प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: गाँजा सहित मानिस नियन्त्रणमा

२०७८-११-०७

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस चोकमा खटिएको प्रहरीको चेकिङ टोलीले काठमाण्डौबाट पोखरा तर्फ आउदै गरेको ग २ ख ८५८ नं. को बस चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला कास्की पोखरा १७ छोरेपाटन बस्ने बर्ष १६ को लक्ष्मण परियारले जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको ल्याएको अन्दाजी १ किलो गाँजा सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको, बसको कागजपत्र राखी छाडिएको।

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।