प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-०४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका १४ रातोडाँडामा अबैध रुपमा लागूऔषध ओसार पोसार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला कास्की मादी गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ११ रानिपौवा बस्ने वर्ष २५ को राजेन्द्र परियारलाई रातोडाँडामा हिड्डै गरेको शंकास्पद अवस्थामा खटिगएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा निजले बोकेको निलो कालो झोलामा प्लास्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा फेनारागन ४५, डाईजापम ४५, नुफ्रिन ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल ला.औ र रेड्मी मोबाइल १ थान सहित फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना: बागलुङ
२०८३-०१-३०

जिल्ला बागलुङ ढोरपाटन न.पा.५ लामडाँडा भित्री कच्ची सडक खण्डमा लामडाँडा देखि बुर्तिबाङ तर्फ आउदै गरेको ध१त ५७७ नं.को ट्याक्टर अनियन्त्रीत भई सडक देखि अ.११ फिट तल बस्ने चुणामणी बि.क.को ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले कच्ची गोठ माथी खस्न गई दुर्घटना भएको ट्याक्टरमा सवार वर्ष १६ को शुसिल कुमार बि.क. घाईते अवस्थामा फेला पारी उपचारको लागि बुर्तिबाङ अस्पताल बागलुङ पठाएकोमा ऐ.०७:३० बजे सम्बन्धित चिकित्सकद्वारा मृत घोषणा गरेको, ट्याक्टर चालक फरार खोजतलास कार्य भई रहेको, ट्याक्टर साहु प्रहरी सम्पर्कमा रहेको, गोठमा आंसिक क्षती भएको, पशुचौपाय क्षती नभएको ।