प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८०-१२-०६

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसीखोला गा.पा.६ जाउलेपानी स्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नं. को बस सडक देखी अं. १५० मिटर तल खस्न गई दुर्घटना भएको, घाईतेहरुको उद्धार कार्य भईरहेको, हाल सम्म ७ जना घाईतेहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाएको,बोल्न नसक्ने,अवस्था सिरियस रहेको, अन्य घाईतेहरुको नामावली खुल्न बाँकी रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।