प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा: तनहुँ

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गा.पा.५ धारापानी बस्ने वर्ष २२ को धन बहादुर आलेले आफ्नै घर वतनमा लागुऔषध नसालु पदार्थ बिक्री बितरण गर्ने कार्य गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ५ जना टोली खटि गई निजको घर कोठा खानतलासी गर्दा कोठाभित्र रहेको स्टिल दराज भित्र कालो रंगको साईड ब्याग भित्र लुकाई छिपाई राखेको Tramadol लेखेको २७.५ पत्तामा जम्मा २७५ क्याप्सुल लागुऔषध बरामद गरी ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. बेलचौतारा ल्याएको हो ।

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।