प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

म्याग्दी: भरुवा बन्दुक बरामद

२०७८-१२-१९

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनी नगरपालिका ९ काउँलेगौँडा बस्ने वर्ष-२१ को सुमन बि.क.ले मादक पदार्थ सेवन गरी आफ्नै दाजु भाई संग झै-झगडा गरी अशान्ती फैलाएको भन्ने स्थानीय मार्फत खबर प्राप्त हुन साथ तत्काल प्रहरी टोलि खटि गई निज सुमन बि.क. लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याईएकोमा प्रारम्भिक अनुसन्धानको क्रममा निजको घरमा अबैध हतियार छ भन्ने खुल्न आएकोले प्रहरी टोलि खटि गई खान-तलासी गर्दा बिना लाईसेन्सको एक नाले भरुवा बन्दुक (खाली) थान-१(एक) फेला पारी आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार