प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

न.प. (पूर्व): बच्चा हराएको

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

जिल्ला न.प.(पूर्व) गैँडाकोट न.पा.५ बस्ने हिमलाल बस्यालको छोरा वर्ष १२ को असविन बस्याल आफ्नै घरबाट कोही कसैलाई जानकारी नगराई घरबाट निस्कीएको र हाल सम्म घर परिवारको सम्पर्कमा नआएको भनी निजको आफन्तले जानकारी गराउना साथ प्रहरी ५ जनाको टोली खटीगई निजको आफन्तको सहयोगमा खोज तलास गर्दै जाने क्रममा २४ गते अ.२२:०० बजे २ एल्लो हाउस नजिकै नारायणी नदी किनारमा निजले प्रयोग गरेको टिसर्ट र हाफ पाईन्ट फेला परेको, निज बालकको खो.त.कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।