प्रहरी कार्यालय
भिमाद नगरपालिका ५ मिथलुङ स्थितमा ग्रामीण विधुतीकरण आयोजना व्यवस्थापन निर्देशनालयको कर्मचारी जिल्ला स्याङजा हरिनास गाउँपालिका १ केक्मी घर भई हाल जिल्ला तनहुँ भिमाद नगरपालिका ५ मिथलुङ बस्ने बर्ष २२ को गोबिन्द मगर बिजुलीको पुरानो पोल फेरि नयाँ पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागि घाईते भई उपचारको लागि जि.पी.कोईरला स्वास प्र-स्वास केन्द्र बेलचौतारा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।
तनहुँ ब्यास नगरपालिका ११ फराकचौर स्थित घासीकुवा- फराकचौर भित्री सडक खण्डमा घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग १ क ३६८३ नं.को माया युनिभर्सल एकेडेमी बोर्डीङ स्कुल दमौलीको बस र फराकचौरबाट घाँसीकुवातर्फ आउदै गरेको ग १५ प ६५०४ नं.को मो.सा एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिहरु घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौलीतर्फ पठाएको, घटनास्थलमा प्रहरी टोली खटि गएको, बस घटनास्थलमा नै रहेको, मो.सा.र बस चालक प्रहरीको नियन्त्रणमा ।निम्न घाइते :-१.मो.सा. चालक जिल्ला तनहुँ ब्यास नगरपालिका ११ बस्ने बर्ष २२ को सुजन सुनार, अवस्था सामान्य ।२.मो.सा.पछाडी सवार ऐ.बस्ने बर्ष २३ को बिक्रम सुनार, अबस्था गम्भिर रहेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ।
मिति २०७८।०६।१७ गतेबाट गण्डकी प्रदेश प्रहरी गण पोखरामा सञ्चालन भएको २३४ कार्याबधीको “प्रहरी जवान आधारभुत तालीम ७-०३ औं समुह” मा सहभागी प्रशिक्षार्थी प्रहरी जवान पवित्रा थापाको नियमित शारीरीक अभ्यासको क्रममा स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना गरिएकोमा यही असार ३० गते मृत घोषणा भएको । मृतकको पार्थिव शरिरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक दिल्लीराज पन्तले नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गर्नुभयो । सोही क्रममा निजको अन्तिम संस्कार स्थलमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो । प्रशिक्षार्थी प्रहरी प्रहरी जवान पवित्रा थापाको मृत आत्माको चिर शान्ति कामना तथा हार्दिक श्रद्धाञ्जली ।
मध्यबिन्दु न.पा.१ ध्वजमान चोक स्थित भित्री सडकखण्डमा लु. ४३ प ३६९७ नं.को मो.सा.र प्र.२-००५ प ३८०९ नं.को मो.सा.एक-आपसमा ठक्कर खांदा ३६९७ नं.को मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१७ बभनौली बस्ने वर्ष ३० को आयुष थनेत र ३८०९ नं.को मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) बौदीकाली गा.पा.१ डेढगाँउ बस्ने वर्ष २३ को टंक बहादुर दर्लामी घाईते भई स्थानीय मेडिकलमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
व्यास न.पा.६ अमरेनी बस्ने वर्ष १९ को सुशिल श्रेष्ठ घर नजिकै रहेको स्वामीको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
ब्यास न.पा.१२ कमलबारी स्थित भित्री सडक खण्डमा ग १ त ४९५८ न.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ व्यास न.पा.१० बस्ने वर्ष २८ को सुरज खाती घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।
फेदीखोला गा.पा.१ काटेश्वर बस्ने वर्ष ७२ को जिबलाल जैशी आफ्नै घरको दलिनमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.२ नयाँपुल स्थित पोखरा बाग्लुङ सडक खण्डमा ध. १ प ४८१८ नं.को मो.सा.लाई ना. ५ ख ७४२५ नं.को ट्रकले ठक्कर दिदाँ मो.सा.चालक जिल्ला पर्वत कुश्मा न.पा.१ पाङ बस्ने वर्ष ४७ को लुमणी राम पौडेल र मो.सा.पछाडि सवार ऐ.बस्ने २७ कि सरीता पौडेल घाईते भई जिल्ला अस्पताल पर्वतमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको । दुबै सवारी प्रहरीको नियन्त्रणमा ।
वालिङ न.पा.१३ झोलुङगे बस्ने वर्ष १५ की रिता गैरे आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा, असार २८गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।
पोखरा म.न.पा.९ पृथ्वीचोकको बसपार्क स्थित जिल्ला पर्वत कुश्मा न.पा.१४ बस्ने बर्ष ३६ को राजु नेपाली मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
