प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.३२ भत्केको चौकी स्थित पृथ्वीराजमार्गमा ज्वालामुखी गा.पा. ५ धादिङबाट पश्चिम क्षेत्रिय अस्पताल कास्कीमा बिरामी ल्याउदै गरेको स्मृती समाज निलकण्ठ १२ धादिङको बा २१ च ९८५९ नं. को एम्बुलेन्स सडक चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाई सडकको नालीमा दुर्घटना हुदा, एम्बुलेन्समा चालक सहित ४ जना सवार मध्य १ जना जि.धादिङ शिद्धलेक गा.पा.२ झगरे बस्ने वर्ष २२ की मेनुका नेपाली, बायाँ गाला र नाकमा चोट, अवस्था सामान्य, अन्य सवार शकुसल रहेको, एम्बुलेन्समा ल्याएको बिरामी ऐ. बस्ने वर्ष ५५ की डल्ली नेपाली र घाइतेलाई ट्याक्सीमा राखि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाएको, एम्बुलेन्स चालक वर्ष ३६ को अमृत कुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।