई हाल जिल्ला पर्वत कुश्मा न.पा.५ भण्डारी टोल डेरा गरी बस्ने जमुना सुवेदीको छोरा वर्ष ४ को जेनी सुबेदीलाई ध. १ प ३९५ नं.को मो.सा.ले ठक्कर दिँदा मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
पोखरा म.न.पा. ७ राधाकृष्ण मार्ग स्थित जिल्ला बाँके घर भई हाल पोखरा म.न.पा. ७ राधाकृष्ण टोल बस्ने वर्ष २९ को बिशाल रानाको कोठामा चेकजाच गर्दा फाईबरको झोला भित्र डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल, नुरफिन ६० एम्पुल गरी जम्मा १८० एम्पुल लागू औषध फेला परेको । निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.११ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा ग. १८ प ११२३ मो.सा.ले पैदल यात्री ऐ.ऐ.१२ कमलबारी बस्ने बर्ष २९ को बिकाश थापालाई ठक्कर दिँदा घाईते भई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ८ न्यूरोड स्थित भाटभटेनी अगाडी ग. १ ख ३८२९ नं. को बसले पैदल यात्री जिल्ला गुल्मी घर भई हाल पोखरा ४ सिद्धार्थ चोक बस्ने वर्ष १८ कि सम्झना कार्कीलाई ठक्कर दिँदा घाईते भई मोडेल अस्पताल न्युरोडमा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.८ बगालेथोक स्थित भित्री सडक खण्डमा लु. १ ह १६७२ नं.को अटोले पैदलयात्री ऐ.ऐ.बस्ने ईन्दिरा परियार कि छोरी वर्ष ४ कि एन्जल दर्जीलाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । अटो र चालक प्रहरीको नियन्त्रणमा रहेको ।
देवचुली न.पा.१६ रजहर चोक स्थित ऐ.बुलिङटार गा.पा.२ घर भई हाल गैडाकोट न.पा.१३ बेल्डिया बस्ने वर्ष २५ को दिपक सार्कीलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट ट्रमाडोल ६५ ट्याबलेट, एनार्गण ६४ ट्याबलेट, POCO कम्पनीको मोबाईल थान २, Redmi कम्पनीको मोबाईल थान १ र कपाल काट्ने मेसिन थान १ फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
आरुघाट गा.पा. ५ आरुआर्वाङ स्थित ऐ.ऐ.बस्ने वर्ष ६८ को मंगल बहादुर बराम आफ्नै गोठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
मर्स्याङदी गा.पा.३ जलकिनी स्थित ग. ६ प ९१७३ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष १३ को सुयोग तामाङलाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल लमजुङमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कावासोती न.पा.१६ कोटटाँडी स्थित पूर्व-पश्चिम राजमार्गमा ग. १ ख ८९०८ नं.को बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.बागलुङ बागलुङ न.पा.१ बस्ने वर्ष ३२ को निशान खड्काको साथबाट नुफिन ३७ एम्पुल, फेनरागन ३७ एम्पुल, डाईजापाम ३७ एल्पुल गरी जम्मा १११ एम्पुल लागू औषध र प्रयोग गरेको सिरिन्ज थान ३ बरामद भएको । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.२५ हेम्जा स्थित ग. १० प ४१४५ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ. बस्ने नर्मल कार्कीको छोरी बर्ष २ कि निमिसा कार्कीलाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नुवाकोट बेलकोट गढी गा.पा.८ त्रिशुली स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.३ बेसारेगौडा स्थित डेरा गरी बस्ने वर्ष २२ को सुमित सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बडिगाड गा.पा.७ भिमगाड बजार स्थित मध्यपहाडी लोकमार्गमा प्रदेश नं.३ ००२-६७३८ नं.को मो.सा.ले ऐ.निसीखोला गा.पा.७ भाज बस्ने पैदल यात्री वर्ष १० कि प्रमिला वि.क.लाई ठक्कर दिँदा घाईते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखेरेनी गा.पा.१ बरादी स्थित पृथ्बी राजमार्गमा बा. ७ च ७७५७ नं.को कारले पैदल यात्री ऐ.ऐ.२ बस्ने बर्ष ५४ को मन बहादुर सिजाली मगरलाई ठक्कर दिँदा घाइते भई लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
गोरखा न.पा.१२ एघारकिलो बस्ने वर्ष अं.५६ को सुक बहादुर कुमाल आफ्नै घर नजिकै रहेको बकैनाको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१ कस्केरी स्थित सेती नदिको किनारमा ऐ.ऐ.२५ हेम्जा बस्ने वर्ष अं. ५० को टंक बहादुर वि.क.मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बिरुवा गा.पा.१ गोब्रेखोला स्थित राङखोला-बिरुवा भित्री सडकखण्डमा ग. १८ प ५३४७ नं.को मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ. बस्ने वर्ष २२ को संजोक खत्री घाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
वालिङ न.पा.८ मोड स्थित सिद्धार्थ राजमार्गमा ग. १३ प ५१०६ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६ को दशामिन नेपालीलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।