प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०६-३०

  • A
  • A-
  • A+
Share

असोज ३०, जिल्ला कास्की पोखरा महानगरपालिका १३ बाझापाटन स्थितमा संकास्पद रुपमा हिडिरहेका निम्न मानिसहरुलाई व.प्र.का.रामबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निम्न मात्रामा लागूऔषध सहित नियन्त्रणमा लिईथप अनुसन्धान कार्य भईरहेको, 

निम्न:-

१. जिल्ला कास्की पोखरा म.न.पा.१३ बाझापाटन बस्ने वर्ष ३७ को अर्जुन गुरुङ, निजको साथबाट डाईजापाम १४ एमपुल, फेनारागन १४ एमपुल, नुरफिन १४ एमपुल (जम्मा ४२ एमपुल) ,र नगद रु. १०,१०० ।- बरामद भएको,

२. ऐ.बस्ने वर्ष ३५ को विनोद बि.क.निजको साथबाट नगद रु.१६,४००।- बरामद भएको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।