प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): करेन्ट लागि मृत्यु

२०७८-०७-२३

  • A
  • A-
  • A+
Share

कार्तिक २३, जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गा.पा.३ स्थित रहेको खोरन्डी खोलामा प्र.२-०३-००१ ख ५३२० नं.को निस्दी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.को टिप्पर धुने क्रममा पछाडिको ढाला माथि उठाउदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई टिप्पर चालक जि.रुपन्देही बस्ने वर्ष अं.३८ को देबेन्द्र नेपालीलाई करेन्ट लाग्दा निजको घट्नास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिसहरु नियन्त्रणमा : तनहुँ
२०८३-०४-२०

जिल्ला तनहुँ म्याग्दे गा.पा.२ जामुने स्थित पृथ्बीराजमार्गमा दमौलीबाट थर्पु तर्फ आउदै गरेको ग १६ प ४५९६ नम्बरको स्कुटर चालक जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. ४ दुलेगौंडा बस्ने वर्ष ३० को अमन पौडेल र निजको साथी ऐ.५ बस्ने बर्ष ३४ को नरजंग राना स्कुटर रोकी सर्भिस लेनमा बसीरहेको अबस्थामा थर्पुबाट खटिएको प्रहरी टोलिले शंकास्पद लागि चेकजाँच गर्ने क्रममा निज अमन पौडेलको साथबाट र स्कुटरको डिक्की भित्रबाट गरी प्रतिबन्धित लागुऔषध फेनारागन ११ एम्पुल, डाइजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल सहित दुबै जना मानिस र स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धानको भइरहेको ।