प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा: तनहुँ

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गा.पा.५ धारापानी बस्ने वर्ष २२ को धन बहादुर आलेले आफ्नै घर वतनमा लागुऔषध नसालु पदार्थ बिक्री बितरण गर्ने कार्य गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ५ जना टोली खटि गई निजको घर कोठा खानतलासी गर्दा कोठाभित्र रहेको स्टिल दराज भित्र कालो रंगको साईड ब्याग भित्र लुकाई छिपाई राखेको Tramadol लेखेको २७.५ पत्तामा जम्मा २७५ क्याप्सुल लागुऔषध बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. बेलचौतारा ल्याएको हो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।