प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरुलाई प्रशिक्षण सम्पन्न ।

२०८०-०२-११

  • A
  • A-
  • A+
Share

नेपाली सेनाको श्री नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भईरहेको सि.सं ६ कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुलाई प्रदेश अन्तर्गतको शान्ति सुरक्षा र सहकार्यको विषयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणको क्रममा आउनुभएका शिक्षार्थी अधिकृतहरुलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गंगा थापाले गण्डकी प्रदेशको समग्र भौगोलिक, अपराधिक, प्राकृतिक विपदको अवस्थाका साथै नेपाली सेना र नेपाल प्रहरीको सहकार्यको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको छ । प्रशिक्षण पश्चात शिक्षार्थीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङले समाजमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना र नेपाल प्रहरीको सहकार्य अपरिहार्य रहेको बताउनु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको । 

फरार प्रतिवादी पक्राउ : म्याग्दी
२०८३-०४-०८

मिति २०८३।०४।०८ गते भुल बहादुर तिलिजाको जाहेरीले कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी जिल्ला म्याग्दी रघुगंगा गा.पा.४ दग्नाम बस्ने वर्ष ४५ को गुन बहादुर पुर्जा पुर्पक्षको लागी जिल्ला कारागार म्याग्दीमा रहेकोमा तत्कालिन म्याग्दी आक्रमणमा कारागारबाट फरार भएकोमा सम्मानित जिल्ला अदालत म्याग्दीको फैसलाले २० बर्ष कैद सजाय तोकिई १९ वर्ष ७ महिना कैद सजाए भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई निजको वतन देखी ५ कि.मि. टाढा लेकमा रहेको गोठमा लुकेर बसिरहेको अवस्थामा जि.प्र.का.म्याग्दीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।