प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरा बिमानस्थलमा ट्याङ्कर दुर्घटना

२०७९-०२-१७

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानरपालिका-७ स्थित पोखरा बिमानस्थलको एयर साईड भित्र नेपाल आयल निगम पोखरा बिमानस्थल डिपोद्वारा संचालित हवाई ईन्धन बोकेको ट्याङ्कर आफै अनियन्त्रित भई पल्टिदा सोही ट्याङ्करमा सवार टेक्निसियन जिल्ला जुम्ला कोठीचौर गाउँपालिका -४ बस्ने बर्ष २३ को गोपाल प्रसाद पाण्डे घाईते भई उपचारको लागि फेवासिटी अस्पताल पठाएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको, ईन्धन क्षति भएको, क्रेनद्वारा ट्याङ्कर उठाई बिमानस्थल सुचारु भएको । 


सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।