प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७९-०१-०२

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा गल्याङ नगरपालिका १ राम्दि स्थित चेकपोष्ट आगाडी खटिएको टोलीले बुटवलबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ६२२५ नं.को बसमा आएका जिल्ला स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने बर्ष ३४ को सन्तोष सुनारलाई शंका लागि चेकजांच गर्ने क्रममा निजको साथबाट निम्न लागूऔषध फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न

(१) डाईजेपाम-१२ एम्पुल (२) नोफिन-१२ एम्पुल (३) फेनारागन-१३ एम्पुल (४) सिरिञ्ज-३७ थान

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।