प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रमा : कास्की

२०८१-०५-२४

  • A
  • A-
  • A+
Share

जिल्ला पर्सा विरगंज म.न.पा.२ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१ हरिचोक स्थितमा मिजार फार्मेसी सञ्चालन गर्दै आएको बर्ष २७ को साविर श्रेष्ठले लागुऔषध बिक्री बितरण गर्दै छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरी टोली खटी गई उक्त फार्मेसीबाट (TAPENTADOL) ३० चक्की (३ पत्ता ) लागुऔषध सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।