प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.७ राष्ट्रबैङ्क चोक स्थितमा ग१७ प १९५९ नं. को स्कुटर, ग २३ प ७७१७ नं. को स्कुटर र ग २४ प ८१४९ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा ग २३ प ७७१७ नं. को स्कुटरमा पछाडी सवार ऐ.१७ बिरौटा बस्ने वर्ष ११ को क्रिसान्त के.सि. घाइते भई उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा पठाएको, टाउकोमा चोट, अवस्था मध्यम, उपचारमा आमा मञ्जु के.सि. संलग्न, तिनवटै सवारी साधन प्रहरीको नियन्त्रणमा ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।