प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

झुन्डी मृत्यू: तनहुँ

२०८०-१२-०८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.९ घोरले बस्ने वर्ष ३९ को गोपाल बि.क. को श्रीमती वर्ष २५ की अस्मिता बि.क. आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डि रहेको अवस्थामा निजकै छोरा वर्ष ५ को स्यम्भु बि.क.ले देखि बाबा लाई जानकारी गराउन साथ तत्काल पासो काटि उपचारको लागि जि.पि.कोईराला राष्ट्रिय श्वाश प्रश्वाश उपचार केन्द्र बेलचौतारा,लगेकोमा २२:२० बजे डाक्टरले मृत घोषणा गरेको भन्ने जानकारी प्राप्त हुना साथ टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।