लमजुङ: मो.सा. दुर्घटना
२०७८-०८-०९
- A
- A-
- A+
जिल्ला लमजुङ राईनस न.पा. ६ स्याउली स्थित धमिलिकुवाबाट तिनपिप्ले तर्फ जाँदै गरेको बा.४२प.३९२० नम्बरको मो.सा.र बिपरित दिशा बाट आउदै गरेको बा.८६प.७१२८ नम्बरको मो.सा. एक आपसमा ठक्कर खाँदा उक्त मो.सा.हरुमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी सहोदर अस्पताल धमिलिकुवा पठाईएको, दुवै मो.सा. प्रहरीको नियन्त्रणमा रहेको ।
निम्न :
१. बा.४२प.३९२० नम्बरको मो.सा. चालक जिल्ला लमजुङ राईनस न.पा. वडा नं. ४ सातविसे बस्ने वर्ष १८ को रोसन बि.क., अवस्था मध्यम ।
२. बा.८६प.७१२८ नम्बरको मो.सा.चालक जिल्ला गोरखा सिरानचोक गा.पा. २ थालाजुङ बस्ने वर्ष २० को अम्मर श्रिमल, अवस्था सामान्य ।
३. ऐ. मो.सा.मा पछाडी सवार ऐ.बस्ने वर्ष ३५ की कोपिला बि.क., अवस्था सामान्य ।