प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मानिस मृत्यू ( न.प.( पुर्व)

२०८०-११-१३

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) बुलिङटार गा.पा.६ भातिपुर घर भएको वर्ष २० को सुरज नेपाली कामको शिलशिलामा भारतको दिल्ली गएको अवस्थामा बुलिङटार गा.पा.६ वस्ने वर्ष २५ को दुर्गे हिताङगे सार्की नाम गरेको व्यक्ति सँग मिति २०८०।१०।२६ गते दिल्लीमा झै-झगडा हुँदा निजको दायाँ हात भाँचिएको र भारतमा उपचार पश्चात मिति २०८०।११।०५ गते भिमाद न.पा.३ सेर्का बस्ने सानो बुबा बुच्चे सार्कीको घरमा आई बस्दै आएकोमा घरमै मृत अवस्थामा रहेको भन्ने स्थानियले टेलिफोन  मार्फत जानकारी गराउन हुनसाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।