प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७८-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका २ एक्लेफाँट स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना ५ ख ४९४१ नं.को बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ८८३३ नं.को बस एक आपसमा ठक्कर खाँदा दुबै बसमा सवार निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागी हाडजोर्नी अस्पताल आबुखैरेनी लगेको, दुबै बस घटना स्थलमा रहेको ना ५ ख ४९४१ नं.को बस चालक नियन्त्रणमा रहेको ना ५ ख ८८३३ न.को चालक फरार खो.त.कार्य भइरहेको ।

निम्न

१.जिल्ला तनहुँ व्यास न.पा.९ बाइसजागर बस्ने वर्ष २७ को नविन श्रेष्ठ, अवस्था गम्भिर

२.जिल्ला गोरखा धुँवाकोट बस्ने वर्ष ३० की हिरा खड्का, अवस्था मध्यम

३.जिल्ला तनहुँ भानु न.पा.९ बस्ने वर्ष २१को अर्विन शाही, अवस्था मध्यम

४.जिल्ला तनहुँ बाइसजाँगर बस्ने वर्ष ५९ की मिना श्रेष्ठ, अवस्था मध्यम

५.जिल्ला गोरखा पालुङटार न.पा.५ बस्ने वर्ष ३५ की हर्षिका तामाङ, अवस्था मध्यम

६.ऐ.बस्ने वर्ष ५२ की फुलमाया तामाङ, अवस्था मध्यम

७.जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ बस्ने वर्ष २७ की निर्मला सुनार, अवस्था सामान्य

८.ऐ.बस्ने वर्ष २३ को प्रदीप सुनार, अवस्था सामान्य

९.जिल्ला तनहुँ बन्दिपुर गा.पा.५ बस्ने वर्ष ४८ की सानुमाया गुरुङ, अवस्था मध्यम

१०.जिल्ला गोरखा बकराङ ९ बस्ने वर्ष नखुलेको मेख बहादुर थापा, अवस्था सामान्य ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।