प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा-७, पार्दी पोखरा

कन्ट्रोलः ९८५६०२८४३३, ०६१-४५२५००

ईमेल : gandaki@nepalpolice.gov.np 

प्रहरी चौकी स्तरसम्मको सम्पर्क नम्बरहरु

 

लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न ।
२०८०-१०-२०

नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा लैंगिक हिंसा एवं लागुऔषध दुर्व्यसन विरुद्दको प्रभातफेरी र सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा लागुऔषध दुर्व्यसनि विरुद्दको पर्चा, पम्पलेट,व्यानर, भजन, बाजा र झाँकी सहित विभिन्न विद्यालय, आमा समुह, युवा क्लव तथा अन्य सरोकारवाला निकायहरुले पोखराको मानव अधिकार चोकदेखि प्रभातफेरी कार्यक्रम गरेका थिए । उक्त प्रभातफेरी कार्यक्रम पोखरा-४, कुमुदिनिहोम्स बोर्डिङ स्कुलको सभाहलमा प्रवेश गरी औपचारिक कार्यक्रमा परिवर्तन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागू ओैषध सामाजिक समस्याको रुपमा रहिरहेको र यसलाई निर्मुल पार्न आफू गम्भिर रुपमा लागि परिरहेको बताउनुभयो ।समाजबाट लागुऔषध निस्तेज पार्ने प्रमुख उपाय भनेको लागुऔषधको असर र समस्या सम्बन्धी शिक्षा प्रदान गर्नु हो जुन नेपाल प्रहरीले निरन्तर गरिरहेको छ तर कानुनको बर्खिलाप गरी लागुऔषधको दुरुपयोग गर्ने र समाजमा अराजकता पैदा गरी अन्य हिंसा निम्त्याउनेलाई बिना हिचकिचावट कानुनी कारबाही गर्न समेत श्रेष्ठले निर्देशन गर्नुभयो । यस संगै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी श्रीमती संघले देशभर गरेका सचेतनामुलक कार्यक्रमहरु अत्यन्तै प्रभावकारी रहेको बताउनु भएको थियो ।उक्त प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रममा माननीय गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाज्यूको विशिष्ट आतिथ्यता तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिकासराज खनालको विशेष आतिथ्तता रहेको थियो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार बि.कले कास्कीमा लागुऔषध दुर्व्यसनि तथा लैंगिक हिंसाको तथ्याङक सहितको सचेतना प्रस्तुत गर्नुभएको थियो भने पोखरा थियटरको तर्फबाट जनचेतनामुलक नाटक, राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पोखराको तर्फ बाट जनचेतनामुलक सारङ्गीको गित र बिभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभएको थियो भने नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, अध्यक्ष कमला खनालले उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्नुभएको थियो ।

  • सवारी दुर्घटना : बागलुङ
    २०८१-०१-२६

    जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।

    [ विस्तृतमा ]
  • सवारी दुर्घटना : कास्की
    २०८१-०१-२६

    जिल्ला कास्की रुपा गा.पा.५ बेतेनी स्थित दमौलीबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ८८०७ नं.को यात्रु सहितको बस चालकले नियन्त्रण गुमाई रोडको दायाँ तिर रहेको घरको कम्पाउन्डमा ठक्कर खान जाँदा बसमा सवार ३५ जना मध्य नाम, थर वतन नखुलेको १ जना सवार घाइते भई उपचारको लागि पोखरा तर्फ ल्याउँदै गरेको, बाटो अवरोध नभएको, बस घटनास्थलमा रहेको, अन्य यात्रु आ-आफ्नो गन्तव्यतिर लागेको । 

    [ विस्तृतमा ]
  • डुबी मृत्यु : कास्की
    २०८१-०१-२५

    जिल्ला कास्की  पोखरा म.न.पा.१६ तल्लो दिप स्थित सेती नहरको ड्याममा जिल्ला कास्की पोखरा म.न.पा.१९ पुरानचौर घर भएकी वर्ष २७ की सोनीका आचार्य पानीमा मृत अवस्थामा रहेको, निजलाई पानीबाट बाहिर निकाली घटनास्थल मुचुल्का कार्य भइरहेको, साथमा निजको भाई भरत आचार्य ले सनाखत गरेको, निजको श्रीमान कामको सिलसिलामा अष्ट्रेलियामा रहेको, मृत्यु हुनुको कारण नखुलेको । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०१-२१ सवारी साधनहरु लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्रानको सूचना (२०८१।०१।२१) ।
२०८१-०१-०७ प्रहरी हवल्दारहरुको सरुवा (२०८१।०१।०३) ।
२०८१-०१-०७ प्रहरी सहायक हवल्दारहरूको सरुवा (२०८१।०१।०३) ।
२०८१-०१-०६ प्रहरी वरिष्ठ हवल्दारहरुको सरुवा सम्बन्धमा (२०८१।०१।०३) ।
२०८०-१२-०६ जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८०।१२।०६ गते) ।
२०८०-११-०२ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन, हातहतियार र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदहरूको प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८०-११-०२)
कुनै परिणाम भेटिएन...
हाईलाईटहरु
नेपाल प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी कार्यक्रम २०८०।१२।०१ गते ।
रेडियो कार्यक्रम
रेडियो कार्यक्रम - २०७९-१२-०३
रेडियो कार्यक्रम - २०७९-११-२९

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।