व्यास न.पा.१२ देउराली स्थित पृथ्वीराजमार्गमा लु. २ ख ५१७६ नं.को बस र ग. १५ प ५७७७ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.तनहुँ व्यास न.पा.११ बस्ने वर्ष ४२ को श्याम बहादुर थापा घाइते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
हुप्सेकोट गा.पा.३ बेलहानी स्थित भित्री सडक खण्डमा गण्डकी प्रदेश-०४-००१ प २८७३ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने गिता रजालीको छोरा वर्ष ५ को जहेस रजालीलाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल नवलपरासी डण्डामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
भिमाद न.पा.५ मरुवाडाँडा बस्ने वर्ष ८१ को तिल बहादुर थापा आफ्नै घर नजिकै रहेको काफलको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१ सिमपानी स्थित ग. १६ प ३५०० नं.को स्कुटरले पैदल यात्री जिल्ला धादिङ घर भई हाल ऐ.सिमपानी बस्ने वर्ष ५ को मनिष तामाङलाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
सिरान्चोक गा.पा. ५ भालुमारे भन्ने स्थानमा ऐ.डुम्रेस्वारा बस्ने वर्ष ३९ कि शान्ता गिरी घर देखि अं. २०० मिटर नजिकै चिलाउनेको रुखमा सलको पाँसो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा, असार-२३ गतेनेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आउनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
जिल्ला तनहुँ ब्यास नगरपालिका ३ दुर्गा मन्दिर अगाडी खटिएको प्रहरीको चेकिङ टोलीले ग १ त ६५६९ नं.को ट्याक्टर रसिद र बिल नभएको नदी जन्य पदार्थ बालुवा सहित नियन्त्रणमा लिई कार्बाहीको लागी ब्यास नगरपालिका पठाउने पहल भईरहेको ।
जिल्ला बागलुङ निसीखोला गाउँपालिका ३ बस्ने वर्ष ७६ की ( अबिबाहित ) नरमती घर्ती ऐ.५ निसीडाडा स्थित बहिनी जुठी बुढाको घरमा बस्न गएकीमा घरमा नै बसी रहेकोमा अचानक चट्याङ पर्न जादा निज घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको भन्ने खबर प्राप्त हुनासाथ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी टोली खटि गएको ।
कुश्मा न.पा.७ खरिया स्थित पोखरा बागलुङ सडक खण्डमा ग. १ ख ८२५२ नं.को बसले जि.पर्वत जलजला गा.पा.७ धाईरीङ बस्ने वर्ष ४५ को सोम बहादुर परीयारलाई ठक्कर दिंदा घाईते भई पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
वालिङ न.पा.८ बगालेटोल स्थित भित्री सडक खण्डमा ग. ३ च ४९०९ नं. को जिपले पैदलयात्री जि.स्याङ्जा वालिङ न.पा.९ बस्ने वर्ष ५० को दुनश्याम थापालाई ठक्कर दिँदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बिनयीत्रिवेणी गा.पा.७ मुसहर टोल स्थित ऐ.ऐ. बस्ने वर्ष ६६ कि आशारानी मुसहर आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१५ ठुलीमजुवा स्थित ग. ३ च ८९० नं.को दुध बोक्ने बलेरोले पैदल यात्री जि.कास्की पोखरा म.न.पा.१० राममन्दिर बस्ने वर्ष ६० को धन बहादुर वि.क.लाई ठक्कर दिँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । बलेरो चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
कुश्मा न.पा.२ नयाँपुल स्थित पोखरा बागलुङ सडक खण्डमा ग. १ ज ५४६१ नं.को ट्याक्सीले पैदल यात्री ऐ.ऐ.३ दुर्लुङ बस्ने वर्ष १५ को सन्दिप सार्कीलाई ठक्कर दिँदा घाइते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालक घाईतेको उपचारमा संलग्न रहेको । ट्याक्सी प्रहरीको नियन्त्रणमा ।
देवचुली न.पा.११ समाबेशीचोक स्थित भित्री सडकखण्डमा ना. ५२ प ८१३४ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५२ को केशर बोहोरालाई ठक्कर दिँदा घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१८ चिसा खोला मेथलाङ्ग भित्री सडक खण्डमा ग. ८ प ४६९७ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.सुनसरी घर भई हाल जि.कास्की पोखरा म.न.पा.२५ हेम्जा बस्ने वर्ष ४२ को भगतलाल चौधरी र मो.सा.पछाडी सवार निजको श्रीमती वर्ष ३९ कि तिलारी चौधरी घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
व्यास न.पा.१ गल्फुबेसी स्थित भित्री सडक खण्डमा ग. १७ प ३७९० नं.को मो.सा.आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ ऋषिङ गा.पा.१ झापुटार बस्ने वर्ष २७ को जेनिस मगर घाइते भई चरक अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
