प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०७-१०

  • A
  • A-
  • A+
Share

कार्तिक १०, जिल्ला कास्की पोखरा महानगरपालिका ३० पावरहाउस स्थितमा खटिएको प्रहरीको चेकिङ टोलीले नारायणगढबाट पोखरा तर्फ आउँदै गरेको ग २ ख ७० नं. को हाईसलाई रोकी उक्त हाईसमा सवार निम्न व्यक्तिहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको झोलामा लुकाई छिपाई ल्याएको निम्न परिमाणमा लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको, हाईसलाई गन्तब्य तर्फ पठाएको । 

निम्नः-

१. जिल्ला कास्की पोखरा महानगरपालिका ३ नदिपुर बस्ने वर्ष २५ को साहिल पौडेलले बोकेको झोला भित्रबाट डाईजापाम- ७३ एम्पुल,नुर्फिन-७३ एम्पुल र फेनरागन ७३ एम्पुल गरि जम्मा-२१९ एम्पुल ।

२. ऐ. २ अर्चलबोट बस्ने वर्ष २७ को नबिन पुनले बोकेको झोलाबाट डाईजापाम-२५ एम्पुल,नुर्फिन-२५ एम्पुल र फेनरागन-२५ एम्पुल गरि जम्मा ७५ एम्पुल ।


सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।