प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: ट्याक्टर दुर्घटना

२०७८-१२-२९

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसिखोला गाउँपालिका ६ मध्यपहाडी लोकमार्ग स्थित रितिबाङ भन्ने स्थानमा पुर्वी रुकुमबाट बुर्तिबाङ आउदै गरेको रा १ त ४११६ नं.को ट्याक्टर अचानक अनियन्त्रीत भई भित्तामा ठोकिन जादा चालक जिल्ला पुर्वी रुकुम उत्तर गंगा गाउँपालिका १३ बस्ने वर्ष २४ को सुरेन्द्र गुरुङको घटनास्थलमा नै मृत्यु भएको, सह-चालक ऐ. बस्ने वर्ष २३ को प्रचण्ड सेरचनको सामान्य चोट स्थानीय मेडिकलमा उपचार हुँदै, उक्त स्थानमा प्रहरी टोली खटि गएको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।