प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: सवारी दुर्घटना

२०७९-०१-०१

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका १ मदनपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदैँ गरेको ग.प्र.०४-००१ प ३४२० नं.को मो.सा.आफै अनियन्त्रित भई पल्टदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको, घटना स्थलमा प्रहरी टोली खटि गएको ।

निम्नः-

१.मो.सा.चालक जिल्ला नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका ५ बस्ने बर्ष २८ को जित नारायण महत्तो, अवस्था गम्भिर ।

२.मो.सा.मा सवार ऐ.बस्ने बर्ष २१ को राजन महत्तो, अवस्था सामान्य ।

३.मो.सा.मा सवार ऐ.बस्ने बर्ष १९ को बिष्णु क्षेत्री, अवस्था मध्यम ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : स्याङ्जा
२०८२-०६-०५

जिल्ला स्याङ्जा पुतलिबजार न.पा. ३ देवानचोक स्थित रहेको भीत्रि सडक खण्डमा बाडखोला बाट पुतलिखेत तर्फ जाँदै गरेको Gandaki AAA 9464 नं.को स्कुटर चालकले नियन्त्रण गुमाउन जाँदा रोड नजिकको घरको भित्तामा ठोकि रोडबाट ४ मिटर तल खस्दा चालक जिल्ला स्याङजा पुतलिबजार न.पा. ३ घेउडाँडा बस्ने बर्ष २३ को आकाश शाही र पछाडी सवार जिल्ला लमजुङ घर भई हाल पुतलिबजार न.पा.१ देविस्थान मामाघर बस्ने वर्ष २२ को युवराज गुरुङ घाइते भई उपचारको लागी प्रदेश अस्पताल स्याङ्जा पठाईएकोमा सामान्य उपचार पश्चात २२:५० बजे दुवै जानलाई JMC पोखरा रिफर भएको, स्कुटर प्रहरी नियन्त्रणमा रहेको ।