प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०२-११

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका ६ नारेश्वर स्थित लु ८६ प ९६५ नं.को स्कुटर र ग १० प १०९ नं. को मो.सा. एकआपसमा ठक्कर खाँदा निम्न स्थान बस्ने निम्न मानिसहरु घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको, उक्त स्थानमा प्रहरी टोली खटि गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको।

निम्न:-

१.स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-३२ लेखनाथ घर भई हाल ऐ.६ लेकसाईड बस्ने वर्ष २८ को विवेक तामाङ, अवस्था सिरियस ।

२.मो.सा. चालक जिल्ला कास्की पोखरा महानगरपालिका-१८ भकुण्डे बस्ने वर्ष १७ को अबिशेक परियार, अवस्था सिरियस ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।