प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७९-०१-११

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी स्थित भित्री सडक खण्डमा डण्डाबाट हुप्सेकोट तर्फ जादै गरेको लु१ज २०६३ नं.को बलेरो सडक देखी अन्दाजी २५ मिटर तल खस्न जाँदा जिपमा सवार १५ जना मध्य निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, जिप घटनास्थलमा, चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न घाईतेहरु:-

१. जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ५ बसेनी बस्ने वर्ष ९ को धन बहादुर रजाली, अवस्था गम्भिर सामान्य उपचार पश्चात भरतपुर रिफर ।

२. ऐ बस्ने वर्ष ५०की दर्शना सोती, अवस्था मध्यम ।

३. ऐ.बस्ने वर्ष ४६ की सुमित्रा सोती, अवस्था मध्यम ।

४. ऐ.बस्ने वर्ष ३५ की लालमाया रजाली, अवस्था मध्यम ।

५. ऐ.बस्ने ४१ को मेख ब.आले, अवस्था मध्यम ।

६. ऐ.बस्ने वर्ष ६८ को जग ब.सोमै, अवस्था मध्यम ।

७. ऐ.बस्ने वर्ष ६८ को तिलिसरा सोती, अवस्था मध्यम ।

८. ऐ.बस्ने वर्ष ३५ की लालसरी ठाडा, अवस्था सामान्य ।

९. ऐ.बस्ने वर्ष ५० की ऐदी सवरा रजाली, अवस्था सामान्य ।

१०. ऐ.बस्ने वर्ष ५९ को यम ब.सोमै, अवस्था सामान्य ।

११.ऐ.बस्ने वर्ष ४ को जिवन सोती, अवस्था सामान्य ।

१२.ऐ.बस्ने वर्ष ६० की डिलमाया ठाडा मगर, अवस्था सामान्य ।

सम्बन्धित समाचार