प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०२-०८

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व) विनयीत्रिबेणी गाउँपालिका २ दाउन्ने स्थितमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको लु २१ प ८३३७ नं.को मो.सा. चेकजाँच गर्ने क्रममा उक्त मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट निम्न परिमाणमा लागूऔषध फेला पारी निजहरुलाई समेत नियन्त्रणमा थप अनुसन्धान भईरहेको ।

निम्न मानिस हरु:-

१) मो.सा.चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १३ बस्ने बर्ष ३२ को लक्ष्मण भट्ट

२) मो.सा.पछाडी सवार जिल्ला नवलपरासी(पुर्ब) कावासोती न.पा. १४ डण्डा बस्ने बर्ष २५ को निशान दर्जी

निम्न लागु औषधहरु:-

१.फेनारगन:- ७८ एम्पुल २.डाइजापाम:-७३ एम्पुल ३.नुफिन :-७८ एम्पुल गरी जम्मा-२२९ एम्पुल

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।