प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध बरामद

२०७९-०१-२२

  • A
  • A-
  • A+
Share

नवलपरासी (पूर्व), देवचुली नगरपालिका १४ गणेशचोक बस्ने जित कुमार श्रेष्ठको छोरा बर्ष २७ को ओम प्रसाद श्रेष्ठले आफ्नै घर कोठामा लागूऔषध लुकाई छिपाई राखेको भनी निजको बुवा जित कुमार श्रेष्ठले प्रहरीलाई जानकारी गराउन साथ प्रहरी टोली खटि गई निम्न परिमाणमा लागूऔषध बरामद गरी ल्याई राखिएको, लागूऔषध ल्याउने ब्यक्ति (छोरा) फरार, खोज तलास कार्य भईरहेको ।

निम्न:-

१.डिस्पोकेन (Dispocann):-२ थान (काटेको ठाउँमा लगाउने टेप जस्तो देखिने)

२.डाईजापाम(Diazepam):- २९ एम्पुल

३.नुफिन(Noophin):- २९ एम्पुल

४.एबोट(Abott):- २९ एम्पुल

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।