प्रहरी कार्यालय
नेपाल प्रहरी श्रीमती संघको ३९औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराको आयोजनामा गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखरामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ लाई नेपाल रेडक्रस सोसाईटी कास्कीका प्रतिनिधि महेन्द्र के.सी.ले रक्तझोला हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गुरुङले उक्त कार्यक्रममा सहभागी भई नेपाल प्रहरी श्रीमती संघ, गण्डकी प्रदेश पोखराको पुण्य रक्तदान कार्यक्रमलाई सफलता प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, आम नागरिक गरी ४४ जनाले रक्तदान गर्नुभएको थियो ।
तनहुँ आँबुखैरेनी गा.पा.३ शिवालय मन्दिरको प्राङगढ भित्र नयाँ बन्दै गरेको भवनको भुई तलामा सुतिरहेको अवस्थामा हाल नाम थर वतन नखुलेको वर्ष ४० को पुरुष व्यक्ति मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
कास्की पोखरा ६ दिहिगोपाटन बस्ने बर्ष ५५ को पिताम्वर पहारी (बिबाहित) आफ्नै घरमा तेस्रो तलाको भान्सा कोठामा रहेको फलामको बलोमा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।
जिल्ला नवलपरासी(पूर्व) विनयी त्रिवेणी गा.पा.६ शिवालय मन्दिर नजिकै नारायणी नदीमा बोलबम नुहाउन आएकी भारत उत्तर प्रदेश जिल्ला महाराजगंज बभनैली बस्ने वर्ष ७६ की चन्द्रावती राजभर नारायणी नदीमा नुहाई कपडा फेरी बसेकोमा अचानक बेहोस भएको भनि जानकारी प्राप्त अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई उपचारको लागि जिल्ला नप(पश्चिम) पठाएकोमा चिकित्सकद्धारा मृत घोषणा गरेको ।