बागलुङ न.पा.२ कृषी बैक अगाडि ग. १७ प ५८८५ नं. को मो.सा.ले पैदल यात्री जि.बागलुङ बागलुङ न.पा.१० बस्ने मनरुपा थापाको छोरी वर्ष ५ कि किन्जल थापालाई ठक्कर दिँदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालक घाईतेको उपचारमा संलग्न रहेको । मो.सा.प्रहरीको नियन्त्रणमा ।
पोखरा म.न.पा.२३ माथिल्लो सिदाने बस्ने वर्ष ६२ कि नन्दकला गुरुङ आफ्नै घरको काठको बलोमा पटुकीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
शुक्लागण्डकी.न.पा.५ झरौटा स्थित पृथ्वीराजमार्गमा ग. १७ प ३४१५ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.तनहुँ शुक्लागण्डकी न.पा.४ दुलेगौडा बस्ने वर्ष २३ को भिष्म श्रेष्ठ घाइते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।
मध्यबिन्दु न.पा. २ गैरी बस्ने बर्ष अं.३१ को श्याम महततोले आफ्नै घर नजिक रहेको आँपको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
शुक्लागण्डकी न.पा.६ खैरेनीटार स्थित पृथ्वी राजमार्गमा ग. १९ प २०४७ न.को मो.सा.ले पैदलयात्री ऐ.ऐ.७ बस्ने वर्ष ५५ कि शान्ता कुमारी श्रेष्ठलाई ठक्कर दिँदा घाइते भई जि.पि.कोईराला श्वास-प्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बौद्वीकाली गा.पा.३ बोझापोखरी बस्ने वर्ष ८४ को हिरा बहादुर सुनार आफ्नै घरको सिडिबाट लडी गम्भीर घाइते भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.३१ बेगनास तालको अधेरी कुनामा हाल नाम थर वतन नखुलेको अं. बर्ष ४५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको । सो सम्बन्धमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
भानु न.पा.९ तेरतेरे बस्ने बर्ष ४३ कि तारा थापा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
देवचुली न.पा. १६ स्थित १४ नं टोल बस्ने वर्ष अं. ४५ को देव बहादुर पण्डित आफ्नै घरको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. १३ गौडामुख स्थित ग. ११ प ७३८५ नं.को मो.सा.ले पैदल यात्री जि.लम्जुङ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. १३ भद्रकाली बस्ने बर्ष ५३ कि जुना कुमारी गुरुङलाई ठक्कर दिँदा गम्भीर घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
म्याग्दे गा.पा.६ मुलखोला स्थित पृथ्वी राजमार्गमा BR05AU3101नं.को ईन्डियन कारले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ५४ कि बनि माया श्रेष्ठलाई ठक्कर दिँदा घाईते भई तनहुँ सेवा अस्पताल दुलेगौडामा उपचार भईरहेको । कार चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
मध्यबिन्दु न.पा.५ बाघखोर स्थित भित्री सडक खण्डमा ना. ४२ प ४७७६ नं.को स्कुटरले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ८ को जिसन गाहालाई ठक्कर दिँदा घाईते भई मनकामना अस्पताल भरतपुरमा उपचार भईरहेको । स्कुटर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
बन्दिपुर गा.पा-२ खहरे बस्ने बर्ष ४५ कि स्यानी कुसुले ऐ.स्थित चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ९ न्यूरोड स्थित ग १४ प १९१५ नं. को मो.सा.ले पैदलयात्री ऐ.ऐ.बस्ने बर्ष २८ को सलिम अन्सारीलाई ठक्कर दिंदा घाईते भई गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. २५ हेम्जा भोटे क्याम्प स्थित ग. १ ज ६०७० नं. को जिप आफै अनियन्त्रित भई दुर्घटना निम्न मानिसहरु घाईते भई निम्न अस्पतालमा उपचार भईरहेको । जिप घटनास्थलमा नै रहेको ।फिष्टेल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जिप चालक जिल्ला बाके जानकी गा.पा.१ घर भएको वर्ष ३४ को लाल ब. थापा, अवस्था मध्यम ।२.जि.बाग्लुङ बा.न.पा. २ बस्ने वर्ष ३४ को गुमा देवी निउरे, अवस्था मध्यम ।३.ऐ.बस्ने वर्ष ४८ को हरी प्रसाद निउरे, अवस्था सामान्य ।४.ऐ.३ बस्ने वर्ष २९ की सिता किसान, अवस्था मध्यम ।५.ऐ. बस्ने वर्ष ४४ को शंकर किसान, अवस्था सामान्य ।६.ऐ.२ बस्ने वर्ष ३६ की टिका कुमारी खड्का, अवस्था मध्यम ।७.ऐ.३ बस्ने वर्ष ४६ को बद्री ब. के.सी., अवस्था मध्यम ।मणिपाल अस्पताल पोखरामा उपचारार्थ घाईतेहरु:१.जि.बाग्लुङ बा.न.पा. ४ बस्ने वर्ष ४० की पातली नेपाली, अवस्था सामान्य ।२.जि.पर्वत फलेवास न.पा. ४ बस्ने वर्ष २२ की सृजना किसान, अवस्था सामान्य । ३.सृजना किसानकी छोरा ९ महिनाको अमृत किसान, अवस्था सामान्य ।
