प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७८-०७-३०

  • A
  • A-
  • A+
Share

कार्तिक ३०, जिल्ला कास्की पोखरा म.न.पा.१० अम्मरसिंह चोक स्थित ग. २० प १२२० नं. को स्कुटरले पैदल यात्री जिल्ला कास्की पोखरा म.न.पा.८ सृजनाचोक बस्ने वर्ष ४५ कि मनु बि.क. लाई ठक्कर दिंदा घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । उक्त दुर्घटनामा स्कुटर चालक जिल्ला बाँके नेपालगंज घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.२ बाग्लुङ बसपार्क बस्ने वर्ष १७ को सोयल मिंया समेत घाईते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।