प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी पूर्व: लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-११-०६

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका १६ चालिसकिलो स्थित पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरीको RSCC चेकिङ टोलीले पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना७ख ३१८७ नं.को बसमा चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका २ बस्ने वर्ष ४० को नन्दलाल सुनार र ऐ.बस्ने वर्ष ३० को दिपक बोटेको साथबाट फेनारगन १३ एम्पुल, डाईजापाम १३ एम्पुल, नुर्फिन १३ एम्पुल गरी जम्मा ३९ एम्पुल लागूऔषध फेला पारी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना : मुस्ताङ
२०८३-०६-०२

जिल्ला मुस्ताङ घरपझोङ गा.पा-५ ठिनी सडक खण्ड स्थित पानीटंकी नजिक ठिनीबाट बिश्वकर्मा पुजा गरी जोमसोम तर्फ आउदै गरेको चालक देश भारत बिहार घर भई हाल जोमसोम स्थित फर्निचरमा काम गर्ने बर्ष-२७ को मुन्ना कुमारले चलाएको ग १२ प ३२२९ नम्बरको कालो निलो २२० सि.सि को पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक बर्ष-२७ को मुन्ना कुमार र पछाडी सबार जिल्ला पर्बत कुश्मा न.पा-६ घर भई जिल्ला मुस्ताङ वडा नं. २ मार्फामा फर्निचरको काम गर्ने बर्ष-१९ को गम बहादुर बि.क घाईते भई प्रदेश अस्पताल जोमसोममा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर भएको ।