प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): सवारी दुर्घटना

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ बेलहानी स्थित भित्री सडक खण्डमा हुप्सेकोटबाट कावासोती तर्फ आँउदै गरेको ग.प्र.-०४-००१ ह ०१५४ नं. को अटो आफै अनियन्त्रित भई सडकमा पल्टिन जाँदा अटोमा सवार चालक सहित ३ जना मानिसहरु घाईते भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याएको, अटो प्रहरीको नियन्त्रणमा रहेको ।

निम्न:-

१.जिल्ला नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका ३ गिरुबारी बस्ने वर्ष अन्दाजी ३३ को ओम बहादुर वि.क. अवस्था मध्यम । (अटो चालक)

२.ऐ.बस्ने वर्ष अन्दाजी ६२ की दिलमायाँ तिमल्सेना, अवस्था मध्यम ।

३. ऐ.बस्ने वर्ष अन्दाजी ६१ की सनमती कुमा, अवस्था मध्यम ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।