प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व ): सवारी दुर्घटना

२०७८-०८-०८

  • A
  • A-
  • A+
Share

जिल्ला नवलरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-१ बेलुवा थारुचोक स्थित पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना८ख ५११ नं.को ट्रिप्पर र दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना११प २२२० नं.को मो.सा.एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मो.सा.मा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरुलाई  घाईते भई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको, दुबै सवारी साधन र ट्रिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको ।

निम्नः-

१.मो.सा.चालक जि.न.प.(पूर्व) हुप्सेकोट गा.पा.४ झ्यालबास बस्ने वर्ष ५७ को उदयराज बि.क., अवस्था मध्यम ।

२.मो.सा.पछाडि सवार ऐ.बस्ने निजकी श्रिमती वर्ष ५० की तिल कुमारी बि.क., अवस्था गम्भिर ।

३.मो.सा.पछाडि सवार ऐ.बस्ने वर्ष ३८ की अस्मिता बि.क., अवस्था मध्यम ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।