प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तनहुँ: सवारी दुर्घटना

२०७९-०४-०१

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास नगरपालिका १२ कमलबारी स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट पोखरातर्फ आउदै गरेको ग २ ख ४४९ नं.को सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक र सह चालक घाइते भई उपचारको लागी जिल्ला अस्पताल दमौली पठाईएको, घटनास्थलमा प्रहरी टोली खटि गएको ।

निम्न घाइते

१.ट्रक चालक जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ बस्ने बर्ष ५५ को बेन बहादुर सोमै, अबस्था सामान्य ।

२. सह-चालक ऐ.बस्ने बर्ष २४ को पुरन बहादुर थापा, अवस्था सामान्य ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।