प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: लागूऔषध, हातहतियार सहित मानिस नियन्त्रण

२०७८-१०-१३

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ३ कार्कीडाडा स्थित ऐ. बस्ने कर्ण बहादुर गुरूङको घरमा डेरा गरी बस्ने वर्ष २६ को निनु कुमार श्रेष्ठले लागूऔषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई निजको कोठा खनतलासी गर्ने क्रममा निम्न अनुसारको खाली म्याग्जिन सहितको हतियार र लागूऔषध फेला पारेको, उक्त व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

निम्नः-

१.डाईजेपाम १३३ एम्पुल ,नोरफिन १३४ एम्पुल, फेनारागन १३६ एम्पुल गरी जम्मा ४०३ एम्पुल ।

२.नाईट्रोभेट ट्याबलेट १९२ चक्की ।

३.spasmo-proxyvon plus ५४ चक्की ।

४.इटलीयन Auto pistol 7.05mm- थान १,(ऐ.पेस्तोलको म्याग्जीन सहितको) ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।