प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण ।

२०७९-०३-२३

  • A
  • A-
  • A+
Share

पोखरा, असार-२३ गते
नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।०३।१९ गतेको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा पदस्थापन भई आउनु भएका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
सोही अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनुभएको थियो । कार्यक्रम पश्चात गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिनुभयो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।