हरिनाश गा.पा.३ आठविसे बस्ने वर्ष ४२ को प्रकाश सिग्देल आफ्नै घरदेखि नजिकै रहेको नियारको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा. ६ जरेवर स्थित ग ९ प २७४५ नं. को मो.सा.ले पैदल यात्री ऐ.ऐ. खहरे बस्ने वर्ष ५१ कि साबित्री तिमिल्सिनालाई ठक्कर दिँदा घाईते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
आँबुखैरेनी गा.पा.१ बरादी स्थित पृथ्वीराजमार्गमा ग. २ ख ५७७ न.को ट्रक र बा ६७ प ५७३० न.को मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला गोरखा गोरखा न.पा.१० बस्ने वर्ष ४६ को तुलमान तामाङ घाइते भई हेल्प टु हेल्प सेन्टर सत्रसय आँबुखैरेनीमा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
असार-०७, पोखरा कास्कीगण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा केही विशेष काम र आत्महत्याको शिलशिलामा खोच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धी सिमुलेशन अभ्यास सम्पन्न भएको छ । आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरीएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मूल्यांकन गरिरहेको बताउँदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण हरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्रहरी कर्मचारी २४ सैं घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनु भएको थियो । वर्षाको समयमा बढी पहिरो लगायत अन्य प्रकारका विपद्मा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नागरिकहरूले विपद्को समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बीच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विवाहको लागि घर परिवारले सहमति नदिए पछि भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमि जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको थियो ।
विनयीत्रिवेणी गा.पा.१ होङसी गेट नजिकै पूर्व-पश्चिम राजमार्गमा लु. ६० प ८२७५ नं.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक जिल्ला रुपन्देही देवदह न.पा.१ बस्ने वर्ष अं.३४ को ज्ञान बहादुर गाहा मगर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।
भानु न.पा.१० सिमलचौर बस्ने वर्ष ६३ को चन्द्र बहादुर सुनार आफु सुत्ने कोठाको बलोमा झुलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
शुक्लागण्डकी नगरपालिका-४ गल्छिना स्थित पृथ्वीराजमार्गमा ग. १ च ६७८५ नं.को हाईलक्सले पैदल यात्री ऐ. शुक्लागण्डकी-९ घारी बस्ने बर्ष ५१ को ईन्द्रकान्त सुवेदीलाई ठक्कर दिँदा घाईते भई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भईरहेको । सवारी साधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।
पालुङटार न.पा.४ लुईटेल भञ्ज्याङ बस्ने वर्ष ५० को स्याउटे सार्कीले घर नजिक रहेको चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
पोखरा म.न.पा.१३ दुईकुलाको मुहान स्थित नहरमा ऐ.ऐ.बस्ने वर्ष ६० को बलराम वि.क. डुबि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
असार २, आबुँखैरेनी गा.पा.४ पावरहाउस स्थित पृथ्वी राजमार्गमा ग. १ क ४४६९ नं. को मिनि टिप्पर अनियन्त्रित भई दुर्घटना हुँदा टिप्पर चालक जिल्ला तनहुँ म्यादे गा.पा.६, मनपाङ बस्ने वर्ष ४७ को राम बहादुर दमै घाइते भई पुरानो चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको । टिप्पर घटनास्थलमा नै रहेको ।
फलेवास न.पा.३ पुर्कोट बस्ने वर्ष ७० को सगुने परियार आफ्नै घर अगाडी रहेको सुन्तलाको बोटमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
बेनी न.पा.६ चुत्रेनी स्थित ध. १ ज २८७ नं. ट्याक्सीले पैदल यात्री ऐ.ऐ.बस्ने वर्ष ७० को गुणध्वज मल्ललाई ठक्कर दिँदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्सी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।