प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-१०-११

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की रुपा गाउँपालिका १ ट्यारे गाँउ स्थित तालबेशिबाट लमजुङ तर्फ जाँदै गरेको प्र.२-०३-००१ त २३९६ नं.को खाली ट्याक्टर आफै अनियन्त्रित भई दाँया साईडमा पल्टन गई दुर्घटना हुँदा ट्रयाक्टर चालक जिल्ला लम्जुङ मध्यनेपाल नगरपालिका ६ काउरे बस्ने वर्ष २२ को सन्तोष परियार घाईते भई अचेत अबस्थामा उद्दार गरी उपचारको लागि एम्बुलेन्सद्वारा पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा डाक्टरले चेकजाँच गर्ने क्रमामा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : बागलुङ
२०८१-०१-२६

जिल्ला बागलुङ बडीगाड गा.पा.२ खारापानी स्थित मध्य पहाडी लोकमार्गमा जिल्ला गुल्मी मुसिकोट न.पा.२ ओखरबोट बस्ने बिरेन्द्र पौडेलको छोरा वर्ष ११ को त्रिभुवन मा.वि. खर्वाङमा कक्षा ७ मा पढ्ने कपिल पौडेल स्कुल जाने क्रममा ग १ ज ७७३१ नं.को पिकअप जीपको पछाडि झुण्डिने क्रममा अचानक खस्न गई घाइते भई उपचारको लागि स्थानिय मेडिकलमा ल्याईएकोमा सामन्य उपचार पश्‍चात १०:५५ बजे लुम्बिनी अस्पताल बुटावल रिफर भएको, घाईतेको टाउको र दुबै हातमा चोट, अवस्था मध्यम, उपचारमा निजको आमा तुलसी पौडेल संलग्न, जिप चालक जिल्ला गुल्मी मालिका गा.पा.२ दर्लिङ घर भएको बर्ष २४ को नरेन्द्र श्रीष प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरेहेको ।