प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी मृत्यू: तनहुँ

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

 जिल्ला तनहुँ भानु न.पा.१० कालिमाटी बस्ने आस बहादुर गुरुङको ढुङ्गामाटोले बनेको, टिनले छाएको कच्ची घरमा डेरा गरि बस्ने, जिल्ला धादिङ रोराङ गा.पा.३ जोगिमारा घर भएको बर्ष २७ को दिल कुमार चेपाङको श्रीमती बर्ष २६ की अजिता चेपाङसँग खाना खाई २०:३० बजे संगै सुतेकोमा अन्दाजी २३:४५ बजे बिउँझिदा निज दिल कुमार चेपाङ बिस्तारामा नभए पछि खोजी गर्ने क्रममा घरको माथी तलामा फलामको बलोमा नाइलनको डोरीको पासो लगाई झुन्डिएको अबस्थामा निजको श्रीमतीले देखि अ.प्र.बिट,कालीमाटीमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गटी गई घटना स्थल सुरक्षित राखेको र थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०६-१५

जिल्ला तनहुँ भानु न.पा.१ साजबोटे स्थितमा प्रहरी चौकी डुम्रे तनहुँबाट खटिएको प्रहरी टोलीले डुम्रेबाट भानु तर्फ जादै गरेको ग २४ प २४७१ नम्बरको aprila स्कुटरलाई संकास्पद लागी रोकी चेकजाच गर्ने क्रममा स्कुटरमा सवार स्कुटर चालक जिल्ला तनहुँ भानु न.पा.१ कल्याणटार बस्ने बर्ष २९ को अक्रम मियाँको साथबाट प्रतिबन्धित लागुऔषध buprenorphine-1 एम्पुल, norphine -5 एम्पुल , promethiozine hydrochloride - 6 एम्पुल र diazepam 6 एम्पुल गरी जम्मा १८ एम्पुल लागुऔषध फेला पारी सोही स्कुटरमा पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ३१ को अजित सापकोटा र स्कुटर समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको ।